समाचार

निर्माण सम्पन्न पृथ्वीचन्द्र अस्पताल भवन हस्तानान्तरण ढिलाईले सेवा विस्तारमा समस्या
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

निर्माण सम्पन्न पृथ्वीचन्द्र अस्पताल भवन हस्तानान्तरण ढिलाईले सेवा विस्तारमा समस्या

नवलपरासी,६ भदौजिल्ला स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालको नयाँ भवन ६ महिना पहिलै निर्माण सकिए पनि हस्तानान्तरण हुन नसक्दा आपेक्षित सेवाशरु सञ्चालनमा समस्या देखिएको छ । भवन हस्तानान्तर पश्चात अस्पतालले धेरै प्रकारका नयाँ सेवा विस्तार गर्न लक्ष्य राखेको भए पनि भवन हस्तानान्तरमा ढिलाई हुदा सुचारु हुन नसकेको हो ।लुम्बिनी प्रदेश सरकारले अस्पतालको सेवा विस्तार तथा ब्यवस्थित स्वास्थ्य तथा चिकित्सा सेवा दिनका लागि भवन निर्माणका लागि बजेट विनियोजन गरि भवन निर्माण गर्न लगाएको थियो । तर भवन निर्माण भएर ६ महिना वित्दा पनि अस्पताल हस्तानान्तर हुन सकेको छैन् । भवन हस्तानान्तरणका लागि पटक पटक आग्रह गरिएको अस्पतालका सुचना आधिकार गोविब्न्द बहादुर ज्ञवालीले भने,तर अस्तपता भवन निर्माणको जिम्मेवारी पुरै शहरी विकास तथा भवन कार्यालयले लिए पनि हस्तानान्तरण गराउन सकेको छैन् । निर्माण गर्ने कम्पनीलाई कार्यालयले पुर...
पाँच बर्षसम्म हुलाकी सडकको सेमरी–त्रिवेणी खण्ड नबन्दा सास्ती
प्रतापपुर गाँउपालिका, विकास पुर्वाधार, समाचार

पाँच बर्षसम्म हुलाकी सडकको सेमरी–त्रिवेणी खण्ड नबन्दा सास्ती

नवलपरासी,५ भदौजिल्लाको हुलाकी राजमार्ग सेमरी — त्रिवेणी खण्ड पाँच बर्ष वित्दा पनि सम्पन्न नहुदा स्थानियलाई सास्ती ब्यहोर्न परेको छ । सडकमा जहाँ तही खाल्टा खुल्टीमा पानी जम्मा हुने र बाकी सडक बर्षायाममा हिलाम्य हुने र गर्मियाममा धुलाम्य हुने हुदा स्थानियलाई सास्ती ब्यहोर्न परेको हो ।स्थानियले पटक पटक सरोकारवालालाई ध्यानाकर्षण गराउदा पनि सरकारले पहल नगरेको र ठेकेदारले अटेरी गरेको स्थानिय प्रतापपुर गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले बताए । हुलाकीको निर्माण कार्य संघिय सरकारले गर्दैछ,उनले भने,तर स्थानियले गाली गर्ने कार्य गाउपालिकालाई गर्दैछन् । लिखित तथा मौखिक ताकेता गाउपालिकाले गर्दै आएको छ, उनले थपे,तर सुनुवाई भई रहेको छैन् । अब हुलाकी सडकलाई नै लिएर स्थानिय प्रशासन अगाडी अनसन बस्ने उनले सुनाए ।जनताले गाउपालिका अध्यक्ष पहल नगरेको आरोप लगाउने गरेको छन,आफुले निरन्तर ठेकेदार हुलाकी आयोजनालाई...
डुबान रोक्न धनेवा बाँधको उचाई बढाउदै सरावल गाउपालिका
विकास पुर्वाधार, समाचार, सरावल गाउँपालिका

