पर्यटन

पण्डितपुरमा उत्खननले भेटाएको भग्नावेश खुल्ला नै राखिने तयारी
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

पण्डितपुरमा उत्खननले भेटाएको भग्नावेश खुल्ला नै राखिने तयारी

नवलपरासी,२५ मंसिरसम्भावित प्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) मा पुरातत्व विभागको टोलीले आफ्नो १ महिने उत्खनन कार्य सम्पन्न गरि फर्केको छ । उत्खननमा भेटिएको प्राचीन बस्तिका भग्नावशेषलाई खुल्ला नै राख्ने गरि स्थानिय प्रशासन तथा स्थानिय सरकारको आग्रहमा खुल्ला नै राखेर फर्केको हो ।प्रमुख जिल्ला अधिकारी सहितको स्थानिय अधिकारीहरुसँग छलफल गरि भेटिएका भग्नावशेषलाई आउने पर्यटकले देख्ने गरि अवस्थामा राख्न सबैले निर्णय गरेका थिए । उतm स्थान प्राप्ती गर्नका लागि अधिग्रहणका आवश्यक प्रकृया पुरा गरि अधिग्रहण गर्ने र घामपानीले जोगाउन नगरपालिकाले ट्रस हाल्ने सहमति अनुसार उत्खनन टोलीले फेला पारेको भग्नावेश खुल्ला छाडेर गएको पुरातत्व क्षेत्रका जानकार स्थानिय नारद यादवले बताए । विगत तिन दशक देखि सो क्षेत्रमा भुभौतिक सर्वेक्षण,उत्खनन अन्वेशष गर्ने र पछि ति स्थानलाई पुनः पुरेर पुरात्व विभ...
रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्धभिच्छुको चाँसो
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्धभिच्छुको चाँसो

नवलपरासी,२० मंसिरभगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुपकै अभिन्न अंग मानिने संघराम क्षेत्रको प्राचीन पोखरी संरक्षणमा बौद्ध भिच्छुले पनि चाँसो देखाएका छन् । बौद्धकालिन उतm पोखरीमा तत्कालिन बौद्ध भिच्छुले स्नान गर्ने,साधना गर्दै आएको अध्यात्मिक पोखरी रहेको भन्दै बौद्ध भिच्छुको पनि चाँसो बढेको हो ।रामग्राम स्तुपमा आएको भिच्छु निपुन सहितका भिच्छुले नजिकै बौद्धभिच्छुहरु बास बस्ने र उतm पोखरीमा स्थान र नजिकै ध्यान साधान गरेको कुरा सुनेर रामग्राम १७ मा रहेको उतm पोखरीको स्थलगत अवलोकनमा पुगेका थिए । बुद्धसँगै यस पोखरी तथा संघारामको महत्व जोडिएको छ,बुद्ध भिच्छुलाई अहिले पनि यो उत्तिकै अध्यात्मिक साधानका लागि उपयुतm देखिएको बताएका थिए । बौद्धसंघमा पनि यसबारे चर्चा गरिने बताउदै उनले यसको संरक्षण र प्रवद्र्धनमा सरकार र स्थानियबासीको सहभागिता हुन आवश्यक रहेको औल्याएका थिए ।बौद्धकालिन उतm पोखर...
संस्कृति सम्पदा संरक्षण महाअभियान नवलपरासीद्धारा पण्डितपुरमा उत्खननकर्तालाई सम्मान
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

संस्कृति सम्पदा संरक्षण महाअभियान नवलपरासीद्धारा पण्डितपुरमा उत्खननकर्तालाई सम्मान

नवलपरासी, १४ मंसिरपुरातत्व विभागको टोलीसँगै उत्खनन कार्यमा सहभागि त्रिभुवन विश्व विद्यालय तथा लुम्बिनी बौद्ध विश्व विद्यालयका पुरातत्व अध्ययन गर्ने विद्यार्थी अन्तरक्रिया तथा सम्मान गरिएको छ । सम्भावित प्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर)मा भई रहेको उत्खनन कार्यमा सहभागि रहेका दुबै विद्यालय विद्यालयका ४० जना पुरातत्व विषय अध्ययन गर्ने स्नातकोत्तर तह(एमए)का विद्यार्थीलाई संस्कृति सम्पदा संरक्षण महाभियान नवलपरासीले सम्मान गरेको हो । उत्खनन कार्यले प्राचीन संस्कृति र सम्पदाको संरक्षण कार्यमा योगदान पुर्याएको भन्दै सहभागि विद्यार्थी तथा विद्यार्थीसँगै रहेको अध्यापन गर्ने प्राध्यापकलाई समेत सम्मान गरिएको महाअभियानका संयोजक अनिल शर्माले बताएका थिए । आफु नेपालको संस्कृति र सम्पदाको संरक्षण कार्यमा निरन्तर लागि रहेको र अहिले पहिचानमा आएको यो प्राचीन स्थलको खोजी कार्यमा ...
रामग्राम—पण्डितपुर पर्यटन मार्ग अन्तिम चरणमा, तिन बर्ष देखी सोही मार्गको पुल अलपत्र
पर्यटन, रामग्राम नगरपालिका, विकास पुर्वाधार, समाचार

