समाचार

रामग्राम स्तुपमा गरिएको उत्खनन क्षेत्रको ब्यवस्थापनमा वेवास्ता
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुपमा गरिएको उत्खनन क्षेत्रको ब्यवस्थापनमा वेवास्ता

नवलपरासी,१० साउनभगवान गौतम बुद्धको अस्तुधातु रहेको रामग्राम स्तुप क्षेत्रमा भएको उत्खनन क्षेत्रको उचित ब्यवस्थापन हुन नसकेको स्थानियले बताएका छन् । स्थानियका अनुसार उचित ब्यवस्थान हुन नसक्दा उत्खनन भएका तिन वटा ट्रेन्चमा माटो पुरिए पनि अहिले भासिएर खाल्टो बनेको हो ।पुरातत्व विभागले उत्खनन गरेर पुनः खाल्टो पुरेको थियो,तर ति क्षेत्रको उचित ब्यवस्थान गर्ने कार्य चाहे पुरातत्व विभाग होस,चाहे लुम्बिनी विकास कोष दुबैले त्यसको संरक्षणमा वास्ता गरेका छ्रैनन् । आफुले लुम्बिनी विकासको कारण काम गर्न नपाएको सधै आरोप लगाउदै गफ ठोक्ने नगरपालिकाको समेत त्यस प्रति ध्यान गएको छैन्,नागरिक समाज नवलपरासीका अध्यक्ष राधेश्याम सिँह सैथवारले भने,जनता माझ ठूला ठूला गफ र प्रतिवद्धता जनाउने निकायको यस्तो हविगत देखिएको छ । गफ हाक्नु फरक हो,उनले थपे,तर काम नै गर्न परे विकास र प्रवद्र्धनका कार्य गर्न नसके पनि उचित संरक...
ओल्मा काउन्सिल नेपाल नवलपरासीमा नयाँ नेतृत्व
रामग्राम नगरपालिका, शिक्षा, समाचार

ओल्मा काउन्सिल नेपाल नवलपरासीमा नयाँ नेतृत्व

नवलपरासी,८ साउनमदरसामा पठनपाठन गराउने इस्लामिक धार्मिक शिक्षक(ओल्मा)हरुको संगठन ओल्मा काउन्सिल नेपाल नवलपरासीमा नयाँ नेतृत्व चयन भएको छ । नवलपरासीमा भएको ओल्माहरुको अधिवेसनले ओल्मा खुशबुदिन ओजामी (जहिरुदिन)को अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।नवगठिन समितिको उपाध्यक्षमा हजरत हाफिज तसउबर अली,खजन्वि हजरत मौलाना अखतर रजा तन्वीरी,सचिव अखतर अली,सहसचिव कारी मुहम्मद हुसेन चयन भएको ओल्मा काउन्सिल नेपालका केन्द्रिय अध्यक्ष सैयद गुलाम हुसेनले जानकारी गराएका थिए । उनका अनुसार सदस्यहरुमा अब्दुलकुदुस इशाअली,इम्तियाज अहमद,ग्यासुदिन,अलाउदिन फैजी,मौलाना मुफ्ती अरशद रजाफैजी,मोहत्तरमा सयदा फुलजन्नत साहिबा र मौलाना हसन अलीमी रहेका छन् । त्यसै गरि सो अधिवेसनबाट नै नगरपालिका स्तरको पनि काउन्सिल गठन गरिएको उनले बताए ।जस्को रामग्राम नगरपालिकाको अध्यक्षमा मौलाना सद्दाम हुसेन,सुनवलको अध्यक्षमा आलीजनाब कसिम अली...
पशु सेवा सम्पर्क कार्यालयमा साधन स्रोतको कमी
कृषि, पाल्हिनन्दन गाउँपालिका, समाचार

