बौद्धकालिन प्राचिन कोलियराज्यका नगरको पहिचान गराउन होर्डिगँबोर्ड राख्दै सरावल गाउपालिका
नवलपरासी,६ भदौप्राचिन बौद्धकालिन नगरहरुको पहिचान गर्दै जिल्लाको सरावल गाउपालिकाले ति स्थानमा होर्डिगँ बोर्ड राखेको छ । पुर्णिमाको अवसर पारी गाउपालिका भित्रको तिन वटा बुद्धकालिन नगर जहाँ बुद्ध स्वम् उपस्थित भई धर्मदेशना गरेको जनाउदै ति स्थान संरक्षण तथा प्रचार प्रसार गर्ने उदेश्यले होर्डिगँबोर्ड राखिएको गाउपालिकाले जानकारी गराएको हो ।सरावल गाउपालिका १ सालबास भगडा स्थित हसरी माई स्थानले चिनिने स्थान प्राचिन कुण्डिय नगर भएको दाबी गर्दै होर्डिँगबोर्डको राखिएको गाउपालिका अध्यक्ष राधेश्याम चौधरीले जनाए । बौद्ध दर्शनमा पुर्णिमाको ठूलो महत्व हुने हुदा पुर्णिमाको अवसर पारेर एक कार्यक्रम गरि बोर्ड राखेका छौ,उनले भने, यसको दिर्घकालिन विकास तथा पुर्वाधारका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाई बौद्ध तिर्थ स्थलको रुपमा विकास गर्ने लक्ष्य रहेको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने र स्थायिन स्तरमा...










