प्रगतिशील लोकतान्त्रीक पार्टीको नवलपरासीमा नेतृत्व चयन
नवलपरासी,१९ पुसप्रगतिशील लोकतान्त्रीक पार्टीको नवलपरासी जिल्ला नेतृत्व चयन भएको छ । पार्टीको लुम्विनी स्तरीय भेलाले गत पुष १२ गते जिल्ला इन्चार्जमा गोपी ज्ञवाली र जिल्ला प्रमुखमा चन्द्रभुषण पाठक(आलोक)लाइ जिमेवारी दिएको हो ।पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइ नेतृत्वको नेपाल समाजबादी पार्टी नयाँ शक्ती र जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्टिय अभियान र राष्टिय स्वतन्त्र पार्टी परित्याग गरेका संतोश परियारको समुह एकतापछि गत मंसिरमा प्रगतिशील लोकतान्त्रीक पार्टी घोषणा भएको थियो । उतm पार्टीको जिल्लामा पनि नेतृत्व चयन गरि कृयाशिल बनाइएको जिल्ला इन्चार्ज गोपी ज्ञवालीले परासी प्रेस क्लब मार्फत पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि जानकारी गराएका थिए ।उनले भने, “जेनजी प्रदर्शनलाइ सम्बोधन गर्ने नयाँ विचार नयाँ ठाउँमा जाने गरी प्रगतिशील लोकतान्त्रीक पार्टी गठन गरेको हो । साथै पार्टीको भेलाले (ब...









