प्रजातन्त्रका अभियन्ता स्व.टंक प्रसाद अचार्य जन्मेको घर जिर्णोद्धार हुन सकेन
नवलपरासी,७ फागुनजिल्लाको रामग्राम नगरपालिका ३ मा स्थित टंक प्रसाद अचार्य जन्मेको घर अहिले पनि जिर्ण अवस्थामा भए पनि सरोकारवालाबाट संरक्षण तथा जिर्णोद्धार हुन सकेको छैन् । रामग्राम नगरपालिकाको वेवास्ताले अहिले सो भवन जिर्णोद्धारा हुन नसकेको हो ।प्राचिन स्मारकको जिर्णोद्धार गर्नका लागि लुम्बिनी प्रदेश सरकारले बजेट पठाउदा पनि काम नभएको प्रति प्रदेश साँसद बैजनाथ चौधरीले नगरपालिकाको कार्यशैली पुर्वाग्राही भएको बताएका छन् । प्रजातन्त्रान्त्रिक आन्दोलनका अभियन्ता स्वर्गिय टंक प्रसाद अचार्य जन्मेको घरलाई पुरातात्विक स्मारकको रुपमा संरक्षण गर्नका लागि प्रदेश सरकारले बजेट विनियोजन गरे पनि रामग्राम नगरपालिकाले सो रकम खर्च नगरि फ्रिज गराएकोमा प्रदेश साँसद तथा पुर्वमन्त्री चौधरीले ध्यानाकर्षण गराएका हुन् । आर्थिक बर्ष २०७७÷०७८ मा लुम्बिनी प्रदेश सरकारको तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले सो स्मारक जिर...