पशु सेवा सम्पर्क कार्यालयमा साधन स्रोतको कमी

नवलपरासी,८ साउनजिल्लाको पाल्हीनन्दन ५ गेर्मि स्थित पशु सेवा सम्पर्क कार्यालय सञ्चालनमा आए देखी नै नेपाली पशुपालक किसानसँगै भारतिय किसानले सेवा लिन सहज भएको छ । सिमित साधन स्रोतले सञ्चालन हुदै आएको उतm सेवा सम्पर्क कार्यालयले सेवा प्रदान गर्दै आएको जानकारी गराएको हो ।नेपाल सरकारको एक गाँउ एक पशु प्राविधिक(ओभिओटी) सेवा अन्तरगत २०७३ सालमा स्थापना भएको सो सम्पर्क कार्यालयले स्थानिय पशुपालक किसानको पशुपंक्षी तथा चौपायामा देखिने परजिवि परिक्षण गरी उपचार सेवा दिदै आएको कार्यालयका नाप्रस दिनेश पत्थरकट्टाले बताए । पहिला नेपाल सरकारले सिमावर्ति गाविसहरुमा यस्तो प्राविधिक राख्ने भनेर कार्याक्रम ल्याएको थियो,उनले भने,त्यही बेला देखी केही पशु स्वास्थ्य परिक्षणका लागि उपकरणहरु,आधारभुत औषधी उपलब्ध गराएर तत्कालिन गाविसको एक कोठाबाट सेवा शुरु गरिएको थियो । अहिले पनि त्यही अवस्थामा रहेको छ । अहिले यो कार्या...
रामग्राम स्तुपमा ध्यानअभ्यास र दिप प्रज्जवलन गरि मनाइयो बुद्धको महाभिनिष्क्रमण तथा धर्मचक्र पर्वतन दिवस
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुपमा ध्यानअभ्यास र दिप प्रज्जवलन गरि मनाइयो बुद्धको महाभिनिष्क्रमण तथा धर्मचक्र पर्वतन दिवस

नवलपरासी,६ साउनजिल्ला रामग्राम ७ उजैनी स्थित भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप क्षेत्रमा ध्यानअभ्यास र दिप प्रज्जवन गरि असार पुर्णिमा मनाइएको छ । विपश्यनाका साधक साधिकाहरुको समुहले भगवान गौतम बुद्धले बुद्धत्व प्राप्ती पछि पहिलो पटक धर्मचक्र चलाएको दिन धम्मचक्र पर्वतन दिवस तथा बुद्धत्वको प्राप्तीको लागि सिद्धार्थ गौतमले गृहत्याग(महाभिनिष्क्रमण) लिइएको दिन महाभिनिष्क्रमण दिवस स्तुप क्षेत्रमा मनाएको हो ।विपश्यनाका सहायक अचार्य रामप्रसाद पाण्डे सहितको उपस्थितीमा ति दुबै दिवस मनाइएको थियो । बुद्धको जिवनका महाभिनिष्क्रमण र धर्मचक्र पर्वतन धेरै महत्वपुर्ण घटनाबारे जानकारी गराएका थिए । धर्मचक्र प्रवर्तन सुत्त सुन्दै ध्यान अभ्यास गरिएको र सिद्धार्थको महाभिनिष्क्रमण दिवसलाई सम्झदै स्तुपको चारै तिर दिप प्रज्वलन गरिएको उनले जानकारी गराए । यसको अध्यात्मिक महत्व छ, सहायक अचार्यले सुनाउदै ...
प्रतापपुरमा पुर्ण निशुल्क शिक्षाका लागि शसतिmकरण कार्यक्रम
प्रतापपुर गाँउपालिका, शिक्षा, समाचार

प्रतापपुरमा पुर्ण निशुल्क शिक्षाका लागि शसतिmकरण कार्यक्रम

नवलपरासी,७ साउनजिल्लाको प्रतापपुर गाउपालिकालाई कुनै पनि प्रकारको शुल्क नलिईने(पुर्ण निशुल्क) शिक्षा दिईने गाउपालिका घोषणा गर्न विद्यालय ब्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका प्रतिनिधिलाई शसतिmकरण कार्यक्रम गरिएको छ । संविधान तथा ऐन कानुनमा आधारभुत शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तहको शिक्षा निशुल्क दिईने प्रावधान भए पनि विभिन्न बाहानामा विद्यालयले शुल्क लिइने कार्य गरिरहेको हुदा त्यसबारे जानकारी गराउने उदेश्यले पालिका भरिका विद्यालय ब्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघलाई शसतिmकरण कार्यक्रम गरिएको हो ।विद्यालय ब्यवस्थापन समितिको काम कर्तब्य र अधिकारबारे जानकारी गराउने,अभिभावक प्रति जवाफदेही र जिम्मेवार बनाउने उदेश्यले सो शसतिmकरण कार्यक्रम गरिएको कानुनी सहायता तथा अनुसंधान केन्द्रका संरक्षक समेत रहेका संघिय सँसद राष्ट्रिय सभाका पुर्व साँसद रामलखन हरिजनले बताए । कानुनको पालना ...
धनेवा खोला डुबान नियन्त्रण कार्य गर्न तिन दशक देखी नेताको आश्वासन मात्र
कृषि, समाचार, सरावल गाउँपालिका

