समाचार

रामग्राम नगरपालिका विद्यालयहरुमा भदौभित्र सामाजिक परिक्षण गर्न अनिवार्य
रामग्राम नगरपालिका, शिक्षा, समाचार

रामग्राम नगरपालिका विद्यालयहरुमा भदौभित्र सामाजिक परिक्षण गर्न अनिवार्य

नवलपरासी,२५ भदौविभिन्न सुधारका अभियान अन्तरगत विभिन्न शैक्षिक अभियान चलाउदै आएको जिल्लाको रामग्राम नगरपालिकाले नगरका सामुदायिक विद्यालयलाई भदौ भित्र अनिवार्य समाजिक परिक्षण गर्न पत्राचार गरेको छ । विद्यालयमा हुने विभिन्न गतिविधि तथा अनुदान वित्तिय ब्यवस्थापन जस्ता कार्यको स्थानिय स्तरमा समाजिक परिक्षण गरि प्रतिवेदन अनिवार्य रुपमा पेश गर्ने गरि पत्रचार गरेको हो । समाजिक परिक्षण मापदण्ड २०७८ अनुसार प्रत्येक आर्थिक बर्षको भदौ मसान्त भित्र समाजिक परिक्षण गराई प्रतिवेदन पेश गर्नु पर्ने प्रावधान रहेको छ । तर कतिपय विद्यालयलाई विगत बर्षमा पेश नगरेको गुनासोहरु खाई रहेको बेला नगरपालिकाले अनिवार्य रुपमा नै समाजिक परिक्षण गरि प्रतिवेदन पेश गर्नु पर्ने गरि सबै सामुदायिक विद्यालयको नाँउमा भदौ १७ गते पत्राचार समेत गरेको नगरपालिकाको शिक्षा शाखाले जानकारी गराएको हो । मापदण्ड पालनाका लागि छुट्टै परि...
महेशपुर भन्सारमा प्लान्ट क्वारेन्टाईन सञ्चालन होला त ?
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

महेशपुर भन्सारमा प्लान्ट क्वारेन्टाईन सञ्चालन होला त ?

नवलपरासी, २४ भदौजिल्ला स्थित महेशपुर भन्सार नाका स्थापना भएको ६ बर्ष पुग्न लादा पनि भन्सारका लागि अतिआवश्यक प्लान्ट क्वारेन्टाईन अझैसम्म सञ्चालनमा नआउदा भन्सारले पुरै क्षमतामा काम गर्न सकेको छैन् । भारतिय बजारबाट बनस्पतिजन्य तरकारी लगायतका खाद्य समाग्रिको भन्सारका लागि क्वारेन्टाईन भए मात्र भन्सार गर्न सक्ने प्रावधान भएका कारण हालसम्म पनि क्वारेन्टाईन सञ्चालनमा आउन नसक्दा भन्सारले ति बस्तुहरुको भन्सार गर्न समस्या भएको जानकारी गराएको हो ।भन्सारमा तत्काल प्लान्ट क्वारेन्टाईन सञ्चालनका लागि संघिय सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई लुम्बिनी प्रदेश साँसद बैजनाथ कलवारले ज्ञापनपत्र बुझाएका छन् । प्लान्ट क्वारेन्टाईन आउने पनि आश्वासन पाएको उनले जानकारी गराए । गत पुस महिनामा जिल्ला समन्वय समिति(जिसस)ले अनुगमन गर्दा पनि भन्सार कार्यालयले त्यही प्लान्ट क्वारेन्टाईनका लागि पहल गर्न आग्रह गर...
प्रतापपुरको बाउन्नगढी प्राचिन बौद्धकालिन भएको पुरातात्विक खोज
पर्यटन, प्रतापपुर गाँउपालिका, समाचार, संस्कृति

