पर्यटन

रामग्राम स्तुपसँग सम्बन्धित संघाराम क्षेत्रलाई स्तुपक्षेत्रसँगै जोड्नमा चाँसो लिदै रामग्राम विकास कोष
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुपसँग सम्बन्धित संघाराम क्षेत्रलाई स्तुपक्षेत्रसँगै जोड्नमा चाँसो लिदै रामग्राम विकास कोष

नवलपरासी, २४ बैशाखभगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप क्षेत्रकै भाग रहेको संघाराम क्षेत्रलाई जोडेर लैजान रामग्राम विकास कोषले चाँसो देखाउन थालेको छ । बुद्धकालमा रामग्राम स्तुपमा आउने देशी विदेशीलाई आराम गर्ने उदेश्यले बनाइएको रामग्राम १७ देवगाव स्थित प्राचीन स्थलको संरक्षण र विकास रामग्राम स्तुपसँगै जोडेर लैजानु पर्नेमा चाँसो देखाएको हो । रामग्राम स्तुपकै अभिन्न अंग मानिने संघराम क्षेत्रको पुरातात्विक स्थलको आईतवार अवलोकन गर्दै सम्बन्धित वार्डका वार्ड अध्यक्ष कन्हैया मौयसँग संरक्षण र प्रवद्र्धनबारे छलफल गरिएको कोषका सदस्य तथा पाल्ही बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख कैलाश ठाकुरले बताएका थिए । वरिपरि रहेको संघरामको खोजीमा रामग्राम विकास कोषले अध्ययन अनुसंंधान कार्यमा लागेको छ । रामग्राम स्तुप नजिक र बौद्धकालिन प्राचीन समाग्रिहरु समेत फेला गर्ने स्तुप देखी पुर्वमा ...
मुर्तरुप पाउदै सरावल २ मनरीको थारु साँस्कृति पार्क
पर्यटन, समाचार, सरावल गाउँपालिका, संस्कृति

मुर्तरुप पाउदै सरावल २ मनरीको थारु साँस्कृति पार्क

नवलपरासी,२१ बैशाखस्थानियको सक्रियतामा शुरु भएको जिल्लाको सरावल २ मनरी स्थित थारु साँस्कृतक पार्कमा पुर्वाधार विकासका लागि लगानी हुन थाले पछि मुर्तरुप पाउने भएको छ । र्पाक ब्यवस्थानमा स्थानिय सक्रिय भए पछि अहिले लुम्बिनी स्थानिय सरकार बाहेक संघिय सरकारले समेत लगानी गर्न थाले पछि पार्कले स्वरुप पाउने भएको हो ।पार्कमा स्थानियले माग गरे अनुसारको काम हुन थाले पछि उत्साही पनि भएको स्थानिय सञ्जय मौर्यले बताए । थारु साँस्कृतिक पार्कले आन्तरिक तथा बाह््य पर्यटक आउने र पर्यटन प्रवद्र्धन हुनुका साथै स्थानिय गाँउले पनि पहिचान पाउने उनको भनाई थियो । स्थानियबासीले थारु सांंस्कृतिक पार्क बनाउनु पर्ने माग भए अनुसार दुई बर्ष पहिला सरावल गाउपालिकाले नै पार्क ब्यवस्थित गर्न १० लाख लगानी गरिदिएको थियो, उनले भने, दुई बर्ष देखी सोही पार्कमा खिचडी अर्थात माघे संक्रान्तिको अवसरमा थारु साँस्कृतिक महोत्सव पनि भई रह...
रामग्राम स्तुप परिसरमा बौद्धधम्म सम्मेलन
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुप परिसरमा बौद्धधम्म सम्मेलन