धनेवा खोला डुबान नियन्त्रण कार्य गर्न तिन दशक देखी नेताको आश्वासन मात्र

नवलपरासी,२९ असारविगत तिन दशक देखी डुबानको समस्या झेल्दै आएको सरावलमा डुबान गर्ने धनेवा खोलाको डुबान नियन्त्रण कार्य यस बर्ष पनि नेताहरुको आश्वासन मै सिमित भएको छ । जिल्लाको सरावल गाउपालिकाले बर्षेनी डुबान झेल्दै आएको धनेवा खोलामा काम गर्न बनाएको डिपिआर बनाए पनि कुनै पनि सरकारले बजेट विनियोजन नगरे पछि जस्ताको तस्तै अवस्थामा रहने देखिएको हो ।खोलाको ब्यवस्थापनसँगै खोलालाई उपयोग हुने गरि धनेवा करिडोरको (विस्तृत परियोजना प्रतिवेदन) डिपिआर गराएको भए पनि कुनै पनि सरकारले बजेट विनियोजन नभए पछि सो डिपिआर अनुसारको काम नहुने गाउपालकाले जानकारी हो । यस क्षेत्रको भ्रमण प्रदेशसभा सदस्य देखी संघिय साँसद र पुर्व मन्त्रिहरुले समेत स्थलगत अवलोकन गर्न आउने र अगामी बर्षमा यसको निकास निकल्ने आश्वासन दिदै आएको पुनरावृति यस बर्ष पनि भएको गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले गुनासो गरे । गाउपालिकाको सिमिति बजे...
पाल्पा सिमेन्टले बनक्षेत्र अतिक्रमण गरि सडक बनाएको आरोप
विकास पुर्वाधार, समाचार, सुनवल नगरपालिका

पाल्पा सिमेन्टले बनक्षेत्र अतिक्रमण गरि सडक बनाएको आरोप

नवलपरासी,२५ असारजिल्लाको सुनवल नगरपालिका ७ स्थित लोकेश्वर सामुदायिक बन क्षेत्र भित्र पाल्पा सिमेन्ट मिलले बनको जग्गा अतिक्रमण गरि सडक बनाएको आरोप सामुदायिक बनले आरोप लगाएको छ । बनक्षेत्र भित्र २२ फिट चौडाईको ७ सय मिटर भन्दा लामो सडक बनाएर मिलले आफ्नो टिपर र ट्रकहरुबाट ढुवानी गर्दै आएको सामुदायिक बनले जानकारी गराएको हो ।बनक्षेत्रमा अतिक्रमण गरि बनाइएको सडक रोकाउनका लागि आफुले डिभिजन बन कार्यालयलाई जानकारी गराउदा पनि खासै पहल नभएको सो सामुदायिक बनका अध्यक्ष कृष्णलाला काफ्लेले सुनाए । पाल्पा सिमेन्ट ठूलो उद्योग पतिहरुको हो,उनले भने,उनीहरुसँग हाम्रो पहुँच नै पुग्न सक्दैन्,यता डिभिजन बन कार्यालय र नगरपालिकालाई त्यसबारे जानकारी गराइएको छ,त्यहाँबाट पनि पहल भई रहेको छैन् । बनक्षेत्र अतिक्रमण गरि एक निजी कम्पनीले आफ्नो स्वार्थमा प्रयोग गर्दै आएको छ । छेउँमै रहेको सडकमा क्षमता भन्दा बढि भारी बोकेर आ...
रामग्राम ३ का वार्डअध्यक्षको पहलमा वार्डबासीले पाउने भए निःशुल्क र सहुलियत स्वास्थ्य सेवा
रामग्राम नगरपालिका, समाचार, स्वास्थ्य

रामग्राम ३ का वार्डअध्यक्षको पहलमा वार्डबासीले पाउने भए निःशुल्क र सहुलियत स्वास्थ्य सेवा