डुबान रोक्न धनेवा बाँधको उचाई बढाउदै सरावल गाउपालिका

नवलपरासी,३ भदौसंघ र प्रदेश साँसदद्धारा आश्वासनमा सिमित भए पछि जिल्लाको सरावल गाउपालिकाले डुबान क्षेत्रमा डुबान रोक्न आफै अग्रसरता देखाएको छ । पालिका स्तरबाटै लगानी गरेर भए पनि धनेवा बाँधको उचाई थप्ने कार्य थालनी गरेर अग्रसरता देखाएको हो ।विगत तिन दशक देखी डुबानको समस्या झेल्दै आएको सरावलमा डुबान गर्ने धनेवा खोलाको डुबान नियन्त्रण कार्य यस बर्ष पनि नेताहरुको आश्वासन मै सिमित छ । जिल्लाको सरावल गाउपालिकाले बर्षेनी डुबान झेल्दै आएका छन् । धनेवा खोलामा काम गर्न बनाएको डिपिआर बनाए पनि कुनै पनि सरकारले बजेट विनियोजन नगरे पछि आफ्नै स्रोतले गाउपालिकाले बाँधको उचाई बढाउने कार्य थालेको गाउपालिका अध्यक्ष शुखाडी चौधरीले जानकारी गराए । संघ र प्रदेशसँग डुबान क्षेत्रका काम गर्ने आश गर्न सकिन्छ,उनले भन्ने तर भरोस गर्न सकिन्न । डुबानको बेला संघिय साँसद र प्रदेश साँसद लगायत मुख्यमन्त्री र मन्त्रीहरुले समेत ...
बैज्ञानिक तरिका(जोखेर)ले केरा विक्रि वितरण गर्नु पर्ने केरा उत्पादक समितिको माग
कृषि, समाचार, सुस्ता गाउँपालिका

बैज्ञानिक तरिका(जोखेर)ले केरा विक्रि वितरण गर्नु पर्ने केरा उत्पादक समितिको माग

नवलपरासी,२ भदौकेराको विक्रि वितरण बैज्ञानिक तरिकाले गर्नु पर्ने बताउदै केरा उत्पादक समितिका जिल्ला अध्यक्ष लख्खु यादव तौलेर मात्र केरा विक्रि वितरण गर्नु पर्ने माग गरेका छन् । कोसा(पिस) गनेर विक्रि वितरण वैज्ञानिक नभएको हुदा जोखेर विक्रि वितरण गरिनु पर्ने उनले माग गरेका हुन् ।यसका लागि नीति नै बनाई सरकारले विक्रिका लागि मापदण्ड,अनुगमन गर्न संयन्त्र समेत गठन गर्नु पर्ने उनको भनाई थियो । त्यसका लागि संघिय र प्रदेश सरकारले नीति कानुन बनाई दिनु पर्ने र स्थायिन सरकारले स्थानिय स्तरमा त्यसको संयन्त्र बनाई लागु गराउनु पर्ने अध्यक्ष यादवले यसबारे आफुले विभिन्न स्थानमा कुरा उठाउदै आए पनि सुनुवाई नभएको जानकारी गराए । तौलको आधारमा विक्रि वितरण गर्न थाले पछि उपभोतmा र उत्पादक दुबैलाई फाईदा पुग्ने उनले तर्क प्रस्तुत गरे । उनका अनुसार यदि तौलेर केरा विक्रि वितरणको अवस्था आयो भन्ने केरा छिप्पनसम्म किसानल...
सुस्ता गाउपालिका चिस्यान केन्द्र सञ्चालनमा ल्याउन असक्षमता देखाएको आरोप
कृषि, समाचार, सुस्ता गाउँपालिका

सुस्ता गाउपालिका चिस्यान केन्द्र सञ्चालनमा ल्याउन असक्षमता देखाएको आरोप

नवलपरासी,३ भदौजिल्लाको सुस्ता स्थित बनेको चिस्यान केन्द्र(कोल्ड स्टोर) भवनको निर्माण कार्य सम्पन्न भए पनि सञ्चालनमा ल्याउन गाउपालिका असक्षम देखिएको छ । स्थानिय किसानलाई राहत पुर्याउने महत्वपुर्ण योजना भए पनि गाउपालिका प्रशासनले सञ्चालन गर्न असक्षम देखिएको स्थानियले आरोप समेत लगाएका हुन् ।गाँउपालिकाले सरोकारवाला सघंस्थासँग पनि पहल गर्न सकेको छैन्,स्थानिय केरा उत्पादक संघका अध्यक्ष लख्खु प्रसाद यादवले भने,अहिलेसम्म चिस्यान केन्द्र सञ्चालनमा असक्षम देखिएको छ । यसबारे आफुहरु पटक पटक गाउपालिकालाई जानकारी गराइएको छ,तर गाउपालिकालाई सञ्चालनमा चाँसो पनि छैन,सक्षमता पनि छैन् । जिल्ला सहकारी संघले निर्माण गरेको सुनवल स्थित चिस्यान केन्द्र सञ्चालनमा आई सक्यो,उनले थपे, तर सँगै निर्माण भइ सकेको सुस्ता चिस्यान केन्द्र अहिलेसम्म सञ्चालनमा आउन सकेन् । यसलाई गाउपालिकाको असक्षमता नै भनिन्छ ।गाउपालिका नेतृत्व...
कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर)मा खुल्ला संग्रालय बनाउन तर्फ चाँसो
पर्यटन, रामग्राम नगरपालिका, समाचार

कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर)मा खुल्ला संग्रालय बनाउन तर्फ चाँसो

नवलपरासी,२ भदौरामग्राम १८ स्थित बुद्धको मावली रहेको प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) क्षेत्रलाई खुल्ला संग्रालयको रुपमा कसरी ब्यवस्थित गर्नेबारे सरोकारवालाले चाँसो बढाएका छन् । रामग्राम नगरपालिकाका पुर्व इन्जिनियर सहितको टोली राजधानी क्षेत्रमा पुगेर राजधानीमा आउने पर्यटकलाई राजधानी क्षेत्रको इतिहास,सुचना र हालसम्म फेला परेका बस्तुलाई कसरी देखाउन बुझाउन सक्ने ? अवस्थाबारे छलफल गरेका हुन् ।पुरातत्व क्षेत्रका जानकार र उत्खनन काल देखी नै सो क्षेत्रमा काम गर्दै आएका स्थानिय नारद यादव,नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवार,अधिकारकर्मी बिजय जैसवाल सहितको टोली इन्जिनिय गुप्तासँगै पुगेर स्थानियसँग छलफल गरेका थिए । हालसम्म उत्खननको क्रममा फेला परेका इनार,मडवेल,पर्खाल लगायतको स्थलको खुल्ला गरि देखिने खालको वातावरण बनाउन आवश्यक छ, पुर्व इन्जिनियर गुप्ताले भने,यसका लागि पुरातत्व ...
सुनवलमा खोला जन्य समाग्रिको तस्करी रोक्न नगरपालिकाको जपत अभियान शुरु
समाचार, समाज, सुनवल नगरपालिका

सुनवलमा खोला जन्य समाग्रिको तस्करी रोक्न नगरपालिकाको जपत अभियान शुरु

नवलपरासी,३२ साउनजिल्लाको सुनवल स्थित खोलामा आयोजनाको आडमा खोलाजन्य पदार्थको ब्यापक तस्करी भई रहेको छ । स्थानिय प्रहरी कार्यालय र बन कर्मचारीको मिलोमतोमा खोलाजन्य पदार्थ(ढुगाँ,गिट्टि,बालुवा,मिस्कट)को ठूलो मात्रामा तस्करी हुने गरेको हो ।सुनवल नगरपालिकाको तुरियाखोला भित्रै पुर्वपश्चिम राजमार्ग निर्माण आयोजनाका खोलाजन्य पदार्थको प्रसोधन केन्द्र राखिएका छन् । तिनै प्रसोधन केन्द्र नजिकै मिनि पहाड जस्तै खोलाजन्य पदार्थ भण्डारण गरिएका छन् । भण्डारण नजिकै खोलाको किनारमा अवैध ढुगाँ र मिस्कट झिकेर राखिएको अवस्थामा जहाँ तही भेटाउने गरिएको स्थानियले बताएका छन् । इलाका प्रहरी कार्यालय सुनवल र सुनवल स्थित सब डिभिजन कार्यालयको मिलोमतोमा तस्करी हुने गरेको छ,एक स्थानियले भने,त्यसमा केही स्थानिय तहका जनप्रतिनिधि समेत संलग्न छन् । खोलाबाट निकासी हुने ढुगाँहरु रोहिणी नगरपालिका स्थित रोहिणी नदि किनारमा न...
सर्वसाधारणको लाईन काटेर ७ करोड बढि रकम उठाइयो,उद्योगबाट ५० करोड कहिले ?
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

सर्वसाधारणको लाईन काटेर ७ करोड बढि रकम उठाइयो,उद्योगबाट ५० करोड कहिले ?

