पर्यटन

कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर)मा थप प्रमाणहरु भेटिदै
पर्यटन, रामग्राम नगरपालिका, समाचार

कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर)मा थप प्रमाणहरु भेटिदै

नवलपरासी, २९ मंसिरदुई साता देखी निरन्तर प्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) मा भई रहेको उत्खननले राजधानीमा पाईने आधार र प्रमाणहरु फेला पर्दै गएको उत्खनन टोलीले जानकारी गराएको छ । रजाधानी क्षेत्रको विभिन्न तिन स्थानमा उत्खनन गर्दा उतm समाग्रि सहितको प्रमाण भेटिरहेको टोलीले जानकारी गराएको हो ।भुभौतिक सर्वेक्षणमा गरिएका अनुमान अनुसारका पुर्वाधार(स्ट्रक्चर) पनि नभेटिन थालेको छन् । पुरातत्वविद भाष्कर ज्ञवालीको नेतृत्वमा उत्खनन गर्दै आएको टोलीले भुभौतिक सर्वेक्षण अनुसारको पुर्वाधार भेटिन थालेको जानकारी गराएका थिए । प्राचिन सिल्कन माटाका भाडा,मुगा जस्ता बस्तु र प्राचिनका बाल्दै आइएको दियोहरु र खम्बाहरु गाडिएका अवशेष(पोष्टहोल)हरु फेला पर्दै जादा राजधानी कोलनगर क्षेत्रको पहिचान गराउन सहज बताउदै गएको उत्खनन टोलीले देखाएका थिए । राजधानी क्षेत्रको सिमा बारिह पनि होल गरि पुरातात्व...
रामग्राम स्तुपमा रहेका बुद्धको अष्टधातुको विशेष पुजा सम्पन्न
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुपमा रहेका बुद्धको अष्टधातुको विशेष पुजा सम्पन्न

नवलपरासी,२८ मंसिररामग्राम विकास कोषले आयोजना गरेको भगवान गौतम बुद्धको अष्टधातुमा विशेष पुजा कार्यक्रम सम्पन्न भएको छ । कोषले पुजा विशेष समारोहको आयोजना गरि पुजा सम्पन्न गराएको हो ।विहिवार विभिन्न देशका भिच्छु तथा बौद्धमार्गी सहितको विशेष पुजा परित्राण गरिएको र उतm विशेष कार्यक्रम भित्र नै अष्टधातुको रक्षा गरेका नागपुजा र स्तुपको कथासँग जोडिएका हात्तिले पुजा गर्दै आएका कुरालाई पनि पुर्नस्थापित गर्न हातिद्धारा समेत धातुको पुजा गराइएको कोषका अध्यक्ष समेत रहेका रामग्राम नगरपालिका प्रमुख धनपत यादवले जानकारी गराएका थिए । उतm कार्यको ब्यवस्थापकिय सहयोग गर्दै आएका द प्रमिस लैण्डका अध्यक्ष निकेस अधिकारी सहितको सहभागिता रहेको थियो ।स्तुपमा गरिएको यसरी पहिलो पटक विशेष पुजाले स्थानियबासीमा नयाँपन थपिएको कोषका अध्यक्ष यादवले जानकारी गराएका थिए । यो बर्षको धातु विशेषपुजा स्मरणिय रहने छ, उनले भने, अगामी ...
रामग्राम स्तुपमा रहेको भगवान गौतमबुद्धको अष्टधातुको विशेष पुजाको अयोजना गर्दै रामग्राम विकास कोष
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुपमा रहेको भगवान गौतमबुद्धको अष्टधातुको विशेष पुजाको अयोजना गर्दै रामग्राम विकास कोष

