नवलपरासी (ब.सु.प.)

बुद्धशान्ति साझेदारी बनक्षेत्र भित्र बन्यजन्तुलाई पानी पिउन पोखरी र जलासय बनाईदै
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

बुद्धशान्ति साझेदारी बनक्षेत्र भित्र बन्यजन्तुलाई पानी पिउन पोखरी र जलासय बनाईदै

नवलपरासी, २९ जेठजिल्लाको बुद्ध शान्ति साझेदारी बन क्षेत्रमा बन्यजन्तुलाई पानी खाने उदेश्यले बन भित्र पोखरी जलासय बनाउने कार्य भई रहेको छ । बन भित्र ठाँउ ठाँउमा खाल्टो परेको स्थानलाई ब्यवस्थित पोखरी र जलासय ब्यवस्थापन गर्दै बन्यजन्तुलाई पानी खाने स्रोत ब्यवस्थान जस्ता कार्य गर्न थालिएको हो ।बुद्धको बन चिनाउने उदेश्यले बुद्धको मावली तथा प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) देखी करिब दुई किलोमिटर उत्तरमा १ हजार ७ सय हेक्टरमा फैलिएको सरकारी बन क्षेत्रलाई बुद्ध शान्ति साझेदारी बन ब्यवस्थापन समुहको रुपमा ब्यवस्थित हुदै आएको छ । डिभिजन बन कार्यालय मार्फत उतm कार्य निरन्तर भई रहेको भए पनि केही बर्ष देखी बन ब्यवस्थापन समुहमा नेतृत्यदायी भुमिका खेल्ने समुहका अध्यक्ष लगायत अन्य पदाधिकारी र सदस्यको निर्वाचन हुन नसक्दा समस्या देखिएका छन् । तर पनि डिभिजन बन कार्यालयका बन अधिकृत तथा बन प्रा...
साँसद विनोद चौधरीद्धारा आफ्नो ६ महिने कार्यकालको प्रगति सार्वजनिक
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

साँसद विनोद चौधरीद्धारा आफ्नो ६ महिने कार्यकालको प्रगति सार्वजनिक

नवलपरासी, २८ जेठनवलपरासी प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं.१का साँसद विनोद चौधरीले आफ्नो ६ महिनो कार्यकालको प्रगति सार्वजनिक गरेका छन् । सो क्षेत्रका विभिन्न समस्याहरुमा निरन्तर पहल गर्दै आएको र केही महत्वपुर्ण योजनाहरु अगाडी बढाइएको समेत उनले परासीमा पत्रकार सम्मेलन गरि जानकारी गराएका हुन् ।जिल्ला भित्रको हुलाकी राजमार्ग निर्माणमा हुने गरेको ढिलाई,गण्डक बाँधका कारण हुने गरेको डुबान,कटान पटान जस्ता समस्याको समाधानका लागि अनुसंधान मुलक कार्यको शुभारम्भ,गण्डक सिचाई प्रणालीबाट सकेसम्म छिटो पानी प्रवाह गरि सिचाई समस्याको समाधान,खजुरा खोलापुल,केरा तथा उखु किसानका समस्या,गण्डक बाँधलाई अग्लो बनाउने कार्य,सुस्ताका पुल निर्माणमा तिब्रता,वर्दघाटको ट्रमा सेन्टरका समस्याबारे निरन्तर पहल गरि धेरै जसो काम अगाडी बढि रहेको बताएका थिए । उनले महिना महिनामा जिल्ला भित्रका सरोकारवाला सरकारी निकाय,काम गर...
ढिलो भए पनि नेपाल गण्डक पश्चिमी नहरमा पानी प्रवाह शुरु
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

