लुम्बिनी प्रदेश संसार कै लागि ‘शान्ति र अहिँसाको’ प्रेरणा पाउने भुमी ः बन वातावरण मन्त्री कलवार
नवलपरासी,१६ कार्तिकलुम्बिनी प्रदेशका सबै भुमि संसारकै लागि एक शान्ति अहिँसाको भुमिको रुपमा रहेको लुम्बिनी प्रदेशका बन तथा वातावरण मन्त्री देवकरण(सन्तु) कलवारले बताएका छन् । कार्तिक अमश्वायको अवसर पारेर विहिवार प्रतापपुर ५ श्रीरामपुर स्थित राहुल गौतम बुद्ध विहारमा भगवान गौतम बुद्धको र्मुिर्तको अनावरण गर्दै सो कुरा बताएका हुन् ।तिन÷तिन जना बुद्ध जन्मेका यो लुम्बिनी प्रदेशका सबै भुमि बुद्धका पवित्र पाँउ परेको अध्यात्म,ज्ञान र करुणा,उपकारको जुनसुकै गाँउ बुद्धको गौरवपुर्ण इतिहास बोकेको लुम्बिनी प्रदेश हो । जस्मा पछिल्लो गौतम बुद्धले बुद्धत्व प्राप्तीका लागि बोधगया प्रस्थान गर्दा यहिँ क्षेत्रबाट घुम्दै अनोमाघाट पुगेर महाभिनिष्क्रमण लिएको अनोमाघाट(हालको ठाढीघाट) क्षेत्र पनि पवित्र स्थान भएको उनले बताए । यसै क्षेत्रमा भुजहवाको बौद्धविहार,झुलनीपुर बौद्ध विहार,अनोमाघाट बौद्ध विहारको स्थापना भई बुद्ध...