नवलपरासी,२९ साउनजिल्लाबाट विद्युत सेवा लिदै आएका सर्वसाधारणको विद्युत मिटर काटेर÷जोडेर साढे ७ करोड बढी असुली गर्ने विद्युत प्राधिकरणले उद्योगले नतिरेका ५० करोड रकम कहिले असुल गर्ला भनेर प्रश्न उठ्न थालेको छ । केही महिना विद्युत नबुझाउने ग्राहकको लाईन काटेर असुली गर्ने विद्युत प्राधिकरणले जिल्लामा विगतमा डेडिकेटेटलाई लिइने चार उद्योगबाट ५० करोड रकम उठान बाकी हुदा नागरिक समाजले सो प्रश्न उठाएको हो ।सर्वसाधारणबाट लाईन काटेर सात करोड उठाउने विद्युत प्राविधकरणले ५० करोड असुली कहिले होला ? भन्ने प्रश्न उठ्न थालेको छ । औद्योगिक क्षेत्रका विभिन्न उद्योगहरुले विद्युत महशुल नतिरेको नेपाल विद्युत प्राविधिकरण परासी वितरण केन्द्रले जनाएको थियो । विद्युतको बहुविकल्प दिदै आएको यो जिल्लाका केही उद्योगले ५० करोड भन्दा बढि विद्युत महशुल नतिरेको केन्द्रले जानकारी गराएको थियो । तर ति रकम अहिले पनि असुली नभएको...
कृषकका केरा बजारीकरण गर्न परासीमा फलफूल केन्द्र सञ्चालन
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

कृषकका केरा बजारीकरण गर्न परासीमा फलफूल केन्द्र सञ्चालन

नवलपरासी,२९ साउनजिल्लामा उत्पादित केराको बजारीकरण गर्नका लागि जिल्लाको सदरमुकाम परासीबजारमा फलफूल सेन्टर सञ्चालमा आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमको सहयोगमा सो फलफूल केन्द्र सञ्चालनमा आएको हो ।जिल्लाको पुर्वी क्षेत्रका सुस्ता,प्रतापपुर र सरावल गाउपालिकामा ब्यवसायिक केरा खेती भई रहेको तर विगत बर्ष देखी नै बजारीकरणमा समस्या हुने गरेको कृषकको गुनासो सम्बोधन गर्नका लागि कार्यक्रमले सोही क्षेत्रका कृषक रामकलप कोईरीलाई केन्द्र सञ्चालन गर्न सहजीकरण गरेको थियो । अहिले सो केन्द्र भैरहवा भुमही बन्दरगाह मार्गमा सञ्चालनमा ल्याइएको छ । यसले गर्दा कृषकहरु आफ्नो खेतको केरा सो केन्द्रमा पुर्याउने र देशका विभिन्न बजारबाट ओहोर दोहोर गर्ने ब्यवसायिले सहज ढंगले केन्द्रबाट केरा खरिद गरि लैजान सक्ने गरि ब्यवस्था मिलाईएको केन्द्रका सञ्चालक कोईरीले जानकारी गराएका छ । गत असार महिनामा सो केन्द्र सञ्...
संविधानमा राखिएको निशुल्क शिक्षा सम्बन्धि प्रावधान सरकारहरुले जनतालाई प्रत्याभुत गराउनु पर्छः संविधानसभा सदस्य खनाल
प्रतापपुर गाँउपालिका, शिक्षा, समाचार

संविधानमा राखिएको निशुल्क शिक्षा सम्बन्धि प्रावधान सरकारहरुले जनतालाई प्रत्याभुत गराउनु पर्छः संविधानसभा सदस्य खनाल

नवलपरासी,१८ साउनसंविधानमा उल्लेखित प्रावधानलाई मुलुकका तिनवटै सरकारले लागु गर्दै जनतालाई प्रत्याभुत गराउनु पर्ने संविधान सभा सदस्य तथा नेपाली काँग्रेसका नेता विक्रम खनालले बताएका छन् । जिल्लाको प्रतापपुर गाउपालिकालाई कुनै पनि प्रकारको शुल्क नलिईने(पुर्ण निशुल्क) शिक्षा दिईने गारि सञ्चालन भई रहेको अभियान प्रति ऐक्यबद्धता जनाउदै उनले सो कुरा बताएका हुन् ।गाउपालिकामा आयोजित निशुल्क शिक्षाका लागि सरोकारवालाहरुको विच सम्वाद कार्यक्रममा बोल्दै उनले भने, कुनै पनि मुलुकको समृद्धि शिक्षाले सम्भव भएको कुरालाई अंगिकार गरि संविधानमै माध्यमिक तहसम्मको शिक्षा निशुल्क हुने प्रावधान नेपालको संविधान २०७२ मा उल्लेख छ । सोही अनुसार नै कानुन बनाई शिक्षामा लगानी बढाउन समेत उनले सुझाव दिइएका थिए । कानुनी सहायता तथा अनुसन्धान केन्द्र(लार्क)द्धारा आयोजित उतm संवाद कार्यक्रममा गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले ...