समाचार

रामग्राम स्तुप क्षेत्रमा रहेका बेन्च अज्ञात समुहद्धारा तोडफोड,अनुसंधान गरि कारवाहीको माग गर्यो नागरिक समाज
रामग्राम नगरपालिका, विकास पुर्वाधार, समाचार, समाज

रामग्राम स्तुप क्षेत्रमा रहेका बेन्च अज्ञात समुहद्धारा तोडफोड,अनुसंधान गरि कारवाहीको माग गर्यो नागरिक समाज

नवलपरासी,१५ चैत्र, रामग्राम स्तुप क्षेत्रमा शुरक्षा चुनौती थपिदै गएको भन्दै नागरिक समाज नवलपरासीले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ । भगवान गौतम बुद्धको अष्टधातु रहेको सो स्थानमा प्रहरी चौकी वा प्रहरी विट स्थापनाको मागबारे स्मरण गराउदै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको हो ।स्तुप क्षेत्रमा रहेको जापानीहरुको बुसुनोकाई गार्डेनमा रहेको पर्यटकलाई बस्ने पक्कि बेन्चको सोमवार राती अज्ञात समुहले तोडफोड गरेको हुदा त्यसबार अनुसंधान गराई आवश्यक कारवाहीको प्रकृया अगाडी बढाउनु पर्ने माग समेत गरेको थियो । समाजका अध्यक्ष राधेश्याम सिँह सैथवार,संस्थापक अध्यक्ष रामजी ज्ञवाली सहितको समाजको टोलीले अहिले स्तुपमा देशी विदेशी पर्यटकको आगमनमा वृद्धि भएको हुदा सो स्थानमा सुरक्षा विट राख्न मागको स्मरण समेत गराएको थियो । समाजले गत साउन ७ गते सो स्थानमा प्रहरी चौकी वा प्रहरी विटको स्थापनाको म...
भलुही खोला पुल निर्माणले जोडियो सरावलको ककरपत्त नगर र महामाया पर्यटन मार्ग
विकास पुर्वाधार, समाचार, सरावल गाउँपालिका

भलुही खोला पुल निर्माणले जोडियो सरावलको ककरपत्त नगर र महामाया पर्यटन मार्ग

नवलपरासी, ७ चैत्रजिल्लाको पर्यटकिय मार्गको रुपमा रहेको महामाया मार्ग र प्राचिन ककरपत्त नगर(जावा) जोड्न भलुहीखोला पुल निर्माण सम्पन्न भए पछि जाँसाबासी उत्साही भएको छ । पुर्वपश्चिम राजमार्ग देखी रामग्राम जोड्ने उतm माहामाया मार्गसँग सरावल गाउपालिका २ स्थित प्राचिन कोलिय गणराज्य अन्तरगतको एक प्रमुख ककरपत्त नगर जोड्ने मार्गको निर्माण कार्य सम्पन्न भए पश्चात सो पर्यटकिय क्षेत्रमा पर्यटक तथा स्थानियबासीलाई पनि आउजाउमा सहज भए पश्चात पर्यटन बढनेले उत्साही भएका हुन् ।पुलको टेण्डर २०७८ सालमा भएर काम शुरु भएको थियो । अहिले पुलको निर्माण कार्य सम्पन्न भई सडकसँग जोड्ने कार्य भई रहेको छ । रामग्राम नगरपालिका ७ उजैनीमा रहेको रामग्राम स्तुपबाट प्राचिन ककरपत्त नगर जाने सडकको विचमा भलुहीखोला रहेको थियो । सो पुल निर्माणका लागि सडक डिभिजनले टेण्डर गरेको थियो । सो पुल निर्माणले यस क्षेत्रका जनतासँगै प्राचीन ककर...
सरावलले शुरु गर्यो मधेश साँस्कृतिक पार्क निर्माणकार्यको शुभारम्भ
पर्यटन, समाचार, सरावल गाउँपालिका

सरावलले शुरु गर्यो मधेश साँस्कृतिक पार्क निर्माणकार्यको शुभारम्भ

नवलपरासी,७ चैत्रजिल्लाको सरावल गाउपालिकाले ‘मधेश साँस्कृति पार्क’को मधेशको मुख्य सांस्कृतिक पर्व होली(फागुपुर्णिमा)को अवसर पारेर औपचारिक रुपमा पार्क सञ्चालनमा ल्याउने भएको छ । गाउपालिकाको वार्ड नं. ४ ललितपुर र मंगलापुर गाँउ नजिकै मधेश सांस्कृतिक पार्कको सम्भाब्यता अध्ययन गराई निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) समेत निर्माण गरि त्यसको शुभारम्भ होलीको अवसर पारेर गरिने गाउपालिकाले जानकारी गराएको हो ।थारुको प्रमुख पर्व माघे सँक्रान्ति(माघी)को अवसर पारेर गाउपालिको वार्ड २ मनरीमा थारु साँस्कृतिक पार्क बनाउने कार्य शुरु गरेको र अहिले मधेशको प्रमुख पर्व होलीको अवसर पारेर मधेश साँस्कृति पार्क निर्माण कार्य शुरु हुने गाउपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए । उनका अनुसार थारु साँस्कृति पार्कको योजना अगाडी सार्दा गाउपालिका अध्यक्ष थारु भएर थारुलाई महत्व दिइने गरेको भन्दै प्रतिकृय...
गण्डक परियोजनाका सडकलाई ‘इण्डो नेपाल गण्डक मार्ग’बनाउन माग
पाल्हिनन्दन गाउँपालिका, विकास पुर्वाधार, समाचार

गण्डक परियोजनाका सडकलाई ‘इण्डो नेपाल गण्डक मार्ग’बनाउन माग

नवलपरासी,५ चैत्रहालै पहिचानमा आएको जिल्लाको पाल्हीनन्दन गाउपालिको प्राचीन नन्दन नगर र नन्दन ताललाई जोड्दै इण्डो—नेपाल गण्डक मार्गको माग उठेको छ । ति स्थानलाई मुख्य मार्गसँग जोड्न भारत भएर मधेश प्रदेशको विरगँजसम्म जोड्ने ‘नेपाल—भारत गण्डक मार्ग अर्थात (इण्डो—नेपाल गण्डक मार्ग)को स्वरुप दिन गाउपालिकाका उपाध्यक्ष फातुमा खातुन अंसारी (सकिना)ले संघिय सांँसद र प्रदेश साँसदसँग माग गरेकी हुन् । पुर्व गृहराज्य मन्त्री देवेन्द्र राज कण्डेलको निवासमा भएको संघिय साँसद विनोद चौधरी तथा लुम्बिन्ी प्रदेश साँसदद्धय देवकरन कलवार र बैजनाथ जैसवाल सहितको जनप्रतिनिधीहरुको अनौपचारिक छलफलमा उनले सो कुरा उठाएकी हुन् । गण्डक सम्झौता अनुसार गण्डक ब्यारेजबाट नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली र नेपाल गण्डक पुर्वि गण्डक सिचाई प्रणालीको सेवा सडक अर्थात सर्भिस रोडलाई स्तरोन्नती गरि सार्वजनिक यात्रुबाहक यातायात...
प्रेस चौतारीको ‘पर्यटन सञ्चार यात्रा’ सम्पन्न
नवलपरासी (ब.सु.प.), पर्यटन, समाचार

प्रेस चौतारीको ‘पर्यटन सञ्चार यात्रा’ सम्पन्न

नवलपरासी,२ चैत्रप्रेस चौतारी नेपाल नवलपरासीको आयोजना र लुम्बिनी प्रदेश कार्य समितिको सहभागितामा नवलपरासीका प्रमुख पर्यटकिय स्थलको भ्रमण गर्ने उदेश्यले पर्यटन सञ्चार यात्रा सम्पन्न भएको छ । लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका पत्रकारहरुको सहभागिता रहने गरि जिल्लाका प्रमुख पर्यटकिय स्थल सम्बन्धित अन्तरक्रिया गरिनुका साथै महत्वपुर्ण पर्यटकिय क्षेत्रको भ्रमण समेत गराइएको हो ।पुर्वनिर्धारित कार्यक्रम अनुसार नै शुक्रवार पत्रकारहरु र सरोकारवाला विच अन्तरक्रिया गरिनुका साथै मुख्य पर्यटकिय क्षेत्रको स्थलगत अवलोकन भ्रमण गराइएको प्रेस चौतारी नवलपरासीका अध्यक्ष मेघराज गौतमले जानकारी गराएका थिए । अध्यक्ष गौतमका अनुसार जिल्ला स्थित प्राचीन बौद्धकालिन पर्यटकिय स्थलहरुमा रामग्राम स्तुपा,प्राचीन नन्दन नगर,प्राचीन ककरपत्त नगर र शिवपार्वती सिद्धधाम लोहरौली तथा पाल्ही भगवती मन्दिरको स्थलगत भ्रमण गराइएको थियो । ...
रोजगार कार्यक्रमका कामदारले सम्पदा संरक्षणमा गर्दै सरावल
पर्यटन, समाचार, सरावल गाउँपालिका

