समाचार

सरावल गाउपालिकामा ‘पुत्रन्जिव’को बगैचा भएको जिवक बन फेला
समाचार, सरावल गाउँपालिका

सरावल गाउपालिकामा ‘पुत्रन्जिव’को बगैचा भएको जिवक बन फेला

नवलपरासी जिल्लाको सरावल गाउपालिका १ मा प्राचिन बौद्धकालिन जिवक बन फेला परेको छ । स्थानिय भाषामा पतजिव भन्ने गरिएको बनमा पुत्रन्जिव नामक रुखहरुको रहेको बगैचालाई प्राचिन जिवक बन भएको अनुमान गरिएको हो ।बौद्धकालिन इतिहास तथा पुरातत्वका अध्ययेता डा.कौशलेन्द्र बहादुर श्रीवास्तवले आयुर्वेदेकि महत्व रहेको पुत्रन्जिव रुख भएको र बौद्धकालिन बुद्ध संघमा जिवक नामक आर्युेवदाचार्य भिच्छु समेत यस क्षेत्रमा आएको हुदा सो बनलाई जिवक बन भनेर उल्लेख भएको बताए । प्राचिन कोलिय गणराज्य अन्तरगत सज्जनेल नगरमा भगवान बुद्ध कोलिय पुत्री सुप्पबासाको घरमा भोजन ग्रहण गर्न आएका थिए । सुप्पबासा कोलिय गणराज्यकी एक मात्र अग्रउपासिका रहेको बौद्ध ग्रन्थहरुमा उल्लेख भएको पाईन्छ । सज्जनेल नगर भित्रकै आर्को सालबास जंगलमा भगवान बुद्धका सबै भन्दा प्रिय भिच्छु आनन्द आफ्नो भिच्छु संघ सहित आएर कुण्डिय भन्ने स्थानमा बास बसेका थिए । भिच...