नियमन निकायको वेवास्ताले सिमाक्षेत्रमा मौलाउदै माछा तस्करी
नवलपरासी,३० भदौसिमाक्षेत्रमा लसुन तस्करीको मु्द्दा नसेलाउदै अहिले भारतिय माछा तस्करी बढेको गुनासो स्थानिय किसानले गर्न थालेका छन् । भारतिय माछा खुलेयाम नेपाल भित्रिने क्रम बढदा नेपाली माछापालक किसानमा मर्कामा परेका हुन् ।प्रहरी र पशु क्वारेन्टाईनका कर्मचारीको मिलोमतोमा माछा तस्करी बढेको माछा उत्पादक कृषक समितिका जिल्ला अध्यक्ष भवानी शंकर यादवले बताए । माछा तस्करी रोकिएन्,उनले गुनासो गरे,यसमा सिमावर्ति प्रहरी र पशु क्वारेन्टाईनका कर्मचारीको समेत सह र सहयोग रहेको आरोप उनले लगाए । माछा स्वथ्य छन्,भन्ने आधार प्रमाण केही हुदैन्,उनले भने, क्वारेन्टाईनका कर्मचारीलाई मिलाएर माछा तस्करहरु पैठारी रसिद तथा जाँचपासको रसिद नै लिएर घुम्ने गरेका छन् । माछा किसानको समस्या दिन प्रति दिन थपिदै गएको उनले दुखेसो पोखे । यो अवस्था जिल्ला भरको मात्रै नभई देश ब्यापी रहेको छ । खुल्ला सिमाका कारण भारतिय माछा खुलेया...









