कुपोषण न्युनिकरणका लागि लुम्बिनी प्रदेशमा अनुसंधान हुदै
नवलपरासी,१५ बैशाखलुम्बिनी प्रदेशमा पोषणयुतm खाद्य जन्य औषधी(एमएमएस) खुवाउनका लागि अनुसंधान गरिने भएको छ । महिला तथा बालबालिकामा सुक्ष्म पोषण तत्वको अभावले कुपोषण जस्ता समस्या देखिन थाले पछि नेपालको लुम्बिनी प्रदेशमा बहुमुखी शुक्ष्मपोषण पोषणयुतm औषधी खुवाउनका लागि अनुसंधान हुने भएको ।अनुसंधानका लागि राष्ट्रिय स्तरको सरोकारवाला र लुम्बिनी प्रदेश स्तरको सरोकारवालासँग अभिमुखीकरण भई सकेको छ । लुम्बिनी प्रदेशको विभिन्न १ सय २० वटा वार्डका स्वास्थ्य सँस्था छनौट गरि गर्भवती महिलालाई खुवाउदै दुई बर्षसम्म त्यसको अनुसंधान गरिने जानकारी नवलपरासीमा भएको एक कार्यक्रममा जानकारी गराइएको थियो । जिल्ला समन्वय प्रमुख भगौती प्रसाद यादवको अध्यक्षतामा जिल्ला स्थित सरोकारवालासँग भएको अभिमुखीकरणमा सो जानकारी गराइएको थियो । नवलपरासीमा पनि सुस्ता गाउपालिकाको पकलिहवा स्वास्थ्य चौकी र प्रतापपुर गाउपालिकाको जगर्नाथपुर...










