परिक्षा दिई घर बस्ने विद्यार्थीलाई स्वम्सेवा गर्न अवसर दिदै पृथ्वीचन्द्र अस्पताल
नवलपरासी,६ बैशाखजिल्ला स्थित पृथ्वीचन्द्र अस्पतालले एसईई परिक्षा दिई बसेका विद्यार्थीहरुलाई स्वम्सेवक स्वरुप अस्पतालमा सेवा गर्न सक्ने जनाएको छ । विद्यार्थीहरुलाई भविष्यमा मेडिकल फिल्डमा आफ्नो शैक्षिक क्यारियर बनाउन चाहना राख्ने विद्यार्थीहरु अस्पतालमा स्वम्सेवक भई अनुभव लिन सक्ने अस्पतालले आह्वान समेत गरेको हो ।परिक्षा दिएर कोही कम्प्युटर लगायत विभिन्न सिपमुलक तालिम,कोही भ्रमण आदी जस्तामा समय विताउने गर्ने गरेका हुन्छन्,त्यसै गरि अस्पतालमा पनि मेडिकल सम्बन्धि आधारभुत जानकारी र प्रयोगात्मक अनुभव समेत लिन सक्ने हुदा त्यस्ता विद्यार्थीहरु अस्पतालमा सम्पर्क गर्न सक्ने अस्पतालमा निमित्त मेडिकल सुपरिटेण्डेण्ट(निमेसु) सर्जन डा.किरण पाण्डेले बताए । धेरै विद्यार्थीहरुको भविष्यमा मेडिकल फिल्डमा जाने योजना बनाउदै अध्ययन गर्ने गरेका हुन्छन्,उनले भने,उनीहरुलाई अस्पतालको केही समय सेवाले नयाँ अनुभव प्रद...










