रामग्राम स्तुप देखी लुम्बिनीसम्मको निशुल्क धम्मयात्रा शुभारम्भ
नवलपरासी, ९ माघ,रामग्राम विकास कोषको पहलमा लुम्बिनी विकास कोषले रामग्राम स्तुप देखी लुम्बिनीसम्म तिर्थयात्रा गर्नेलाई विद्युत बस मार्फत (धम्म यात्रा)को शुभारम्भ गरेको छ । पटक पटक लुम्बिनी विकास कोषलाई ध्यानाकर्षण गराउँदै आएको विषय बल्ल कार्यान्वयनमा आएको हो ।बुधवार देखि लुम्बिनीमा थन्किएका विद्युतीय बसको सेवा (धम्म यात्रा ) रामग्राम स्तुपसम्म सुरु भएको लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका रामग्राम नगरपालिकाका प्रमुख(मेयर) धनपत यादवले बताए । शुभारम्भको अवसरमा नगर प्रमुख यादव तथा उपप्रखुख सम्झना चौधरी, वडा अध्यक्ष रविन्द्र यादवद्वारा लुम्बिनी बिकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई र बसका चालकसहितको टोलीलाई परासी देखि स्तुप सम्म बसमा यात्रा गरेर स्वागत गरिएको थियो । यो सेवा अब उपरान्त कुनै पनि कारणले रोकिनु हुदैन भन्ने विषयमा लुम्बिनी विकास कोषलाई ध्यानाकर्षण गराइएको छ ।आशा गरौ बुद्ध स्थ...