नवलपरासी,२५ असारजिल्लाको रामग्राम नगरपालिका वार्ड नं.३ का जनताले अस्पतालबाट केही निशुल्क सेवा पाउने भएका छन् । सोही वार्डमा रहेको एक निजी स्तरको अस्पतालले वार्ड कार्यालयको आग्रहमा अस्पतालबाट पाउने केही सेवाहरु निशुल्क र केही सहुलियतपुर्ण सेवा दिइने भएको हो ।वार्ड नं.३ का वार्ड अध्यक्ष उज्जवल न्यौपानेले आफ्नै वार्डमा रहेको निजी स्तरको इभरग्रिन अस्पताललाई आग्रह गरे पछि वार्डबासीलाई पाँच प्रकारको सेवामा निशुल्क र सहुलिय प्रदान गर्ने भएको जानकारी गराए । यो वार्डबासीकै लागि एक सुखद अवसर हो, उनले भने, अस्पताल यसै वार्डमा सञ्चालन छ,वार्डमा नगरपालिकाले हालसम्म कुनै स्वास्थ्य सेवा प्रदान गर्नका लागि स्वास्थ्य सँस्था स्थापना पनि गर्न सकेको छैन् । वार्डका बासिन्दालाई स्वास्थ्य सेवामा के कसरी सहुलियत दिलाउन सक्ने बारे छलफल गरिए पछि अस्पताल सञ्चालकले अस्पतालको ओपिडि टिकट तथा जाँच (विहान १० बजे देखी दिउ...
प्रतापपुरमा विद्यालयका आमा अभिभावकलाई शैक्षिक जागरण गराउदै पुर्व साँसद हरिजन
प्रतापपुर गाँउपालिका, शिक्षा, समाचार

प्रतापपुरमा विद्यालयका आमा अभिभावकलाई शैक्षिक जागरण गराउदै पुर्व साँसद हरिजन

नवलपरासी,२३ असारसामुदायिक विद्यालयमा पुर्ण निशुल्क गुणस्तरिय शिक्षाका लागि स्थानिय कानुनी सहायता तथा अनुसंधान केन्द्रले शैक्षिक जागरण शुरु गरेको छ । जिल्लाको प्रतापपुर गाउपालिकाबाट सो जागरण कार्यक्रम शुरु गरिएको केन्द्रले जानकारी गराएको हो ।विद्यालयका आमा अभिभावकहरुलाई संगठित गर्दै पहिला शिक्षा प्रति उनीहरुलाई जागरुक बनाउदै उनीहरु मार्फत नै स्थानिय सरकारको ध्यानाकर्षण गराउने गरि जागरण कार्यक्रम शुरु गरिएको संस्थाका संरक्षण समेत रहेका संघिय संसद राष्ट्रिय सभाका पुर्व साँसद रामलखन हरिजनले बताए । संविधानमा आधारभुत तहको शिक्षा सबैलाई अनिवार्य र माध्यमिक तहको शिक्षा पुर्ण निशुल्क भएको ब्यवस्था भए पनि अधिकाँश विद्यालयले विभिन्न बहानामा शुल्क लगाउदै आएको जानकारी गराए । पहिला अनुसंधान गरियो, उनले भने, अब त्यसबारे संगठित आवाज उठाउनका लागि अभिभावकलाई जागरण गर्ने कार्य भई रहेको छ । अभिभावकलाई जागरणसँ...
रामग्राम १६ सितापुर कोटहीमाई स्थानमा पुरातात्विक खोज
रामग्राम नगरपालिका, समाचार, संस्कृति

रामग्राम १६ सितापुर कोटहीमाई स्थानमा पुरातात्विक खोज

नवलपरासी,७ असारप्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर) नजिकै जिल्लाको रामग्राम नगरपालिका १५ ननईमा सडक खन्ने क्रममा पुरातात्विक बस्तुहरु फेला परेसँगै रामग्राम १६ सितापुर स्थित कोटहीमाई स्थानमा पनि पुरातात्विक खोजमा स्थानिय लागेका छन् । राजधानी कोलनगरमा पाईने खैरो भाडा(ग्रेवेयर) जस्तै उतm स्थानमा प्राचिन बस्तु फेला परेको र सोही अनुसार सितापुरको कोटहीमाई स्थानमा पनि पुरातात्विक खोजका लागि पुरातत्वको खोज गर्न लागेका हुन् । राजधानीसँग समकालिन कुनै नगर भएको र उतm स्थानमा राजधानी कोलनगर (पण्डितपुर) कै समकालिन बस्तु पनि भएको पुरातत्व क्षेत्रका जानकार स्थानिय नारद यादवले बताएका थिए । अहिले यादवलाई नै सितापुरमा पनि लगेर अध्ययनका लाग पुरातात्विक समाग्रि संकलन गर्न लगाइएको स्थानिय राधेश्याम सिँह सैथवारले बताए । कोलनगरको कोटहीमाईसँगै साईने भएको यो सितापुर पनि पुरातात्विक स्थल भएको स्था...