रामग्राम—पण्डितपुर पर्यटन मार्ग अन्तिम चरणमा, तिन बर्ष देखी सोही मार्गको पुल अलपत्र

नवलपरासी,१० मंसिरप्राचीन कोलिय गणराज्यको राजधानी कोलनगर जोड्ने रामग्राम —पण्डितपुर पर्यटन मार्ग पक्कि गर्ने कार्य अन्तिम चरणमा पुगे पनि सोही सडकलाई जोड्ने पुल तिन बर्ष देखी अलपत्र रहेको छ । जिल्लाको रामग्राम १५ सुक्राली स्थित तुरियाखोला पुलको डिजाईन फेल भएर निर्माण कार्य रोकिएको र हालसम्म सुचारु हुन नसकेको स्थानियले बताएका हुन् ।रामग्राम — पण्डितपुर पर्यटन मार्गको पुल म्याद सकिएको तिन बर्ष पुग्न लाग्दा पनि निर्माण कार्य पुनः सुचारु हुन सकेको छैन् । पुल प्रति स्थानिय जनप्रतिनिधि तथा सरोकारवालाको बेला बेलामा लुम्बिनी प्रदेश सरकार तथा सम्बन्धित मन्त्रालयलाई ताकेता,जानकारी गराउदै आए सम्बन्धित मन्त्रालयले काम गराउन चाँसो नलिदा पुल हालसम्म अलपत्र परेको हो ।पुरानो हुलाकी मार्गमा पर्ने सो तुरियाखोला पुलको उचाँई नै कम राखेर डिजाईन गरेको कारण अहिले पुलको डिजाईन नै फेल भएको थियो । पुललाई अग्लो बनाउने...
उत्खननले पण्डितपुरमा भेटिदै प्राचीन इनार तथा शहरका भग्नावेश
पर्यटन, रामग्राम नगरपालिका, समाचार

उत्खननले पण्डितपुरमा भेटिदै प्राचीन इनार तथा शहरका भग्नावेश

नवलपरासी, ७ मंसिरदुई साता देखी पुरातत्व विभागको टोलीले सम्भावित प्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) गरि रहेको उत्खननमा प्राचीन शहर(सिटी)का भग्नावशेषहरु भेटिन थालेको छ । विगत तिन दशक देखी निरन्तर पुरातात्विक खोज अन्वेषण हुदै आएको विभागको टोलीले उत्खनन गर्दा प्राचीन इनार तथा इनार नजिकैका भवन पुर्वाधारहरु देखिन थालेका हुन् ।भुभौतिक सर्वेक्षणमा गरिएका अनुमान अनुसारका पुर्वाधार(स्ट्रक्चर)लाई भौतिक रुपमा नै उत्खनन गरि अन्वेषण गर्ने उदेश्यले पुरातत्व विभागले उत्खननले प्राचीन पुर्वाधारहरु भेटिन थाले पछि उत्खननमा लागेको टोली उत्साही भएको छ । पुरातत्व विद भास्कर ज्ञवालीको नेतृत्वमा कातिक २४ गते आई पुगेको २५ गते देखी उत्खनन टोलीले उत्खनन कार्य शुरु गरेको थियो ।उत्खननले भेटिएको प्राचीन इनार र सँगै जोडिएको स्थानमा रहेका पुरातात्विक बस्तु पत्ता लगाउन उत्खननका लागि ट्रेन्च लगाइएको प...
झरही र पिडुराखोला दोभान कुण्डको गोही संरक्षण गर्न गोही आरक्ष क्षेत्र घोषणा गर्ने तयारीमा स्थानिय
पर्यटन, रामग्राम नगरपालिका, समाचार

