सांस्कृतिक संरक्षणमा राज्य पक्षबाट लगानी हुन सकेको छैन: एमाले जिल्ला नेता यादव
नवलपरासी,सामुदायिक स्तरबाट संस्कृति संरक्षण भए पनि राज्य पक्षबाट लगानी नभएको नेकपा एमालेका जिल्ला नेता धनपत यादवले बताएका छन् । एभरेष्ट युवा क्लबद्धारा रामग्राम १६ कुइयामा आयोजित थारु सांस्कृतिक तथा माघी महोत्सवको उदघाटन गर्दै सो कुरा बताएका हुन् ।महोत्सवमा प्रमुख अतिथी रहेका यादवले घरदैलोमा सरकार आए पनि सो कुरा महशुस गर्न नपाएको बताए । जनताको नजिकको सरकार भनेको नगरपालिकाले समेत आदीबासी,जनजाती तथा पिछडिएको समुदायको सांस्कृतिक विकास तथा संरक्षणमा लगानी नगरेको आरोप लगाए । नगरप्रमुखले सन्तुलित तथा न्यायोचित लगानी गर्नु भन्दा पक्षपात पुर्ण तरिकाले काम गर्दै आएको हुदा समुदायमा सन्तुलित विकास हुन नसकेको स्मरण गराएका थिए । नजिकै वार्ड नं.१४ मा खिचडी महोत्सवमा एक लाख लगानी गरेको तर वार्ड नं.१६ मा एक रुपिया पनि नदिई पक्षपात गरेको गुनासो महोत्सवका आयोजकहरुले गरेका थिए ।अगामी स्थानिय तहको निर्वाचनमा ...










