मधेश सहिदको सम्झनामा बलिदानी दिवस मनाइयो
नवलपरासी,५ माघमधेश आन्दोलनको क्रममा शहादत प्राप्त मधेशका सहितको सम्झनामा जनमत पार्टी नवलपरासीले दिप प्रज्वलन गरि बलिदानी दिवस मनाएको छ । नेपालमा मधेश तथा मधेशी समुदाय प्रति हुने विभेद र रंगभेदको विरुद्ध लड्ने सहितको सम्झनामा उतm बलिदानी दिवस मनाएका हुन् ।बुद्धचोकमा दिप प्रज्वलित गर्दै मधेशका सहिदले देखाएको बाटो सदैव संघर्षरत रहनुका साथै सहिदको बलिदानीले प्राप्त संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरि रहे मात्र सहिदको सपना पुरा हुने बताएका थिए । जनमत पार्टीका केन्द्रिय सचिव बालगोविन्द चौधरीले विर मधेशी सहिदको सपनाका लागि मधेशी युवाहरु सधै लागि रहन आग्रह गर्दै मधेशीले संघर्षबाट पछाडी नहट्ने विर गाथाहरु यस्तै बलिदानी दिवसले सम्झाउदै रहने बताएका थिए । मधेशी सहिदको सपना अहिले पनि सबै पुरा भएको छैन्,उनले भने, सहिदलाई सम्झदै जहिले पनि मधेश र मेधशीको अस्तित्वको रक्षा गर्न अग्रसर रहनु पर्छ । सत्ताल...