ढिलो भए पनि नेपाल गण्डक पश्चिमी नहरमा पानी प्रवाह शुरु

नवलपरासी,२८ जेठनेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीमा ढिलो भए पनि शनिवार देखी पानी प्रवाहमा भएको छ । नहर मर्मत सम्भारका कारण केही दिन ढिलो भए पनि किसानलाई सिचाई गर्न नहरमा पानी प्रवाह भएको हो ।नहरका दुई वटा शाखा तथा मुल नहरका केही भागमा सफाई गर्नु पर्ने कार्य बेलामा सम्पन्न हुन नसक्दा नहरमा पानी प्रवाहका लागि ढिलाई भएको थियो । ढिलो भए पनि गण्डक नहरमा पानी प्रवाह भएको हुदा किसानलाई राहत मिल्ने गण्डक जल उपभोतmा सस्थाका अध्यक्ष हैदर अलि मोमिनले बताए । नहरमा पानी प्रवाहले खडेरीका कारण सुक्न लागेको ब्याडमा रहेको धानको बिउँमा सिचाई गरेर जोगाउन सजिलो हुने भएको छ, उनले भने,अब पानी नहरमा निरन्तर प्रवाह हुने हुदा विँउ राख्न नपाएका किसानले विँउ राख्न पाउने भएका छन्,विँउ रोपाई गर्न सक्ने अवस्थाका किसानले रोपाई समेत गर्न पाउने भएका छन् ।विगत बर्षको तुलनामा यो बर्ष एक साता पानी ढिलो हुन गएको छ । ब्यवस्...
१२ बुदे घोषणापत्र जारी गर्दै नवलपरासीमा सम्पन्न भयो ओल्मा काउन्सिल नेपालको पहिलो सम्मेलन तथा मुस्मिलसभा
नवलपरासी (ब.सु.प.), समाचार, समाज

१२ बुदे घोषणापत्र जारी गर्दै नवलपरासीमा सम्पन्न भयो ओल्मा काउन्सिल नेपालको पहिलो सम्मेलन तथा मुस्मिलसभा

नवलपरासी,२८ जेठओल्मा काउन्सिल नेपालको पहिलो राष्ट्रिय सम्मेलन तथा मुस्लिमसभाले आफ्नो १२ बुदे घोषणापत्र जारी गर्दै नवलपरासीमा सम्पन्न भएको छ । नेपालका विभिन्न मदरसाहरुमा कार्यरत धर्मगुरु शिक्षक(ओल्मा)हरुको विभिन्न समस्यालाई सम्बोधन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउदै सो सभाले घोषणा जारी गरेको हो ।नेपाल भरिबाट नै हजार भन्दा बढि ओल्माहरुको सहभागिता रहेको सम्मेलनलाई संघिय संसद प्रतिनिधि सभा सदस्य साँसद विनोद चौधरीले उदघाटन गर्दै नेपाल समावेशी राज्य भई सकेको र अब हरेक धर्मलाई समान अवसर पाउने नेपालको संविधानले नै ग्यारेन्टि गरेको बताएका थिए । अहिलेको यो सम्मेलनले जारी गर्ने घोषणाहरुलाई कार्यान्वयन गराउनमा आफ्नो तर्फबाट कुनै कसर बाकी नरहने दाबी समेत उनले गरेका थिए । मुस्मिल समुदाय पनि नेपालकै नागरिक हुन,राज्य सञ्चालनमा उनीहरुको पनि भुमिका उत्तिकै रहेको छ । नेपाल धर्म निरपेक्ष राज्य समेत रहेको ह...
कृषिमा संघसस्था सहकार्यको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

कृषिमा संघसस्था सहकार्यको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

नवलपरासी, २५ जेठ,जिल्ला स्थित कृषक हक हित संरक्षण मञ्च नवलपरासीले समाजिक परिचालनका लागि संघसस्थासँग सहकार्य कार्यक्रमको बार्षिक समिक्षा कार्यक्रम गरेको छ । कृषि ज्ञान केन्द्रका कृषि विज्ञहरु तथा किसान समुह,सरोकारवाला तथा सञ्चारकर्मी विच सो समिक्षा कार्य गरेको हो ।किसानको समस्याको सुनुवाई गर्न सरकारी पक्ष उदासिन भएको आरोप उपस्थित कृषकहरुले लगाएका थिए । किसानलाई मल, खाँद र सिचाई पुर्वाधार आवश्यक परेको बेला सरकारले उपलब्ध गराउन नसकेको जनाउदै आफ्नै बलबुतोमा भए पनि खेतीपाती गर्दै आएका किसानलाई आवश्यक प्राविधिक ज्ञान समेत नपाएको गुनासो गरेका थिए । किसानको उत्पादन लागत दिन प्रति दिन बढदै जाने र उत्पादन गरेका बालीको मुल्य पनि नपाउने जस्ता समस्याले किसान झन झन गरिब बन्दै गएको हुदा सरकार र सरोकारवाला निकायले ध्यान पुर्याउनु पर्ने माग समेत गरेका थिए ।जसरी मानिसको उपचारका लागि स्वास्थ्य सेवाका लागि गा...
मिटरब्याज विरुद्ध परासीमा किसान मार्च र्याली प्रदर्शन
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार, समाज

