कोलिय गणराज्यको राजधानी प्राचीन कोलनगरमा दोश्रो चरणको उत्खनन कार्य सम्पन्न
नवलपरासी, १२ बैशाखकोलिय गणराज्यका राजधानी प्राचिन कोलनगर(पण्डितपुर) मा यस बर्ष दोश्रो चरणको उत्खनन कार्य सम्पन्न भएको छ । पुरातत्व कार्यालयका प्रमुख भास्कर ज्ञवाली सहितको टोलीले करिब एक महिना लगाएर दोश्रो चरणको उत्खनन कार्य सम्पन्न गरेको हो ।लुम्बिनी प्रदेश सरकारको लगानीमा रामग्राम नगरपालिका मार्फत सो उत्खनन कार्य थालिएको टोली प्रमुख ज्ञवालीले जानकारी गराएका थिए । गत पुस महिनमा पनि एक महिनासम्म पुरातत्व विभागको कार्यक्रम अनुसार उत्खनन गर्दै आएको र अहिले रामग्राम नगरपालिका मार्फत उत्खनन शुरु गरिएको थियो । सो उत्खनन कार्य एक महिनासम्म चलेको उत्खनन कार्यमा संलग्न रहेका पुरातत्वका स्थानिय जानकार नारद यादवले रामग्राम विकास कोषका सदस्य समेत रहेका पाल्ही बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख कैलाश ठाकुरलाई जानकारी गराएका थिए । यो उत्खननले भुभौतिक सर्वेले पहिचान गरिएको स्थानलाई थप प्रस्ट्याएको ...