प्रतापपुरको बाउन्नगढी प्राचिन बौद्धकालिन भएको पुरातात्विक खोज

नवलपरासी,२३ भदौजिल्लाको प्रतापपुर गाउपालिका २ स्थित बाउन्नगढी क्षेत्र बौद्धकालिन भएको गाउपालिकाले जनाए पछि पुरातात्विक खोजी हुन थालेको छ । प्राचीन कोलिय गणराज्य अन्तरगत नै बौद्ध कालिन प्राचीन (गजगढी) अर्थात अहिलेको बाउन्नगढी भएको बताउदै गाउपालिकाले बौद्ध स्थल भएको दाबाी पश्चात रामग्राम विकास कोषका सदस्य समेत रहेका पुरातत्वका जानकार नारद यादवले सो स्थानमा पुगेर पुरातात्विक बस्तुको खोज गरेको हुन् ।झण्डै १२ विघामा फैलिएको उतm गढी क्षेत्रमा पुरातात्विक खोज गर्दा एन.वि.पि.(खपडाका टुक्राहरु) फेला परेको बताउदै यादवले थप खोजका लागि उत्खनन र भुभौतिक सर्वे गर्न आवश्यक रहेको बताए । गाउापालिकाको अनुमान ठिकै रहेको छ, उनले भने, प्राचिन बस्तु फेला परेका छन् । थप अनुसंधान आवश्यक छ । प्राचीन कोलिय गणराज्य अन्तरगत ठूलो संख्यामा गज(हात्ती) सैनिक रहेको र उतm सैनिक गढी पनि यसै क्षेत्रमा रहेको बौद्ध गन्...
रामग्राम विकास कोषको पहिलो बैठक: पुरातत्व विभागसँग समन्वय गर्ने निर्णय
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम विकास कोषको पहिलो बैठक: पुरातत्व विभागसँग समन्वय गर्ने निर्णय

नवलपरासी,१८ भदौहालै रामग्राम विकास कोषको पुर्णतासँगै बसेको विस्तारित बैठकले रामग्राम स्तुपा क्षेत्र र कोलिय गणराज्यको राजधानी क्षेत्रमा काम गर्नका लागि पुरातत्व विभाग समन्वय गरि काम गर्ने निर्णय गरेको छ । अस्त ब्यस्त अवस्थामा रहेका यि दुबै धार्मिक,ऐतिहासिक,पुरातात्विक क्षेत्रका कहाँ के कस्तो गर्न मुनासिब देखिन्छ ? उतm कुराको आवश्यक मार्गनिर्देशन प्राप्तीका लागि पहल गर्ने निर्णय गरेको हो ।बैठकले प्रमुख दुई वटा निर्णय गरेको छ, जस्मा पहिलो निर्णय रामग्राम स्तुप क्षेत्रमा पुरातात्विक बस्तु संरक्षण गरि विकास गर्न हेरिटेज इम्पेक्ट असेस्मेन्ट(एआईए) गर्न पुरातत्व विभागमा पत्रसाथ अनुरोध गर्ने र दोश्रो रामग्राम स्तुपसँग सम्बन्धित क्षेत्रको संरक्षण गर्न रामग्राम नगरपालिकाले सिमाँना छुट्टयाई तारबार गर्ने कार्य अगाडी बढाउने रहेको छ । त्यसै गरि रामग्राम स्तुपा क्षेत्रमा रामग्राम विकास कोषको कार्यालय सञ्...
रामग्राम विकास कोषले पायो पुर्णता,कार्ययोजना बनाई अगाडी बढने प्रतिवद्धता
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम विकास कोषले पायो पुर्णता,कार्ययोजना बनाई अगाडी बढने प्रतिवद्धता

नवलपरासी,१६ भदौविगत डेढ दशक देखी स्थानिय संघसस्थाले माग गरे अनुसार रामग्राम विकास समिति(कोष)ले पुर्णता पाएको छ । रामग्राम नगरपालिकाले पदेन सदस्य बाहेक अन्य चार जना सदस्यलाई मनोनय गरि आईतवार पुर्णता प्रदान गरेको हो ।स्थानियले रामग्राम स्तुप स्तुपसँग सम्बन्धित अन्य स्थानको विकासका लागि रामग्राम विकास कोष बनाउन गर्दै आएको माग रामग्राम नगरपालिकाले रामग्राम नगरपालिकाको नगरसभाले रामग्राम विकास समिति ऐन २०८० पारित गरेको थियो । सो ऐन अनुसार पदेन सदस्य बाहेक अन्य सदस्यहरुको मनोनयन गरि पुर्णता प्रदान गरिएको नगरप्रमुख धनपत यादवले बताए । उनका अनुसार विकास समितिमा समाजसेवी कैलाश ठाकुर,पुरातत्वका जानकार नारद यादव,विपश्यना साधक रामप्रसाद पाण्डे र बौद्धशिक्षा तथा पर्यटन पत्रकार बेचु गौडलाई मनोनय गरिएको छ । अब समितिले पुर्णता प्राप्त गरेको छ, उनले भने,समितिको पहिलो बैठक छिट्टै बस्ने र विकासका लागि कार्ययोज...
सुनवलको मुलपानी सामुदायिक बन समुहद्धारा समुहको गतिविधि र आयब्यय सार्वजनिक
अर्थ, समाचार, सुनवल नगरपालिका

