पाल्हीनन्दन गाउपालिकाको दोश्रो चौमासिकमा ७० प्रतिसत प्रगति
नवलपरासी,३ चैत्रजिल्लाको पाल्हीनन्दन गाउपालिकाले चालु आर्थिक बर्षको प्रगति अहिले ७० प्रतिसत पुर्याएको छ । विगत बर्षमा प्रमुख प्रशासकिय अधिकृत नबस्ने,कर्मचारी र पदाधिकारी विचको आन्तरिक द्धन्द्ध भई राख्दा काम नभएर बजेट फ्रिज गराउने पालिकाको रुपमा वदनामी कमाएको पाल्हीनन्दन गाउपालिकाले अहिले चैत्र पहिलो साता भित्रै ७० प्रतिसत कार्य सम्पन्न भएको जानकारी गराएको हो ।चालु आर्थिक बर्षमा पालिकाबाट केही कर्मचारी सरुवा भएर अनयत्र गएको र पालिकामा यहिँकै प्रमुख प्रशासकिय अधिकृत दिनेश गौड र रामग्राम नगरपालिकाबाट लेखा अधिकृत सञ्जय शर्मा हाजिर भएका थिए । पदाधिकारी र कर्मचारीको आपसी समझदारी भए पश्चात अधिकाँश काम कर्मचारीहरुले नै गर्ने गर्दा बेलामै कार्य सम्पन्न हुने गरेको देखिएको छ । विगत बर्ष देखी यो पालिकामा काम नहुने वदनामी थियो,प्रमुख प्रशासकिय अधिकृत गौडले भने,तर अहिलेको कार्य प्रगति देखिदा आफैलाई आश्च...