नवलपरासी,२० बैशाखजिल्लाको रामग्राम स्तुप परिसरमा विश्व धम्म परिषद नेपालले लुम्बिनी स्तररिय बौद्ध धम्म सम्मेलन गरेको छ । आम जनमानसमा बुद्धको शिक्षाको पहुँच पुर्याउन र बौद्ध भुमिको प्रचार प्रसार गर्दै बुद्ध शासनको विस्तार गर्ने उदेश्यले सम्मेलन गरिएको आयोजक सस्थाले जनाएको हो । उतm सम्मेलनमा लुम्बिनी प्रदेश सरकारका प्रदेश साँसद बैजनाथ जैसवालले विश्व शान्तिका लागि विश्व भरि नै बुद्ध शिक्षाको प्रसार हुन आवश्यक रहेको र त्यसको केन्द्र रामग्राम स्तुप लगायत लुम्बिनी प्रदेश भरिका बौद्ध भुमिलाई आधारशिला बनाउनु पर्ने औल्याएका थिए । विश्वको एक मात्र भगवान गौतम बुद्धको मौलिक अवस्थाको अष्टधातु रहेको रामग्राम स्तुप क्षेत्र अध्यात्मिक केन्द्र बनाउन आवश्यक रहेको र त्यसका लागि लुम्बिनी प्रदेश सरकारसँग आफु काम गर्न निरन्तर लागि रहेको बताएका थिए । रामग्राम स्तुपासँगै नवलपरासी जिल्लामा रहेको बुद्धको मावल...
प्राचिन कोलिय गणरज्यको कोलनगरका कोलवृक्षको संरक्षण गर्न आवश्यक ः पुर्व क्याम्पस प्रमुख ठाकुर
पर्यटन, रामग्राम नगरपालिका, समाचार

प्राचिन कोलिय गणरज्यको कोलनगरका कोलवृक्षको संरक्षण गर्न आवश्यक ः पुर्व क्याम्पस प्रमुख ठाकुर

नवलपरासी, १४ बैशाखनेपालकै लोपोन्मुख कोलवृक्षको संरक्षणमा सरोकारवालाले ध्यान दिइनु पर्ने रामग्राम विकास कोषका सदस्य समेत रहेका पाल्ह्ी बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख कैलाश ठाकुरले बताएका छन् । औषधिय गुण मात्र नभई यस कोलिय गणराज्यको इतिहास समेत जोडिने भएको हुदा सो रुखको संरक्षण प्रवद्र्धन र विस्तारमा बन तथा बनस्पति विभाग र रामग्राम नगरपालिकाले काम गर्न आवश्यक रहेको औल्याएका हुन् ।प्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) मा समेत लोपोन्मुख कोलवृक्ष पुरातात्विक क्षेत्रमा फेला परे पछि सो संरक्षण र विस्तारमा ध्यान पुर्याउन सरोकारवालाले चाँसो लिन थालेका छन् । स्थानिय कुलोमा रहेका बुट्यान र झाडीमा कोलवृक्षको एउटा रुख भेटिएको थियो । कोलिय गणराज्यको राजधानी क्षेत्रमै सो वृक्ष फेला पर्नु सुनमा सुगन्ध भएको बताउदै सदस्य ठाकुरले यसलाई कार्ययोजना नै बनाएर काम गर्न आवश्यक रहेको औ...
कोलिय गणराज्यको राजधानी प्राचीन कोलनगरमा दोश्रो चरणको उत्खनन कार्य सम्पन्न
पर्यटन, रामग्राम नगरपालिका, समाचार

कोलिय गणराज्यको राजधानी प्राचीन कोलनगरमा दोश्रो चरणको उत्खनन कार्य सम्पन्न

नवलपरासी, १२ बैशाखकोलिय गणराज्यका राजधानी प्राचिन कोलनगर(पण्डितपुर) मा यस बर्ष दोश्रो चरणको उत्खनन कार्य सम्पन्न भएको छ । पुरातत्व कार्यालयका प्रमुख भास्कर ज्ञवाली सहितको टोलीले करिब एक महिना लगाएर दोश्रो चरणको उत्खनन कार्य सम्पन्न गरेको हो ।लुम्बिनी प्रदेश सरकारको लगानीमा रामग्राम नगरपालिका मार्फत सो उत्खनन कार्य थालिएको टोली प्रमुख ज्ञवालीले जानकारी गराएका थिए । गत पुस महिनमा पनि एक महिनासम्म पुरातत्व विभागको कार्यक्रम अनुसार उत्खनन गर्दै आएको र अहिले रामग्राम नगरपालिका मार्फत उत्खनन शुरु गरिएको थियो । सो उत्खनन कार्य एक महिनासम्म चलेको उत्खनन कार्यमा संलग्न रहेका पुरातत्वका स्थानिय जानकार नारद यादवले रामग्राम विकास कोषका सदस्य समेत रहेका पाल्ही बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख कैलाश ठाकुरलाई जानकारी गराएका थिए । यो उत्खननले भुभौतिक सर्वेले पहिचान गरिएको स्थानलाई थप प्रस्ट्याएको ...
पुरातात्विक क्षेत्रमा बन्ने गरेको अनाधिकृत पुर्वाधार रोक्न पुरातत्व विदको माग
पर्यटन, रामग्राम नगरपालिका