नवलपरासी,२७ मंसिररामग्राम विकास कोषले भगवान गौतम बुद्धको अष्टधातुमा विशेष पुजा समारोहको आयोजना गर्ने भएको छ । विहिवार विभिन्न देशका भिच्छु तथा बौद्धमार्गी सहितको विशेष पुजा गरिने कोषका अध्यक्ष समेत रहेका रामग्राम नगरपालिका प्रमुख धनपत यादवले जानकारी गराएका हुन् ।उनका अनुसार कोषको गठन पश्चात विभिन्न कार्यक्रम गर्दै आएको रामग्राम विकास कोषले डिसेम्बर ११ र १२ २०२४ (मंसिर २७ र २८ गते) रामग्राम विकास कोषले सबैभन्दा ठूलो धार्मिक र आध्यात्मिक जमघटको आयोजना गर्न लागेको छ । यो एकता, शान्ति, र भक्ति समारोह हो, जसमा विश्वभरका गुरूहरू, भिक्षुहरू, र आध्यात्मिक नेताहरू उपस्थित भएर विशेष अनुष्ठान गर्ने र आफ्नो ज्ञान बाँड्ने छन् । सो दिनलाई महत्वपुर्ण र विशेष बनाउनका लागि हुने प्रमुख आकर्षणहरूमा, विश्वकै ठूलो नाग पूजा समारोह गरने छ । जस्को दिव्य शक्तिलाई सम्मान गर्दै आशीर्वाद प्राप्त गर्ने गहन अनुष्ठान गर...
प्राचीन कोलिय गणराज्यको राजधानी कोलनगरमा पनि फेला पर्यो लोपोन्मुख कोलवृक्ष
पर्यटन, रामग्राम नगरपालिका, समाचार

प्राचीन कोलिय गणराज्यको राजधानी कोलनगरमा पनि फेला पर्यो लोपोन्मुख कोलवृक्ष

नवलपरासी, २५ मंसिरप्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) मा समेत लोपोन्मुख कोलवृक्ष फेला परेको छ । कोलवृक्षले नै कोलिय गणराज्यको नामाकरण भएको र उतm गणराज्यको राजधानी क्षेत्रमा दुर्लभ मानिने कोलवृक्ष कुलोहरुमा रहेको झाडीमा भेटिएको हो।स्थानियले समान्य झाडी भन्दै काट्दै फाल्दै गरेको तर अहिले कोलवृक्ष नै रहेको पहिचानमा आएको स्थानियले देखाए । यहाँका स्थानियबासीलाई यो झाडीबारे जानकारी नै थिएन्, त्यही भएर विगत बर्ष देखी नै उतm झाडी काट्दै पाल्दै आउने गरेका थिए । अहिले ति राजधानी क्षेत्रमा पुरातत्व विभागले उत्खनन समेत गरिरहेको छ । उत्खननको क्रममा सो स्थानको पहिचय गराउदा कोलवृक्षको समेत परिचयात्मक कार्य गर्दा त्यस्ता झाडीदार रुदहरु कुलो किनारमा भएको देखाए पछि ति क्षेत्रका कोलवृक्ष संरक्षण गर्नु पर्ने स्थानियले महशुस गरेका छन् । रुखको आधा भाग काट्दा समेत बचेका भाग देखाउदै एक स्थान...
कोलिय गणराज्यको राजधानी कोलनगरमा उत्खनन्ले भेटिन थाल्यो प्राचिन पुर्वाधार(स्ट्रक्चर)
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

कोलिय गणराज्यको राजधानी कोलनगरमा उत्खनन्ले भेटिन थाल्यो प्राचिन पुर्वाधार(स्ट्रक्चर)

नवलपरासी, २० मंसिरप्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) मा भई रहेको उत्खननले भुभौतिक सर्वेक्षणमा गरिएका अनुमान अनुसारका पुर्वाधार(स्ट्रक्चर) भेटिन थालेको छ । पुरातत्वविद भाष्कर ज्ञवालीको नेतृत्वमा उत्खनन गर्दै आएको टोलीले भुभौतिक सर्वेक्षण अनुसारको पुर्वाधार भेटिन थालेको जानकारी गराएको हो ।पुरातत्व विभाग र दुराम विश्वविद्यालयका प्राविधिक टोलीले गत बर्ष भुभौतिक सर्वेक्षण गरि प्रतिवेदन बुझाएको थियो, पुरातत्वविद ज्ञवालीले भने,सो प्रतिवेदनको आधारमा उत्खनन गर्न थालिएपछि पुर्वाधार भेटिन थालेको छ,यद्यपी यसको विस्तृत अध्ययन अझै पनि गर्नु पर्नेछ । अहिले एउटा मात्रै ट्रेन्च उत्खनन गर्दा इटको पर्खाल भेटिएको देखाउदै उनले अझै ति पर्खाल मुनि केही छ,भन्ने थप उत्खनन गर्न आवश्यक पर्छ । पुरातत्व विभागको कार्यक्रम अनुसार एक महिनासम्म उत्खनन गरिने बताउदै उनले थप उत्खननका लागि यदि स्थानिय स...
आउदो माघ १० गते देखी सरावलको बासामा पहिलो औद्योगिक ब्यपार मेला २०८१ हुने
अर्थ, कृषि, पर्यटन, समाचार, सरावल गाउँपालिका