मिटरब्याज विरुद्ध परासीमा किसान मार्च र्याली प्रदर्शन

नवलपरासी, २५ जेठ,जिल्ला भित्रका लघुवित्त तथा विभिन्न साँहु महाजनबाट ऋण लिएका ऋण पिडितहरुले ऋण मिनहा गरि चर्को ब्याज असुल्नेलाई कारवाहीको माग गर्दै सदरमुकाम परासीमा प्रर्दशन गरेका छन् । मिटर ब्याज तथा ठगि विरुद्ध किसान मजदुर मार्च नाम दिइएर निकालिएको र्याली रामग्राम नगरपालिका शान्तिचौर बाट बुद्ध चोक हुदै जिल्ला प्रशासन कार्यालय सहित बजारमा प्रदर्शन गरेका हुन् ।मिटर ब्याज तथा ठगि विरुद्ध किसान संघर्ष समितिको अगुवाईमा जिल्ला भरिबाट करिब एक हजारको संख्यामा आएका पिडितहरुले विभिन्न नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । नक्कली तमसुक गराउनेलाई कारवाही गुर्नका साथै विभिन्न षणयन्त्र गरि फसाईएका किसानहरुलाई राहत समेत उपलब्ध गराउनु पर्ने माग गरेका थिए ।...
नागरिकता विहिनयुवाद्धारा परासीमा दवाव र्याली
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार, समाज

नागरिकता विहिनयुवाद्धारा परासीमा दवाव र्याली

नवलपरासी,२२ जेठजिल्लाका नागरिकता विहिन युवाहरुले नागरिकता प्राप्तीका लागि सदरमुकाम परासीमा दवाव र्याली निकालेका छन् । विगत डेढ दशक भन्दा बढि समय देखी नागरिकता माथि राजनीतिक खेल हुदा नागरिकताबाट बन्चित युवायुवतीहरुको भविष्य अन्धकार भई रहेको जनाउदै उनीहरुले नागरिकताका मुद्दा बेलामै सम्बोधन गराउने उदेश्यले दवाव र्याली निकालेका हुन् ।नागरिकता विधेयक राष्टपतिद्धारा लालमोहर लागएर प्रमाणिकरण भई सकेको अवस्थामा केही नागरिकता विरोधी समुहले सम्मानित सर्वोच्च अदालतमा रिट हालेर नागरिकता प्राप्तीमा समस्या सृजना गरेको बताउदै उनीहरुले सम्मानित सर्वोच्च अदालतले सो रिट जटिसक्दो छिटो सुनुवाई गरि फुकुवा गरि नागरिकता विहिन युवायुवतीको पक्षमा न्याय गर्न पनि आग्रह गरेका थिए । बुद्धचोक देखी नाराबाजी गर्दै उनीहरु जिल्ला प्रशासन कार्यालय पुगेर विरोध प्रदर्शन पनि गरेका थिए ।...
वृक्षारोपण गरि मनाईयो विश्व वातावरण दिवस २०८०
कृषि, नवलपरासी (ब.सु.प.), समाचार, समाज