पुरातात्विक क्षेत्रमा बन्ने गरेको अनाधिकृत पुर्वाधार रोक्न पुरातत्व विदको माग

नवलपरासी, २४ चैत्रजिल्लाको पुरातात्विक क्षेत्रमा निर्माण हुने गरेका भौतिक पुर्वाधार तथा जथाभावि खनन रोक्नका लागि पुरातात्विक टोलीले स्थानिय निकाय तथा स्थानिय प्रशासनसँग माग गरेको छ । कोलिय गणराज्यका राजधानी प्राचिन कोलनगर(पण्डितपुर) मा पुरातात्विक क्षेत्रमा अवैध रुपमा भवनहरु बनाउने गरिएको र जथाभावि खनजोत भई रहेको जनाउदै त्यसलाई रोक्नु पर्ने माग पुरातत्वको टोलीले गरेको हो ।गत साता देखी उतm क्षेत्रमा पुन :उत्खनन कार्य शुरु भएको छ । पुरातत्व कार्यालयका प्रमुख भास्कर ज्ञवाली सहितको टोलीले चार देखी कोलनगरको प्रचिन स्थलमा उत्खनन कार्य गर्न थालिएको जानकारी गराए । उनले भुभौतिक सर्वे अनुसारका प्राचिन पुर्वाधार धमाधम भेटिन थालिएको हुदा यस क्षेत्रमा अनाधिकृत पुर्वाधार बनाउन नदिनका लागि सबै सरोकारवालासँग उनले आग्रह गरेका थिए । त्यसै गरि पुरातात्विक क्षेत्रका सबै भुमिको नापी गराई लगत विवरण तयार गर्नका ...
कोलिय गणराज्यको राजधानी प्राचीन कोलनगरमा पुनःउत्खनन शुरु
पर्यटन, रामग्राम नगरपालिका, समाचार

कोलिय गणराज्यको राजधानी प्राचीन कोलनगरमा पुनःउत्खनन शुरु

नवलपरासी, १८ चैत्रकोलिय गणराज्यका राजधानी प्राचिन कोलनगर(पण्डितपुर) मा पुन :उत्खनन कार्य शुरु भएको छ । पुरातत्व कार्यालयका प्रमुख भास्कर ज्ञवाली सहितको टोलीले चार देखी कोलनगरको प्रचिन स्थलमा उत्खनन कार्य गर्न थालिएको जानकारी गराएका हुन।लुम्बिनी प्रदेश सरकारको लगानीमा रामग्राम नगरपालिका मार्फत सो उत्खनन कार्य थालिएको टोली प्रमुख ज्ञवालीले जानकारी गराएका थिए । गत पुस महिनमा पनि एक महिनासम्म पुरातत्व विभागको कार्यक्रम अनुसार उत्खनन गर्दै आएको र अहिले रामग्राम नगरपालिका मार्फत उत्खनन शुरु गरिएको बताउदै उनले अहिले पनि उत्खनन कार्य एक महिनासम्म चल्ने बताएका थिए । पोखरी नजिकै एउटा ट्रेन्च लगाई उत्खनन गरि सकिएको र आर्को थप बगैचाको उत्तर तर्फ टे्रन्च लगाउने कार्य भई रहेको उनले देखाएका थिए । पोखरी नजिकै उत्खननबाट हट्टिहरु,धनुबाणमा प्रयोग हुने खालको हाडकै हरियार समेत फेला परेको छ । आर्को टे्रन्चमा प्...
गण्डक किनारलाई पर्यटकिय गन्तब्य बनाउन सम्भावनाको खोजी
पर्यटन, समाचार, सुस्ता गाउँपालिका