सुनवलको मुलपानी सामुदायिक बन समुहद्धारा समुहको गतिविधि र आयब्यय सार्वजनिक

नवलपरासी,१४ भदौजिल्लाको सुनवल ४ स्थित मुलपानी सामुदायिक बन उपभोतmा समुहलले आफ्ना उपभोतmा तथा अन्य सरोकारावालाई सामुदायिक बनको अवस्था सार्वजनिक गरेको छ । सबै उपभोतmालाई भेला गराई बर्ष भरिको गतिविधि तथा आर्थिक आय ब्यय समेत सार्वजनिक गरेको हो ।लुम्बिनी प्रदेशसभा सदस्य तथा पुर्व पर्यटन मन्त्री खड्क बस्नेतको प्रमुख आथित्यतामा बन समुहले आफ्नो आय ब्यय र समाजिक तथा बन गतिविधि सार्वजनिक गरेको थियो । समुहका अध्यक्ष यज्ञ प्रसाद पाण्डेले गत आर्थिक बर्षमा बन समुहले कुल २ करोड ६२ लाख १० हजार ७० रुपियाको आयब्यय सुनाएका थिए । जस्मा आय सबै भन्दा गोलिया काठ विक्रिबाट १ करोड ८७ लाख५ हजार,९ सय ५ रुपिया,चिरान काठ बिक्रि,४० लाख ४५ हजार ६ सय ९१ र जर्ना दाउरा विक्रिबाट ११ लाख ९५ हजार ७ सय २४ रुपिया रहेको छ । त्यसै गरि खर्च तर्फ कटान मुछान,ढुवानी तथा ग्रेडिगँमा ३९ लाख ५५ हजार ४ सय ६० त्यसै गरि समाजिक तथा सँस्थागत ...
प्राचिन नन्दननगर र नन्दन तालको पहिचान गराउन योजनाबद्ध विकासमा सक्रिय वार्डध्यक्ष यादव
पर्यटन, पाल्हिनन्दन गाउँपालिका, समाचार

प्राचिन नन्दननगर र नन्दन तालको पहिचान गराउन योजनाबद्ध विकासमा सक्रिय वार्डध्यक्ष यादव

नवलपरासी,१४ भदौप्राचिन नन्दन नगर र नन्दन तालको पहिचान गराउन योजनाबद्ध तरिकाले सो वार्डका वार्ड अध्यक्ष लागि परेका छन् । सो स्थानको विकास,प्रवद्र्धन र पहिचान गराउनका लागि ताल ब्यवस्थित गर्ने र नन्दनगरमा रहेका प्राचिन इनार लगायतको क्षेत्रमा पुरातात्विक उत्खनन गराई खुल्ला गर्ने तयारीमा समेत काम भई रहेको बताएका हुन् ।अहिले वार्डमा आउने जोसुकै नयाँ ब्यक्तिलाई उनले सो प्राचिन स्मारक स्थल देखाउन लागि हाल्छन् । विभिन्न क्षेत्रबाट सो स्थानको विकासका लागि आर्थिक स्रोत आउदा विगतमा सदुपयोग गर्न नसकिएको प्रति दुःख ब्यक्त गर्दै उनले अब यस प्राचिन पहिचान भएका स्थानको विकास प्रवद्र्धन र प्रचार प्रसारमा कुनै कसुर बाकी नराख्ने गरि प्रतिवद्ध भई काम गरिहेको स्थानियबासीले पनि बताएका छन् । सो क्षेत्रको विकासका लागि उनले नगर र ताल ब्यवस्थितका लागि छुट्टा छुट्टै ब्यवस्थान समिति समेत बनाई सकेका छन् । तिनै समितिले ...
सुनवल २ का वार्डअध्यक्ष माथि दुब्र्यवहार गर्ने विरुद्ध मुद्दा दर्ता
राजनीति, समाचार, समाज, सुनवल नगरपालिका

