निर्माण भएको दुई बर्ष वितिसक्दा सञ्चालनमा आएन लुम्बिनी प्रादेशिक पशुरोग अन्वेषण प्रयोगशाला
नवलपरासी,३२ साउनलुम्बिनी प्रदेश सरकारले नवलपरासीमा स्थापना गरेको पशु रोग अन्वेषण प्रयोगशाला निर्माण भएको दुई बर्ष वितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन् । अहिले देशभरि पशुहरुमा देखिएका लम्पी स्किन जस्ता महामारीहरु फैलिदै गरेको अवस्थामा प्रादेशिक प्रयोगशाला प्रति सरकारी वेवास्ता गर्दा हालसम्म सञ्चालनमा आउन नसकेको हो ।गत बर्ष नै लुम्बिनी प्रदेश सरकारद्धारा नवलपरासीको सदरमुकाम परासीमा निर्माण गरिएको प्रदेश स्तरिय पशुरोग अन्वेषण प्रयोगशाला छिट्टै सञ्चालनमा आउने जानकारी गराइएको थियो । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय परिसर भित्र निर्माण भएको उतm प्रयोगशाला लुम्बिनी प्रदेश सरकार नयाँ गठन भए पश्चात चाडै सञ्चालनमा आउने प्रयोगशालाले दाबी गरे पनि हालसम्म सञ्चालनमा आउन नसक्दा सरकारी पशु कृषक प्रति कति उदासिन देखिएको उदाहरण देख्न सकिन्छ । लुम्बिनी प्रदेश भित्र पशु र माछामा लाग्ने रोगको अनुस...










