बजेट अभावले पोखरापालीको जौरहरीमाई पार्क निर्माण कार्य अलपत्र
नवलपरासी, ४ माघजिल्लाको रामग्राम नगरपालिका ६ पोखरापाली स्थित जौरहरीमाई पार्क बजेट अभावले निर्माण कार्य अलपत्र परेको छ । जिल्ला सदरमुकाम परासीको पोखरापाली बजार देखी उत्तरमा रहेको सो पार्क निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाइएको भए पनि आवश्यक बजेट विनियोजन गरि कुनै निकायले सहयोग नगरिददा अलपत्र अवस्थामा पुगेको हो ।जौरहरीमाई स्थानमा प्राचीन शिवालय र देवस्थल सहितको पोखरी रहेको स्थानलाई आजको आवश्यकता अनुरुप त्यस क्षेत्रलाई पार्कको रुपमा विकास गर्दै एक धार्मिक,साँस्कृतिक तथा पर्या पर्यटन क्षेत्रको रुपमा विकास गर्ने गरि डिपिआर विगत बर्षमा बनेको तर लगानीको अभावमा निर्माण कार्य अलपत्र परेको सोही वार्डका वार्ड अध्यक्ष विद्यासागर त्रिपाठीले बताए । सो स्थानलाई ब्यवस्थि पार्क बनाउनका लागि करिब ६ करोडको लागत पर्ने गरि डिपिआर बनाइएको छ,उनले भने,तर प्रयाप्त मात्रामा स्रोत ब्यवस्थापन हुन न...










