बौद्धकालिन प्राचीन सायुगा नगरलाई पर्यटकिय गन्तब्य बनाउन उबासंघको चाँसो
नवलपरासी, १ साउनप्राचीन कोलिय गणराज्य भित्रको महत्वपुर्ण स्थान सापुगा वा सायुगा नगरको अवलोकन गर्दै उद्योग बाणिज्य संघले पर्यटकिय गन्तब्य बनाउनमा चाँसो ब्यतm गरेको छ । जिल्लाको सरावल गाउपालिका ३ सरावल र जनकपुर गाँउको विचमा अवस्थित उतm स्थल बुद्धभुमिसँग जोडिएको हुदा बौद्धपरिपथसँग जोडेर यस क्षेत्रको विकास गरि पर्यटकिय गन्तब्य बनाउनु पर्ने टोलीले चाँसो ब्यतm गरेका हुन्संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले बौद्ध परिपथसँग जोडेर यो स्थानलाई बुद्धभुमि चिनाउनमा गाउपालिकाले काम गर्न सुझाव दिइएका थिए । उनले यसका लागि संघले पनि निजी क्षेत्रको तर्फबाट यस क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा लाग्ने बताएका थिए । बौद्धकालिन(सरावल गाँउ) नामले चिनिने सम्भावित प्राचिन नगर भएको भन्दै गाउपालिकाका तत्कालिन अध्यक्ष राधेश्याम चौधरी र प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलेले उतm स्थान नै सायुगा नगर भएको घोषणा सम...










