कृषकका केरा बजारीकरण गर्न परासीमा फलफूल केन्द्र सञ्चालन
नवलपरासी,२९ साउनजिल्लामा उत्पादित केराको बजारीकरण गर्नका लागि जिल्लाको सदरमुकाम परासीबजारमा फलफूल सेन्टर सञ्चालमा आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमको सहयोगमा सो फलफूल केन्द्र सञ्चालनमा आएको हो ।जिल्लाको पुर्वी क्षेत्रका सुस्ता,प्रतापपुर र सरावल गाउपालिकामा ब्यवसायिक केरा खेती भई रहेको तर विगत बर्ष देखी नै बजारीकरणमा समस्या हुने गरेको कृषकको गुनासो सम्बोधन गर्नका लागि कार्यक्रमले सोही क्षेत्रका कृषक रामकलप कोईरीलाई केन्द्र सञ्चालन गर्न सहजीकरण गरेको थियो । अहिले सो केन्द्र भैरहवा भुमही बन्दरगाह मार्गमा सञ्चालनमा ल्याइएको छ । यसले गर्दा कृषकहरु आफ्नो खेतको केरा सो केन्द्रमा पुर्याउने र देशका विभिन्न बजारबाट ओहोर दोहोर गर्ने ब्यवसायिले सहज ढंगले केन्द्रबाट केरा खरिद गरि लैजान सक्ने गरि ब्यवस्था मिलाईएको केन्द्रका सञ्चालक कोईरीले जानकारी गराएका छ । गत असार महिनामा सो केन्द्र सञ्...