आउदो माघ १० गते देखी सरावलको बासामा पहिलो औद्योगिक ब्यपार मेला २०८१ हुने

नवलपरासी ,१० मंसिरजिल्लामै गाउपालिका स्तरको गठित उद्योग बाणिज्य संघले औद्योगगिक ब्यपार मेलाको आयोजना गर्ने भएको छ । सरावल उद्योग बाणिज्य संघले कृषि ,पर्यटन संँस्कृति तथा ओैद्योगीक व्यापार मेला २०८१ संचालन हुने जानकारी पत्रकार सम्मेलन गरि गराएको हो ।संघले सोमवार पत्रकार सम्मेलन गरि आउदो माघ १० गते देखी सरावल गाउँपालिकाको वडा न १ बासा चोकमा औद्योगिक ब्यपपार मेला हुने जानकारी गराएको थियो ।संघ र गाउपालिकाकै पहलमा सरावल सरकारले पहिलो सरावल कृषि ,पर्यटन संँस्कृति तथा ओैद्योगीक व्यापार मेला संचालन हुने भए पछि स्थानियलाई समेत उत्साही बनाएको छ । उद्योग बाणिज्य संघ सरावल नवलपरासीले कृषि पर्यटन खेलकुद तथा उद्योगको पूर्वाधार सरावलको दिगो बिकास र अर्थतन्त्रको आधार भन्ने नाराको साथ प्रथम सरावल कृषि ,पर्यटन संँस्कृति तथा ओैद्योगीक व्यापार संचालन गर्न लागिएको जानकारी गराएको थियो ।उतm मेला माघ १० गतेदेखि २...
प्रचार प्रसार नहुदा ओझेलमा सुनवलको बौद्धकालिन प्राचिन उत्तरक (देवदह ताल क्षेत्र)
पर्यटन, समाचार, संस्कृति, सुनवल नगरपालिका

प्रचार प्रसार नहुदा ओझेलमा सुनवलको बौद्धकालिन प्राचिन उत्तरक (देवदह ताल क्षेत्र)

नवलपरासी, ८ मंसिरजिल्ला सुनवल स्थित प्राचिन उत्तरक नगर भनेर पहिचान पाउदै गरेको देवदह पोखरी क्षेत्रको सरसफाई गरिएको भए पनि प्रचार प्रसार नहुदा ओझेलमा परेको छ । सुनवल नगरपालिकाले सरसफाई गरेर ब्यवस्थित गरेको भए पनि प्रचार प्रसार हुन नसक्दा सो क्षेत्र ओझेलमा परेको हो ।नगरपालिकाले प्राचिन कोलिय गणराज्य अन्तरगत तिन बर्ष पहिला ‘उत्तरक’ नगर घोषणा भएको देवदह पोखरी क्षेत्र तरगौली विकासका लागि काम गर्ने योजना बनाई उतm पोखरी ब्यवस्थित बनाएको हो । बौद्धकालिन उतm पोखरीसँगै पुरातात्विक स्थल र प्राचिन इतिहास बोकेको स्थानमा पर्यटकहरु आउने तर पोखरी ब्यवस्थित नगर्दा अब्यवस्थित देखिएको थियो । अहिले पोखरीमा रहेका जलकुम्भी सफा गरिको छ । पानी सुरक्षित गर्नका लागि पर्खाल,तटबन्ध समेत गरिएको छ । पोखरीका घाटहरु समेत ब्यवस्थित बनाइएको स्थानियले बताए । सो पोखरीलाई निरन्तर ब्यवस्थित गर्दै लैजाने सुनवल ७ का वार्ड अध्यक्...
रामग्राम स्तुपमा कार्तिक पुर्णिमाको अवसर पारी भारत बराणसीका तिर्थयात्रीले गरे दिप प्रज्वलन
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुपमा कार्तिक पुर्णिमाको अवसर पारी भारत बराणसीका तिर्थयात्रीले गरे दिप प्रज्वलन