झरही र पिडुराखोला दोभान कुण्डको गोही संरक्षण गर्न गोही आरक्ष क्षेत्र घोषणा गर्ने तयारीमा स्थानिय

नवलपरासी,७ मंसिरजिल्लाका तिन पालिकालाईको मिलनविन्दु समेत रहेको पिडुरा झरही दोभान कुण्डमा रहेका गोहीलाई संरक्षण गर्न त्यसलाई गोही आरक्ष क्षेत्र घोषणाको तयारीमा स्थानिय जुटेका छन् । रामग्राम १७ पिपरहिया,पाल्हीनन्दन ३ कुश्मा र सरावल ४ पुर्नहा र ललितपुर गाँउको विचमा रहेको करिब १० हेक्टर क्षेत्रफलमा फैलिएको दोभान जलासय र कुण्ड क्षेत्रलाई गोही आरक्ष क्षेत्रको रुपमा विकास र संरक्षण गर्न स्थानिय जुटेका हुन् ।ति कुण्डमा दर्जनौ साना ठूला गोही रहेकोले सो क्षेत्रलाई गोही आरक्ष क्षेत्र घोषणा गराउन पहल भई रहेको रामग्राम १७ का वार्ड अध्यक्ष कन्यैया मौर्यले बताए । बर्षायामा झरही र पिडुरा खोलामा घुम्ने र रमाउने गोहीहरु हिउँद र गर्मिमा पिडुराको कुण्डमा बास बनाई बस्दै आएको जनाए । अब्यवस्थित रुपमा रहेका गोहीलाई ब्यवस्थित गर्न आवश्यक देखिएको छ । अब्यवस्थित गोहीहरुले स्थानिय स्तरमा जोखिम र चुनौती पनि बनेको छ, उ...
गाउपालिकाको ब्यवस्थापनले आकर्षित बन्दै सुस्ता नमुना ताल
पर्यटन, समाचार, सुस्ता गाउँपालिका

गाउपालिकाको ब्यवस्थापनले आकर्षित बन्दै सुस्ता नमुना ताल

नवलपरासी,४ मंसिरजिल्लाको सुस्ता गाउपालिकाले डेढ करोड लगानी गरि बनाएको ‘सुस्ता नमुना ताल’ को स्वरुपले आकर्षण थपिएको छ । पटेर लगायतका झाडीले भरिएको पुरानो जलासयलाई लगानी गरि सुस्ताले तालको स्वरुप पाए पछि तालमा हेर्न आउनेको आकर्षण बढदै गएको हो ।लुम्बिनी प्रदेश सरकारसँग पनि सो जलायस ब्यवस्थित गरि ताल बनाउने योजना अगाडी सारेको थियो । त्यसै प्रयोग विहिन रहेको जलासयलाई ब्यवस्थित गरि तालको स्वरुप बनाउने र पर्यायर्टन,जलविहार लगायतका पर्यटन गतिविधि गर्ने गरि गाउपालिकाले काम गर्न शुरु गरेको थियो । तालमा तिन बर्ष देखी सुस्ता गाउपालिको निरन्तर लगानी गर्दै सरसफाई तथा ब्यवस्थापनमा जुटे पछि अहिले तालले नयाँ स्वरुप पाएको स्थानियले बताएका छन् । यस्तो ताल बन्ला भनेर लागेको थिएन्,स्थानिय लख्खु यादवले भने, तर अहिले सफा भए पश्चात तालले स्वरुप वाएको छ ।ताल नयाँ स्वरुप पाउदै गर्दा स्थानियमा पनि उत्साह थपिएको यादव...
रामग्राम स्तुप क्षेत्रमा भ्रमण गर्न एक बर्षमा ३१ देशका १५ हजार बढि आए तेश्रो मुलुकका पर्यटक
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुप क्षेत्रमा भ्रमण गर्न एक बर्षमा ३१ देशका १५ हजार बढि आए तेश्रो मुलुकका पर्यटक