सुनवल २ का वार्डअध्यक्ष माथि दुब्र्यवहार गर्ने विरुद्ध मुद्दा दर्ता

नवलपरासी,१३ भदौजनप्रतिनिधिलाई दुब्र्यवहार गर्ने दुई जना विरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । सुनवल वार्ड नं.२ का राजेन्द्र यादवलाई स्थानिय दुई जनाले गाली गलौच र दुब्र्यवहार गरेको र उनीहरु विरुद्ध वार्डअध्यक्ष यादवले जाहेरी दरखास्त जिल्ला प्रहरीमा हाले पछि प्रहरीले विभिन्न दवाव पछि मुद्दा दर्ता गरेको हो । यादवलाई गालि बेइज्जती गर्ने सुनवल २ कै ३५ बर्षिय उमेश यादव र ४८ बर्षिय सुरेश यादव विरुद्ध वार्ड अध्यक्ष राजेन्द्रले जाहेरी दरखास्त दिएका थिए । सोही वार्डको रजहवा गाँउमा भदौ ८ गते विद्युत पोल विस्तार गर्ने क्रममा दुबै जनाले अश्लिल गाली गलौच गर्ने,काममा अवरोध गर्नेै गरेका थिए । त्यसबारे सार्वजनिक पद धारण गरेको जनप्रतिलाई गाली गलौच गरेको भन्दै वार्ड अध्यक्षले सोही दिन जाहेरी दरखास्त दिएका थिए । तर सो जाहेरी प्रहरीले दर्ता गर्न मानेको थिएन् । तत्पश्चात नगरपालिकाका १३ वटै वार्ड...
प्रतापपुरमा पुर्ण निशुल्क शिक्षा अभियानका अभियन्ता र जनप्रतिनिधि विच दुई दिने कार्यशाला
प्रतापपुर गाँउपालिका, शिक्षा, समाचार

प्रतापपुरमा पुर्ण निशुल्क शिक्षा अभियानका अभियन्ता र जनप्रतिनिधि विच दुई दिने कार्यशाला

नवलपरासी,१३ भदौसामुदायिक विद्यालयलाई पुर्ण निःशुल्क र गुणसतरिय शिक्षाका लागि विद्यालयमा शुशासन अभियान चलाउदै आएका सरोकारवाला विच सामुहिक कार्यशाला गरिएको छ । सो अभियान सञ्चालन गर्दै आएका दवाव समुह र प्रतापपुर गाउपालिकाका कार्यपालिका सदस्य,दलित महिला वार्ड सदस्य विच कार्यशाला सञ्चालन गरिएको हो ।नेपालको संविधान २०७२ र निशुल्क शिक्षा सम्बन्धि ऐन २०७५ जारी भएको बर्षाै विते पनि विद्यालयमा विभिन्न बहानामा शुल्क असुल्ने कार्य निरन्त चलिरहेको हुदा संविधान र ऐन कार्यान्वयन तफै स्थानिय तह र स्थानिय जागरुक बनाउन कार्यशाला सञ्चालन गरिएको दवाव समुहका संयोजक निवास यादवले जानकारी गराएका थिए । कार्यशाला सञ्चालनका लागि स्थानिय कानुनी सहायता तथा अनुसंधान केन्द्रले सहजीकरण गरेको थियो । कार्यशालाले ति अभियानलाई मुर्त रुप दिनका लागि विभिन्न रणनीति,वकालत र कार्ययोजना गर्ने विषयबस्तुबारे जनप्रतिनिधि र दवाव समुहक...
सुनवल नगरपालिकाको जेसिबी र २ टिपर बनको नियन्त्रणमा, फोहोर ब्यवस्थापन गर्दै स्थानिय
समाचार, समाज, सुनवल नगरपालिका

सुनवल नगरपालिकाको जेसिबी र २ टिपर बनको नियन्त्रणमा, फोहोर ब्यवस्थापन गर्दै स्थानिय

नवलपरासी,१२ भदौफोहोर फाल्ने सुनवल नगरपालिकाको जेसिबी र टिपर बनको नियन्त्रणमा गए पछि स्थानियबासीले आफै फोहोर ब्यवस्थाानमा लागेका छन् । अनुसंधान प्रकृयामा रहेका फोहोर फाल्ने टिपर र जेसिबीको टुगोँ नलागेसम्म स्थानिय युवाहरु आफै सक्रिय भएर फोहोर ब्यवस्थापन गर्ने गरि लागेका हुन् । खोलामा गैर कानुनी ढंगले सरकारी एक्साभेटर प्रयोग गरि उत्खनन गर्दै गरेको अवस्थामा सुनवलका जेसिबी र दुई टिपरलाई स्थानियले डिभिजन बन कार्यालयमा बुझाएका थिए । आफ्नै टास्क फोर्स बनाई खोलाको चोरी निकासी नियन्त्रण गर्दै अवैध खोलाजन्य पदार्थ(ढुगाँ,गिट्टि,बालुवा,मिस्कट) बरामद अभियान चलाएको सुनवल नगरपालिकका कर्मचारी आफै अवैध उत्खनन गर्दै गरेको भेटिए पछि उनीहरुले नै डिभिजन बनमा आवश्यक कारवाहीका लागि बुझाई दिएका थिए । जेसिबी र टिपर नगरपालिकासँग नभएर फोहोर उठाउन समस्या हुन्छ,भनि अनुंधानलाई प्रभावित बनाउने कार्यमा लाग्न सक्छ,ए...