सुनवल स्थित तरगौली तालक्षेत्रलाई प्राचिन उत्तरक नगर घोषणा
नवलपरासी,२३ चैत्रजिल्लाको सुनवल ७ स्थित प्राचिन तरगौली ताल क्षेत्रलाई प्राचिन उत्तरक नगर भएको घोषणा भएको छ । सुनवल नगरपालिकाले र्एक घोषणा समारोह र भिच्छुलाई भोजनदान गरि सो क्षेत्रलाई प्राचिन कोलिय गणराज्य अन्तरगतको प्राचिन उत्तरक नगर घोषणा गरेको हो ।नगरपालिकाको आयोजना तथा कोलिय मिडिया एण्ड आईटीको समन्वयमा लुम्बिनी प्रदेश सरकारका पुर्व अर्थ तथा योजना मन्त्री बैजनाथ चौधरीले घोषणा गरेका थिए । जिल्लामा धेरै स्थान बौद्धकालिन स्थलहरु भएको र त्यसको खोज अनुसंधान नहुदा आझेलमा परेको भन्दै अहिले यो भगवान बुद्ध आफै आएको यो प्राचिन नगर पुरातात्विक महत्व बोकेको स्थान बताए । प्राचिन नामले यो स्थानको घोषणा भएको छ, उनले भने, अगामी दिनमा यसको पुरातात्विक खोज गर्दै विकास गर्ने र बौद्ध तिर्थ स्थलको रुपमा विकास गर्दै लैजानु पर्छ । यसका लागि प्रदेश सरकारले पनि काम गर्ने बताएका थिए । कोलिय गणराज्यको राजधानी पण्ड...










