तथ्याँक बिनाका पाँच करोड बढि उखु अनुदान कस्ले पाउदै छ ?
नवलपरासी,३० कार्तिकजिल्ला स्थित उखु उत्पादन गर्ने क्षेत्रफल तथा उत्पादनको तथ्याँक फरक फरक हुदा उखु किसानलाई आउने अनुदान कस्ले पाउने बारे आशंका उत्पन्न भएको छ । चिनी उद्योगले क्रसिगँ गरेको कुल उखु परिमाणको आधारमा अनुदान रकम आउने भए पनि कृषि ज्ञान केन्द्रको जिल्लामा उखु उत्पादन गर्ने तथ्याँक कम देखिदा ५ करोड ६९ लाख ३२ हजार ३ सय ३० रुपिया अनुदान कस्ले पाउदैछन,भन्ने आशंका देखिन थालेको हो ।उत्पादनको आधारमा सरकारले उखु किसानका लागि अनुदान रकम कोष तथा लेखा नियन्त्रण कार्यालय नवलपरासीमा पठाई सकेको छ तर पुरै रकम हालसम्म वितरण हुन सकेको छैन् । अन्य क्षेत्रको अनुदान लिनमा कृषकहरु हानथाप गर्ने गरेको भए पनि उखुको अनुदान उपलब्ध गराउन जटिलता देखिन थालेको छ । यसले गर्दा उखु किसानका लागि आएको अनुदान बेलामा वितरण हुन नसक्दा अनुदान पाउने नेपाली कृषक हुन कि भारतबाट उखु ल्याई विब्रि गर्ने ब्यपारी ? भन्ने प्रश्...