रोजगार कार्यक्रमका कामदारले सम्पदा संरक्षणमा गर्दै सरावल

नवलपरासी,३० फागुनजिल्लाको सरावल गाउपालिकाकाले प्रधानमन्त्री रोजगार कार्यक्रमका कामदारलाई सम्पदा संरक्षणमा उपयोग गरिरहेको छ । गाउपालिकाको वार्ड नं. २ जावा गाउ स्थित बौद्धकालिन प्राचिन ककरपत्त नगर क्षेत्रको संरक्षण तथा सरसफाई गर्नमा कामदार उपयोग गरिएको गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताएका हुन् ।रोजगार कार्यक्रममा सहभागिलाई काम गराएर भुतmानी दिनै पर्छ,उनले भने, काम पनि हुने र यो सम्पदाको संरक्षण र ब्यवस्थापन पनि हुने हुदा सो कामदार सम्पदा संरक्षणमा प्रयोग गरिएको छ । सम्पदासँगै कुलो,खोलानाला,नहर सफाईसँगै विद्यालय स्वास्थ्य चौकीको मर्मत सम्भार सरसफाईमा समेत ति कामदारको उपयोग हुदै आएको उनले जनाए । अहिले चैत्र २ गते प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कार्य समितिका पत्रकारहरुको सो स्थानमा भ्रमण हुने बताउदै उनले गाउपालिकाकै पुरातात्विक,ऐतिहासिक,धार्मिक महत्व बोकेको बौद्धकालिन ककरपत्त नगर ...
रामग्राम स्तुपामा एक हजार थाई भिच्छु आउने, स्वागतको तयारी गर्दै रामग्राम नगरपालिका
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुपामा एक हजार थाई भिच्छु आउने, स्वागतको तयारी गर्दै रामग्राम नगरपालिका

नवलपरासी,३० फागुनभगवान गौतम बुद्धको अस्तुधातु रहेको रामग्राम स्तुप क्षेत्रमा एक हजार थाई भिच्छु आउने भए पछि रामग्राम नगरपालिका स्वागत गर्नका लागि आवश्यक तयारीमा जुटेको छ । रामग्रम स्तुपमा धातु पुजा पाठ र प्रार्थनाका लागि आउन थालेका हुन् । ति भिच्छुहरुको समुह परासी क्याम्पसबाट पैदलयात्रा गर्दै रामग्राम स्तुपामा पुग्ने र भिच्छुहरुलाई फूलले स्वागत गर्नुका साथै आवश्यक ब्यवस्थापन गर्नका लागि तयारीमा जुटेको नगरप्रमुख(मेयर) धनपत यादवले बताए । सम्भवतः आउदो आईतवार भिच्छुहरुको आगमन हुने मेयर यादवले जनाएका थिए । नगरपालिकाका कर्मचारी,प्राविधिकसँग आन्तरिक बैंठक बसि प्राविधिक,जनपरिचालन,सरसफाई,स्वागत सत्कार तथा स्तुपको सजावटका लागि प्राविधिक तथा कर्मचारीको बैठक बसेर जिम्मेवारी तोकिएको प्रमुख प्रशासकिय अधिकृत मोहन अर्यालले बताए । यतिको संख्यामा एक पटक भिच्छु रामग्राम स्तुपामा आउनु नगरबासीकै लागि गौरवको...
पाल्ही बहुमुखी क्याम्पसका नवनिर्वाचित अध्यक्ष पाठकले गरे सञ्चालक समितिको विस्तार
नवलपरासी (ब.सु.प.), शिक्षा, समाचार

