एम्नेष्टी ईण्टरनेशनलको स्थापना दिवसको अवसरमा परासीमा दीप प्रज्वलन
एम्नेष्टी ईण्टरनेशनलको स्थापना दिवसको अवसरमा परासीमा दीप प्रज्वलन गरिएको छ । एम्नेष्टी ईण्टरनेशनल समूह ३१ परासीको आयोजनामा आज साँझ परासीमा दीप प्रज्वलन गरी एम्नेष्टी दिवस मनाईएको हो । एम्नेष्टी ईण्टरनेशनल समूह ३१ परासीका अध्यक्ष हुसेन अन्सारीको अध्यक्षता तथा निवर्तमान संयोजक विजय जयसवालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नागरिक समाज, रेडक्रस, पत्रकार, वकिल, मानवअधिकारकर्मी, अधिकारकर्मी लगायतको सहभागिता रहेको थियो ।
एम्नेष्टी इन्टरनेशनलको अप्रिल २८, १९६१ मा बेलायतमा स्थापना भएको थियो । अभिव्यक्ति स्वतन्त्रताको विषयमा आवाज उठाएका दुई जनालाई त्यहाको सरकारले थुनामा राखेपछि वेलायतका वकिल पिटर वेन्सनले एक पत्रिकामा आम माफि सम्बन्धि लेख लेख्नुभएको थियो । उक्त लेखका माध्यमबाट वेलायत सहित अन्य देशमा समेत अप्रिल फर एम्नेष्टी (आम माफी) अभियान सुरु भयो । उक्त अभियानमा जोडिएकाहरुले वेल्जियम सम...