नवलपरासी,१ मंसिरभगवान गौतम बुद्धको अष्टधातुमा भारत बराणसीका तिर्थयात्रीले कार्तिक पुर्णिमाको अवसरमा दिप प्रज्जलिगत गर्न आईपुगेका छन् । रामग्राम विकास कोषले निरन्तर अष्टमी,औषी र पुर्णिमालाई लक्षित गरि रामग्राम स्तुपमा गर्दै आएको दिप प्रज्वलित तथा धाुत प्रार्थना कार्यक्रममा भारत बराणसी विपश्यान केन्द्रका साधकले सहभागिता जनाएका हुन् ।उनीहरुले रामग्राम स्तुपमा कार्तिक पुर्णिमाका दिन दिप प्रज्जलिगत गरि पुर्जापाठ गर्न पाउनु सौभाग्य प्राप्त गरेको र पुण्यलाभ प्राप्त गरेकोमा खुशी ब्यतm गरेका थिए । कोषले महिनाका चारवटै तिथीमा अध्यात्मिक अभ्यास गर्न कार्यक्रम गर्न थाले पछि विभिन्न देशका तिर्थयात्री भाग लिन आउन थालेको कोषले जानकारी गराएको थियो । कोषका अनुसार असोज औशीका दिन चिनिया भिच्छुहरुको समेत सहभागिता थिए । रामग्राम विकास कोष गठन भए देखी रामग्राम स्तुपमा दिपबाली पुजापाठ तथा ध्यानअभ्यास गर्न थालिए ...
रामग्राम स्तुपमा आउने धार्मिक पर्यटक ब्यस्थापनमा चुनौती
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुपमा आउने धार्मिक पर्यटक ब्यस्थापनमा चुनौती

नवलपरासी, २७ कार्तिकजिल्लाको धार्मिक तथा पर्यटकिय स्थल रामग्राम स्तुपमा धार्मिक पर्यटकको वृद्धि भए पनि ध्यान अभ्यास,पुजा प्रार्थना लगायतका उचित ब्यवस्थापनमा चुनौती देखिएको छ । सँसारका एक मात्र मौलिक अवस्थामा रहेको भगवान गौतम बुद्धको अस्थि राखेर बनाइएको रामग्राम स्तुपमा विभिन्न देश विदेशबाट बौद्ध भिच्छु र धार्मिक पर्यटक आउने क्रम बढे पनि सो स्थानमा ध्यान अभ्यास तथा पुजापाठ, तथा प्रार्थनाका लागि लागि उचित स्थान नबन्दा समस्या देखिएको हो ।आईतवार विहान रामग्राम स्तुपामा बंगलादेशका केही ध्यानी साधक आएर ध्यान गर्न बस्दा कहाँ बस्ने अलमलमा परेका थिए । भिच्छु र उपासकहरु प्रार्थना गर्दै थिए,जुन प्रार्थना गर्दा ध्वनी सहितको प्रार्थनाले ध्यान अभ्यासमा असर परेको थियो । त्यसैमा सोही बेला केही चिनिया पर्यटक आए,उनीहरु परिक्रममा गर्न थालेका थिए, सो परिक्रमाका लागि उचित स्थान ब्यवस्थित नहुदा ध्यान गर्ने बंगल...
प्राचिन कोलिय गणराज्यको राजधानी रामग्राम कोलनगरमा बर्मी भिच्छुहरुको चाँसो
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

प्राचिन कोलिय गणराज्यको राजधानी रामग्राम कोलनगरमा बर्मी भिच्छुहरुको चाँसो

नवलपरासी,२३ कार्तिकप्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) क्षेत्रको विकासमा बर्माका भिच्छुहरुले चाँसो देखाएका छन् । विगत दुई दशक देखी नियमित रुपमा उत्खनन,जिओफिजिक्स(भुभौतिक) सर्वे गर्दै पुरातात्विक खोज अनुसंधान भई रहेको उतm क्षेत्रको स्थलगत अवलोकन गर्दै बर्माेली भिच्छुहरुले यस क्षेत्रमा आफ्नो देशको पनि मोनाष्ट्रि थप्ने योजना सुनाएका हुन् ।तिन बर्षिय भिच्छु सहित पुगेका बर्माी भिच्छुसंघका सदस्यहरुले यसबारे बर्मामा चर्चा सुनेको भए पनि पहिलो पटक कोलिय राजाहरुको राजधानी तथा बुद्धको जन्म दिईने महामायाको जन्मस्थलमा पुग्न पाउनु सौभाग्य भएको बताएका थिए । यस स्थानमा संसार भरिबाट बौद्धमार्गी एक पटक आउन चाहन्छ,उनले भनेका थिए,यसको देश विदेशमा अझै पनि राम्ररी प्रचार प्रसार हुन सकेको छैन् । यसले यहाँको धार्मिक पर्यटनलाई बढावा दिइने छ । यसमा नेपाल सरकारले ब्यापक कार्य गर्नु पर्ने सुझाव ...