रासायनिक मलखाद्य खरिदको अधिकार पनि संघ सरकारले प्रदेश सरकारलाई दिनु पर्छ: कृषि मन्त्री यादव
नवलपरासी, २९ फागुन,लुम्बिनी प्रदेश सरकारका कृषि तथा भुमि ब्यवस्था मन्त्री भण्डारीलाल (यादव) अहिरले किसानलाई मल खरिद समेतको अधिकार प्रदेश सरकारलाई दिनु पर्ने बताएका छन् । नवलपरासी केरा उत्पादक संघको छठौ बार्षिक साधारणसभा उदघाटन गर्ने क्रममा सो कुरा बताएका हुन् ।
रासायनिक मल खरिद गर्ने अधिकार संघ सरकारले आफैसँग राखेको र मल वितरणका कार्य मात्रै प्रदेश सरकारसँग राख्दा किसानको भावना र चाहना अनुसार प्रदेश सरकारले किसानलाई बेलामा मल उपलब्ध गराउन नसकेको जानकारी गराएका थिए । नेपाल कृषि प्रधान देश हो,तर किसानलाई आवश्यक सुविधा पुर्याउन नसक्नु दुर्भाग्य भएको उनको भनाई थियो । किसानलाई कृषि कार्य गर्नका लागि आवश्यक सिचाई,मलखाद्य,उन्नत विँउ,विषादी र उत्पादित बस्तुको बजारीकरण लगायतको समस्या विद्यमान नै रहेको हुदा किसानको समस्याबारे आफु जानकार रहेको बताएका थिए । आफु स्वमं कृषि पेशा गर्दै अहिले राजनी...










