महेशपुर भन्सारको राजस्व संकलन ओरालो लाग्नुमा प्रहरी मात्रै नभई भन्सार कर्मचारीको पनि सेटिगँ
नवलपरासी,१३ असोजजिल्ला स्थित महेशपुर भन्सार नाकाबाट बर्षेनी उठ्ने राजस्व लक्ष्य घटदै ओरालो लाग्नु प्रहरीको मिलोमतो कारण तस्करी बढेर मात्रै नभई भन्सार कर्मचारीको तस्करसँग सेटिगँले गर्दा राजश्व हस हुने गरेको रहस्य समेत खुल्न थालेको छ । भन्सार कर्मचारीले प्रहरीले बरामद गरेका मालबस्तुको लिलाम गर्दा स्थानिय केही ब्यपारीको सिण्डिकेट गराई टेण्डर हाल्न नदिईने र फेरी फेरी मुल्याँकन घटाउदै थोरै रकममा लिलाम गराई रहेको रहस्य खुल्न थालेको हो ।एकै दिनमा तिन तिन पटक सुचना टास गरि मुल्याँकन घटाउने गरिएको छ । सो सुचनाहरु भन्सार कार्यालयको वेभसाईटमा पनि अपलोड गरिदैन् । बाहिरबाट यदि कसैले कुनै मार्फत सुचना पाएर लिलाम लिन पुग्दा त्यसलाई छोप्ने कार्य समेत स्थानिय केही गुण्डा परिचालित हुदै आएका छन् । गुण्डा परिचालन भए पछि पहिलो पटकको मुल्याँकमा स्थानिय कसैले पनि लिलाम सकार गर्दैनन् । ति क्रम अन्तिम समय सम्म भई ...










