काम नगरी रकम फ्रिज गराउने कर्मचारीलाई कारवाहीको सिफारिस गरिनेः जिसस प्रमुख यादव
नवलपरासी,८ असारजिल्ला समन्वय समिति(जिसस) नवलपरासीका प्रमुख भगौती यादव(रुदल)ले काम नगरी योजनाको रकम फ्रिज गराउने प्राविधिक कर्मचारीलाई विभागिय कारवाहीका लागि सिफारिस गरिने चेतावनी दिएका हुन् । लुम्बिनी प्रदेश सरकार अन्तरको सिचाई डिभिजन कार्यालयका डिभिजन प्रमुखलाई लक्षित गरि उनले सो कुरा बताएका हुन् । प्रदेश सरकारले परासी बजार डुबान रोक्न रु.१ करोड रकम विनियोजन गरिएको भए पनि काम गर्नमा विभिन्न बहानाबाजी गर्दै काम प्रति सकारात्मक नदेखिने कुशल गौतम र उनको प्राविधिक टिमलाई समन्वय प्रमुख यादवले सो चेतावनी दिएको थिए । गत बर्ष विच खोलाबाट नै बाँध लगाउदा खोलामा आएको बाढीको पानी खोलाले धान्न नसकेर बाँध भत्केको थियो । सो पानी परासी बजारलाई डुबान गरेको थियो । डुबानको अवलोकन प्रदेश सरकारका मुख्यमन्त्री लगायत मन्त्रीहरुले समेत अवलोकन गरेका थिए । नियन्त्रणका लागि बजेट समेत विनियोजन गरेका थिए । तर अहिले आ...