नवलपरासी, २९ कातिकभगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप क्षेत्रमा सन २०२५ नोवेम्बर महिनाको पहिलो सातासम्म १५ हजार भन्दा बढि तेश्रो मुलुकमा पर्यटक तथा बौद्ध तिर्थयात्रीले भ्रमण गरेका छन् । पर्यटकिय पुर्वाधार नभए पनि बुद्ध प्रति श्रद्धा राख्ने भारत र नेपाल बाहेक ३१ देशबाट धार्मिक पर्यटक तथा बौद्ध तिर्थयात्रीले भ्रमण गरि स्तुपको दर्शन गरेका हुन् ।सबै भन्दा थाईलैण्डबाट ६ हजार १ सय ६० जना धार्मिक पर्यटकले भ्रमण गरेको रामग्राम विकास कोषको कार्यालयले जनाएको छ । थाइलैण्डका पर्यटकलाई बास बस्नका लागि थाईहरुको आफ्नै बौद्ध विहार बनाएको लाईलैण्डका बढि पर्यटक आउने र बास बस्ने गरेको रामग्राम विकास कोष कार्यालयका प्रमुख अरविन्द चौधरीले जानकारी गराएका थिए । एक बर्ष देखी रामग्राम स्तुप परिसरमा रामग्राम नगरपालिकाले आफ्नै रामग्राम विकास कोष गठन गरि कार्यालय समेत सञ्चालनमा ल्याए पछि अहिले आउने पर्यट...
बुद्धको मावली तथा यशोधराको जन्म स्थल प्राचीन कोलनगर(पण्डितपुर)मा पुनः उत्खनन शुरु
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

बुद्धको मावली तथा यशोधराको जन्म स्थल प्राचीन कोलनगर(पण्डितपुर)मा पुनः उत्खनन शुरु

नवलपरासी, २८ कातिकविगत तिन दशक देखी निरन्तर पुरातात्विक खोज अन्वेषण हुदै आएको सम्भावित प्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) मा पुनः भई रहेको उत्खनन शुरु भएको छ । भुभौतिक सर्वेक्षणमा गरिएका अनुमान अनुसारका पुर्वाधार(स्ट्रक्चर)लाई भौतिक रुपमा नै उत्खनन गरि अन्वेषण गर्ने उदेश्यले पुरातत्व विभागले उत्खनन शुरु गरेको हो ।पुरातत्व विद भास्कर ज्ञवालीको नेतृत्वमा कातिक २४ गते आई पुगेको उत्खनन टोलीले उत्खनन कार्य शुरु गरिएको जानकारी गराएको हो । पहिला भेटिएको प्राचीन इनार र सँगै जोडिएको स्थानमा रहेका पुरातात्विक बस्तु पत्ता लगाउन उत्खननका लागि ट्रेन्च लगाइएको पुरातत्व अधिकृत ज्ञवालीले देखाए । अहिले पण्डितपुरसँगै सहायक साईटको रुपमा बन्जारिन माई स्थानको पुरातात्विक क्षेत्रमा पनि यस पटक उत्खनन गरिने उनले बताए । मंसिर १ गते देखी त्रिभुवन विश्वविद्यालयका पुरातत्व विषयमा अध्ययन गर्ने व...
रामग्राम १७ स्थित संघाराम क्षेत्रको अवलोकन गर्दै संरक्षणमा बौद्धभिच्छुको चाँसो
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

रामग्राम १७ स्थित संघाराम क्षेत्रको अवलोकन गर्दै संरक्षणमा बौद्धभिच्छुको चाँसो

नवलपरासी, २० कातिकभगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुपसंगै्र जोडिएको संघराम क्षेत्र पहिचानमा आए पछि सो क्षेत्रमा भिच्छु निपुन सहितको उपासक टोलीले अध्ययन अवलोकन गरेका छन् । संघाराम क्षेत्र पनि रामग्राम स्तुपकै अँग भएको र उत्तिकै महत्व बोकेको पुरातात्विक तथा बौद्ध स्थलमा अहिले बुद्धसँग अध्ययन गर्ने अध्ययेता,बौद्धभिच्छु र बौद्ध उपासकहरुले चाँसो लिन थालेका हुन् ।भिच्छु संघले आराम गर्ने स्थान संघाराम भएको र हजार भन्दा बढि भिच्छुले आराम अर्थात विश्राम गर्ने स्थानलाई पुरातत्व विभागले पहिचान गरि बौद्धकालिन प्राचीन स्थल भएको भन्दै बोर्ड राखे देखी सो क्षेत्रमा बुद्धसँग सरोकारवालाहरुले चाँसो राख्न थालेको रामग्राम १७ मा रहेको उतm स्थानका वार्डअध्यक्ष कन्हैया मौर्यले बताएका थिए । संघराममा आउने भिच्छुलाई स्थान गर्ने गरि पाँच विघा भन्दा बढि क्षत्रेफलमा सरोवर(पोखरी) समेत रहेको देखाउदै उनले यि ...