उद्योगबाट खोला नालामा बगाउदै आएको प्रदुषित पानी थुन्ने स्थानिय युवाको चेतावनी
नवलपरासी,१६ पुसजिल्ला स्थित उद्योगहरुले गर्दै आएको प्रदुषण नियन्त्रण र न्युनिकरण नभए उद्योगबाट खोलानालामा बगाईने प्रदुषित पानी थुन्ने चेतावनी स्थानिय युवाहरुले दिएका छन् । उद्योग स्थापना गर्ने तर उद्योगबाट निस्कने फोहर,प्रदुषित पानी स्थानिय कुलो,नाला,घोल र खोलामा बगाउने गरिएको हुदा ति कार्य रोक्नका लागि सम्बन्धित उद्योग र स्थानिय प्रशासन तथा स्थानिय सरकारलाई चेतावनी दिइएका हुन् ।उद्योग खोल्न पाउने अधिकार जो सुकैको भए पनि प्रदुषण बढाएर आम नागरिकको स्वच्छ वातावरणमा बाच्न पाउने मौलिक हक कुण्डित गर्न नपाउने संबैधानिक अधिकार रहेकोले उतm चेतावनी दिइएको रामग्राम ४ का समाजसेवी युवा रामभवन यादवले बताए । उनका अनुसार जिल्लामा दर्जनौ उद्योग स्थापना भएका छन्,तर ति उद्योगहरुले उद्योग भित्रको प्रदुषित पानी प्रसोधन नै नगरि खोला नालामा बगाउदा बस्ति दुर्गन्धित हुने,कुलो खोलाको पानी पशुपंक्षीले सेवन गर्दा वि...










