कोलिय गणराज्यको राजधानी कोलनगरमा उत्खनन्ले भेटिन थाल्यो प्राचिन पुर्वाधार(स्ट्रक्चर)
नवलपरासी, २० मंसिरप्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) मा भई रहेको उत्खननले भुभौतिक सर्वेक्षणमा गरिएका अनुमान अनुसारका पुर्वाधार(स्ट्रक्चर) भेटिन थालेको छ । पुरातत्वविद भाष्कर ज्ञवालीको नेतृत्वमा उत्खनन गर्दै आएको टोलीले भुभौतिक सर्वेक्षण अनुसारको पुर्वाधार भेटिन थालेको जानकारी गराएको हो ।पुरातत्व विभाग र दुराम विश्वविद्यालयका प्राविधिक टोलीले गत बर्ष भुभौतिक सर्वेक्षण गरि प्रतिवेदन बुझाएको थियो, पुरातत्वविद ज्ञवालीले भने,सो प्रतिवेदनको आधारमा उत्खनन गर्न थालिएपछि पुर्वाधार भेटिन थालेको छ,यद्यपी यसको विस्तृत अध्ययन अझै पनि गर्नु पर्नेछ । अहिले एउटा मात्रै ट्रेन्च उत्खनन गर्दा इटको पर्खाल भेटिएको देखाउदै उनले अझै ति पर्खाल मुनि केही छ,भन्ने थप उत्खनन गर्न आवश्यक पर्छ । पुरातत्व विभागको कार्यक्रम अनुसार एक महिनासम्म उत्खनन गरिने बताउदै उनले थप उत्खननका लागि यदि स्थानिय स...










