पृथ्वीचन्द अस्पतालमा लाखौ मुल्यको म्याद गुज्रेको औषधी
नवलपरासी,२९ असारजिल्ला पृथ्वी चन्द्र अस्पताल ब्यवस्थापनको कमजोरीले लाखौ मुल्य बराबरको औषधी म्याद गुज्रेर फालिनु पर्ने अवस्था आएको भन्दै सरोकारवालाले छानविन गरि कारवाहीको माग गरेका छन् । सरकारले उपलब्ध गराउने निशुल्क औषधी अस्पतालले लुकाएर राख्ने र सेवाग्राही महगो मुल्य तिरेर निजी मेडिकलमा खरिद गर्नु पर्ने जनाउदै उपभोतmा हित संरक्षण मञ्चले छानविन गरि कारवाहीको माग गरेको हो ।अस्पताल लगायत सरकारी स्वास्थ्य संस्थाले उपलब्ध गराउने निशुल्क औषधी अस्पतालको पुरानो भवनमा लुकाई राखिएको कुरा खुलासा भए पछि ति औषधी के कसरी म्याद गुजे्रको हो ? त्यसमा दोषी को को छन ? त्यसको प्रतिवेदन आउने गरि माग गरिएको मञ्चका केन्द्रिय सदस्य रामजी ज्ञवालीले बताए । लुकाई राखिएको सो औषधीबारे जानकारी पाए पछि आफुले अस्पतालका अध्यक्ष जगदिश चौधरी र अस्पतालका ब्यवस्थापन सुरेन्द्र अधिकारीलाई देखाउदै उनले यसरी अस्पतालमा म्याद गुजा...