वृक्षारोपण गरि मनाईयो विश्व वातावरण दिवस २०८०

नवलपरासी,२२ जेठडिभिजन बन कार्यालय नवलपरासीले विश्व वातावरण दिवस मनाएको छ । जिल्ला समन्वय समिति(जिसस) प्रमुख भगौती प्रसाद यादवको प्रमुख आथित्यतामा जिल्लाकै संसारकोट सामुदायिक बन उपभोतmा समुहको कार्यालय परिसर वर्दघाट नगरपालिका १० मा मनाईएको हो ।प्लाष्टिक जन्य प्रदुषण निर्मुल पारौ,वातावरणमैत्री विकल्पको उपयोग गरौ,नाराका साथ विश्व वातावरण दिवस २०८० जिल्लाका सरोकारावालाहरुको सहभागितामा मनाइएको जिसस प्रमुख यादवले बताए । उनका अनुसार ब्यवस्थापनका कार्य डिभिजन बन कार्यालय प्रमुख महेन्द्रराज बाग्ले लगायतले गरेका थिए । बन विनास,प्लाष्टिक जन्यको बढदो प्रयोगले वातावरणमा नकारात्मक असर पर्ने भएको हुदा बन विकास र र प्लाष्टिक जन्य बस्तुको प्रयोग घटाउनमा समेत सरोकारवालाले कुरा उठाएका थिए । वातावरणमा प्रतिकुल असर पार्ने खालका गतिविधि पनि मानवद्धारा नै भएको हुदा अहिले वातावरण बचाउन र जोगाउनमा पनि मानवद्धारा न...
ठेकेदारका कारण गण्डक नहरको पानी प्रवाहमा ढिलाई
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

ठेकेदारका कारण गण्डक नहरको पानी प्रवाहमा ढिलाई

नवलपरासी,२२ जेठठेकेदारको लार्वावाहीका कारण नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीमा पानी प्रवाहमा ढिलाई हुने देखिएको छ । नहर मर्मत सम्भारका लागि नहरका दुई वटा शाखा तथा मुल नहरका केही भागमा सफाई गर्नु पर्ने कार्य बेलामा सम्पन्न हुन नसक्दा नहरमा पानी प्रवाहका लागि ढिलाई हुने देखिएको हो ।गण्डक नहरमा पानी प्रवाहमा किन ढिलाई भई रहेको बारे प्रतिकृया दिदै गण्डक ब्यारेजबाट पानी प्रवाह हुने भए पनि नेपाल गण्डक नहरमा केही संरचना मर्मत सम्भारका काम नटुगिँएका कारण पानी प्रवाहमा ढिलाई हुन गएको ब्यवस्थान कार्यालय सेमरीका प्रमुख रनधिर शाहले जानकारी गराए । नहरको मर्मत सम्भार गर्दै गर्दा ठेकेदारले काम अधुरो रहन गएको छ,उनले भने,विचमै पानी प्रवाह यदि गरियो भन्ने सो संरचनामा असर पर्न सक्छ । त्यो भएर यो बर्ष एक साता पानी ढिलो हुन गएको छ । किसानलाई विँउ राख्नमा नहरको पानी प्रवाहमा ब्यवस्थापन कार्यालय असमर्थ देखिए...
बेलामै गण्डक नहर सिचाई जलउपभोक्ता समितिको निर्वाचन गराउनु पर्ने माग
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

बेलामै गण्डक नहर सिचाई जलउपभोक्ता समितिको निर्वाचन गराउनु पर्ने माग

नवलपरासी,१९ जेठ,नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली जलउपभोक्ता सस्थाका मुल समिति लगायत विभिन्न उपसमितिहरुको निर्वाचन बेलामै गर्नु पर्ने सरोकारवालाले बताएका छन् । सिचाई प्रणालीमा जलउपभोक्ता हरुको कृयाशिलताले मात्र प्रणालीहरु सहज ढंगले सुचारु गर्न सक्ने भएको र अहिले गण्डक जलउपभोक्ता सस्था लामो समय देखी निर्वाचन गराउन नसकेको हुदा बेलामै निर्वाचन गराई सक्रिय बनाउनु पर्ने माग उठेको हो ।जलश्रोत मन्त्रालयको सिचाई विभाग तथा राष्टिय सिचाई जल उपभोक्ता महासंघको संयुक्त आयोजनामा वर्दघाटमा भएको कार्यशालामा उक्त कुरा उठेको थियो । म्याद थप गर्दै गण्डक सिचाई जल जलउपभोक्ता सस्थाले काम गर्दै आएको भए पनि अन्तिम पटक थपिएको म्याद पनि डेढ महिना मात्रै बाकी रहदा बेलामै निर्वाचन गरि समितिले बैधानिकता प्राप्त गरि काम गर्नु पर्ने कुरा औल्याएका थिए । जलउपभोक्ता सस्थाको सहयोग विना सिचाई प्रणालीहरु सहज ढंगले सुचारु ...