पाल्ही बहुमुखी क्याम्पसका नवनिर्वाचित अध्यक्ष पाठकले गरे सञ्चालक समितिको विस्तार

नवलपरासी,२८ फागुनजिल्लाकै जेठो पाल्ही बहुमुखी क्याम्पस परासीमा चौथो पटक निर्वाचित अध्यक्ष राधेश्याम पाठकले समितिलाई पुर्णता दिनका लागि सदस्य मनोनयन गर्दै विस्तार गरेका छन् । अधिवेशन बाट चौथो कार्यकालको लागि संचालक समितिको अध्यक्षमा निर्वाचित अध्यक्षले सोमवार एक कार्यक्रमका विच मनोनित सदस्यहरुलाई स्वागत समेत गरेका हुन् ।उनले समितिको विधान अनुसार उपाध्यक्षमा राजेश यादव सहित ११ सदस्यीय सदस्य मनोनित गरिएको बताए । जस्मा सदस्यहरु राधेरमन पाण्डेय रामग्राम –७, राजेश कुमार गुप्त रामग्राम –६ , रघुनन्दन पाण्डेय पाल्हीनन्दन–६,सतिश कुमार गुप्ता रामग्राम–१२,मोहन प्रसाद वि.क. प्रतापपुर–८, आधना भट्ट रामग्राम –५, चन्द्रिका अग्रहरी रामग्राम –२, दिनेश कुमार पाण्डेय रामग्राम –१४,बद्री आलम रामग्राम –२, सर्बजीत तिवारी रामग्राम –१७ रहेको अध्यक्ष पाठकले जानकारी गराएका थिए । उनले उतm समारोहमा मनोनित भएको उपाध्यक्ष...
निर्माण समाग्रिको अभावले हुलाकी आयोजनामा ढिलाई
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

निर्माण समाग्रिको अभावले हुलाकी आयोजनामा ढिलाई

नवलपरासी,२८ फागुननिर्माण समाग्रिको अभाव देखाउदै हुलाकी सडक निर्माण आयोजनामा ढिलाई भएको निर्माण ब्यवसायिले बताएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीको आग्रहमा जिल्ला प्रशासन कार्यालयले बोलाएको आयोजना प्रमुख,निर्माण कम्पनीका प्रतिनिधि तथा जिसस र स्थानिय तहका जनप्रतिनिधिहरुको भेलामा निर्माण ब्यवसायिले निर्माण समाग्रि आपुर्तिमा समस्या हुदा आयोजना निर्माणमा ढिलाई भई रहेको बताएका हुन् ।तिन खण्डमा कुल ३७ किलोमिटर हुलाकी सडकको निर्माण जिल्ला भित्र भई रहेको छ तर हुलाकी सडक निर्माण कार्य थालिएको अहिले आठौ बर्षमा प्रवेश गर्दैछ,तर कुनै खण्ड पुरा हुन नसक्दा साँसद चौधरी लगायत सबै जनप्रतिनिधि माथि स्थानियले चाँसो नलिएको आरोप लगाउदै आएका छन् । विगतका साँसद र जनप्रतिनिधिले काम गर्न नसक्दा अहिलेको जनप्रतिनिधि निर्वाचित भएर आउदा ठूलो चुरीफुरी थियो,अहिलेको जनप्रतिनिधि द...
नुमना युवाँ संसदको नीति कार्यक्रममा प्रस्तुत भयो प्राचीन नन्दनताल र प्राचीन नन्दन नगरको विकास
पाल्हिनन्दन गाउँपालिका, समाचार, समाज

नुमना युवाँ संसदको नीति कार्यक्रममा प्रस्तुत भयो प्राचीन नन्दनताल र प्राचीन नन्दन नगरको विकास

नवलपरासी,२७ फागुनसंसदिय अभ्यासका लागि पाल्हीनन्दन गाउपालिकाका सक्रिय स्थानियहरु युवाहरुको गाउसभा(गाँउ सँसद)मा प्राचीन नन्दन नगर र नन्दनताललाई विश्वसम्पदामा सुचिकृत गराउने गरि नीति कार्यक्रममा समावेश भएको छ । पाल्हीनन्दन गाउपालिका वार्ड नं.६ सनईमा रहेको नन्दनताल र पडरीमा रहेको प्राचीन नन्दन नगरक्षेत्रको विकास गर्नका लागि विश्वसम्पदामा सुचिकृत गराउन आवश्यक रहेको भनि नमुना गाउसभामा प्रस्तुत गरिएको नीति कार्यक्रममा राखिएको हो ।विश्वसम्पदाको रुपमा रहेको १ सय विघा बढि क्षेत्रफलको नन्दनताललाई रामसार सिमसारमा सुचिकृत गरिनु पर्ने र प्राचीन कोलिय गणराज्य अन्तरगतकै प्राचीन नन्दननगरलाई पुरातात्विक खोज गराई युनेस्को मार्फत विश्वसम्पदामा सुचिकृतका लागि गाउसभाले पहल गर्नु पर्ने भनेर नीति कार्यक्रम बनाई प्रस्तुत गरिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । प्राचीन सम्पदा भए पनि ओ...