परासीमा उपभोक्ता सचेतना अन्तरक्रिया
नवलपरासी,११ माघबाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवाले नवलपरासीमा सरोकारवालासँग अन्तरक्रिया गरेको छ । कार्यालयको नियमित कार्यक्रम अन्तरगत उपभोतmा सचेतना सम्बन्धि अन्तरक्रिया गरेको हो ।रामग्राम नगरपालिकाको सभाहलमा जिल्ला स्थित उपभोक्ता हकहित संरक्षण मञ्च,नागरिक समाज,उद्योगी ब्यवसायी, आम उपभोक्ता,विभिन्न समुह संघसस्थाहरुको प्रतिनिधिहरुलाई सहभागिता गराई उपभोतmाले थाहा पाउनै पर्ने विषयबस्तुको प्रस्तुतीकरण गरिएको थियो । नेपालको संविधानको धारा ४४ मा उपभोतmाको हक समेत मौलिक हकको रुपमा स्थापित गरिएको छ । सो हकको प्रत्याभुति गराउने उदेश्य पुरा गर्नका लागि सरकारले विभिन्न कानुन र ऐनले समेत सरोकार राख्ने हुदा त्यसबारे समेत प्रस्तुती गरिएको थियो ।जस्मा उपभोतmाको हकको प्रत्याभुतिका लागि दाना पदार्थ ऐन,२०३३, नियमावली २०४१,उपभोतmा संरक्षण ऐन २०७५ र नियमावली २०७६,जीवनासक विषादी ब्यवस्थापन ऐ...