गण्डक किनारलाई पर्यटकिय गन्तब्य बनाउन सम्भावनाको खोजी

बेचु गौड, नवलपरासी, ११ चैत्रजिल्लाको सुस्ता गाउपालिका स्थित गण्डक नदी किनारलाई ब्यवस्थित गर्दै पर्यटकिय गन्तब्य बनाउने सम्भाब्यताको खोजी स्थानियले गर्न थालेका छन् । विगत बर्षमा गण्डक बाँध भत्किने खत्तरा भन्दै त्रासित भएर बस्नु पर्ने बाध्यता विस्तारै हट्दै गएको र भारतिय लगानीमा नै बाँधहरुको पुर्नंरचना निर्माण भई सकेको हुदा अब यसक्षेत्रलाई पर्यटकिय गन्तब्यको रुपमा विकास गर्नु पर्ने स्थानियले सम्भावनाको खोजीमा लागेका हुन् ।गण्डक क्षेत्रका पर्यटकिय क्षेत्रको अवस्थाबारे उद्योग बाणिज्य संघका कार्यकारणी सदस्य अमरचन्द्र अग्रवाल ,लेखा समिति संयोजक अर्जुृन बहादुर क्षेत्री,नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह् सैथवार र परासी प्रेस क्लबका अध्यक्ष मोहन पौडेल सहितको टोली पुगे पछि स्थानियले गण्डक क्षेत्रको पर्यटकिय सम्भाब्यताको अवलोकन गराएका थिए । गण्डक क्षेत्रमा भारतले आफ्‌नो तरिकाले डुबान नियन्त्रणका ल...
सरावल गाउपालिका ४ ललितपुरमा दोश्रो मधेश महोत्सव हुदै
पर्यटन, समाचार, सरावल गाउँपालिका

सरावल गाउपालिका ४ ललितपुरमा दोश्रो मधेश महोत्सव हुदै

नवलपरासी,४ चैत्रजिल्लाको सरावल गाउपालिका ४ ललितपुर स्थित मधेश पार्कमा दुई दिइने मधेश महोत्सव शुरु भएको छ । गत बर्ष देखी शुरु मधेश पार्क निर्माण गरि शुरु गरिएको मधेश महोत्सव अहिले दोश्रो मधेश महोत्सव माघ ४ र ५ गते गर्न लागिएको हो ।स्थानीय समुदायको पहलमा र सारवाल गाउँपालिकाको सहयोगमा आयोजना हुने यस महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिनेछ । कार्यक्रमहरूमा ’फरुवाही’ र ’हुरकिया’ जस्ता परम्परागत नृत्य, कुस्ती प्रतियोगिता, राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारहरूको प्रस्तुति, साथै ’होरी गीता’, ’फगुवा’ र ’चैत गीता’ जस्ता लोक गीतहरूको प्रदर्शन समावेश हुनेछ । यस महोत्सवले मधेश क्षेत्रको समृद्ध सांस्कृतिक धरोहरलाई उजागर गर्ने उद्देश्य राख्दछ ।गाउपालिकाले ‘मधेश साँस्कृति पार्क’को मधेशको मुख्य सांस्कृतिक पर्व होली(फागुपुर्णिमा)को अवसर पारेर औपचारिक रुपमा पार्क सञ्चालनमा ल्याएको थियो । गा...
रामग्राम स्तुपको संघराम रामग्राम १७ ‘देवगाव’ गाउको प्राचीन स्थल भएको भन्दै अनुसंधान
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुपको संघराम रामग्राम १७ ‘देवगाव’ गाउको प्राचीन स्थल भएको भन्दै अनुसंधान

नवलपरासी, २५ फागुनभगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप वरिपरि रहेको संघरामको खोजीमा रामग्राम विकास कोषले अध्ययन अनुसंंधान कार्यमा लागेको छ । रामग्राम स्तुप नजिक र बौद्धकालिन प्राचीन समाग्रिहरु समेत फेला गर्ने स्तुप देखी पुर्वमा रहेको देवगाव नै संंघराम भएको अनुमान गर्दै अनुसंधान थालिएको हो ।बुद्धसँग सम्बन्धित महत्वपुर्ण स्थानमा एक संघराम हुने बौद्ध परम्पराहरुमा भएको हुदा बुद्धको अस्ति नै रहेको कोलिय राजाद्धारा निर्मित रामग्राम स्तुप नजिकैको वरिपरीमा संघराम हुनु पर्ने हो । त्यसको खोजी कार्यलाई कोषले निरन्तरता दिइने क्रममा रामग्राम १७ देवगावको प्राचीन स्थल नै संघराम हुने अनुमान गरि अनुसंधान गर्न थालिएको कोषका सदस्य समेत रहेका पुरात्वका जानकार नारद यादवले बताए । संघराम नजिकै ठूलो पोखरी,स साना पोखरी तथा इनारहरु समेत सो क्षेत्रमा देखिएका छन्, उनले भने, बौद्ध भिच्छुहरुलाई विश्राम वा आ...