पर्यटन

रोहिणी नदी‘बुद्धको नदी’क्षेत्रमा भारतीय विद्धानहरुको डुलन्ते कार्यशाला
पर्यटन, रोहिणी गाउँपालिका, समाचार, संस्कृति

रोहिणी नदी‘बुद्धको नदी’क्षेत्रमा भारतीय विद्धानहरुको डुलन्ते कार्यशाला

नवलपरासी,२१ असोजप्राचिन सभ्यता बोकेको रोहिणी नदी क्षेत्रको पहिचान गराउन भारतिय विद्धानहरुको एक टोलीले ‘बुद्धकी नदी रोहिन के चलते हुए’ सचल(हिड्दै डुल्दै) कार्यशाला शुरु गरेका छन् । बुद्धको जिवनसँग जोडिएको कोलिय र शाक्य राज्यको सिमा छुट्टयाउनुका साथै दुबै राज्यको धार्मिक,साँस्कृतिक र अध्यात्मिक सम्बन्ध जोडिने रोहिणी नदी सभ्यता उजागर गर्ने उदेश्यले उतm सचल कार्यशाला शुरु गरेका हुन् ।भारत गोरखपुरबाट ४ अक्टुबर २०२५ देखी शुभारम्भ गरिएको उतm यात्रा लुम्बिनी पुगेर रोहिणीको उदगम स्थल देवदहका विभिन्न बौद्ध स्थलको भ्रमणmरामग्राम स्तुप हुदै रोहिणी नदीका अन्य सहायक नदीहरुको स्थलगत अध्ययन अवलोकन गर्दै १२ अक्टुबरमा २०२५ मा पुनः गोरखपुर फर्केर बौद्ध म्युजियममा सकिने यात्रामा स्थानिय सहजकर्ता पत्रकार मनोज कुमार सिँहले जानकारी गराएका थिए । उनका अनुसार रामग्राम स्तुप परिसरमा पुगेर कोलिय गणराज्यको नामाकरणका स...
संघिय सरकारद्धारा नन्दनताल ब्यवस्थापनका लागि ३ करोड बजेट
पर्यटन, पाल्हिनन्दन गाउँपालिका, समाचार

संघिय सरकारद्धारा नन्दनताल ब्यवस्थापनका लागि ३ करोड बजेट

नवलपरासी,१७ भदौजिल्लाको पाल्हीनन्दन ६ स्थित प्राचिन नन्दन नगर र नन्दन तालको ब्यवस्थापन गरि पर्यटकिय गन्तब्य बनाउनमा निजी क्षेत्रले पनि चाँसो बढाएको छ । जिल्लाका विभिन्न पर्यटकिय क्षेत्रको विकास गरि आर्थिक क्षेत्रको रुपमा रुपान्तरण गर्ने उदेश्यले निजी क्षेत्रका प्रतिनिधित्व गर्ने संस्था उद्योग बाणिज्य संघले उतm स्थानको भ्रमण गर्दै सरोकारवालासँग छलफलका लागि गृहकार्य अगाडी बढाएको हो । सय विघा क्षेत्रफलमा फैलिएको प्राचीन नन्दनतालसँगै जोडिएको बौद्धकालिन प्राचीन नन्दन नगरलाई पर्यटकिय गन्तब्य बनाउन ठूलो सम्भावना बोकेको संघका अध्यक्ष ओमप्रकाश अग्रहरलिे बताए । यसको विकासले मात्रै हजारौको रोजगारी सृजना हुन्छ,उनले भने, यसले हाम्रो जिल्लाको गौरव बढाउछ,विश्वसम्पदामा जान सक्ने सम्भावना बोकेको यो स्थल हो, उनले थपे,तर यसका लागि स्थानिय देखी जिल्ला,प्रदेश सरकार र संघिय सरकारले काम गर्नु पर्ने आवश्यक...
पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको भारतमा अवलोकन भ्रमण
नवलपरासी (ब.सु.प.), पर्यटन, समाचार

पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको भारतमा अवलोकन भ्रमण

नवलपरासी,१४ भदौजिल्लाको पर्यटकिय क्षेत्रलाई आर्थिक क्षेत्रमा रुपान्तरण कसरी गर्ने बारे अध्ययन गर्ने उदेश्यले भारतको पर्यटकिय स्थलको भ्रमण उद्योग बाणिज्य संघको टोलीले गरेको छ । संघका अध्यक्ष ओम प्रकाश अग्रहरीको नेतृत्वमा शुक्रवार भारतका केही पर्यटकिय स्थलको अध्ययन र अवलोकन गरेको हो । संघका अध्यक्ष अग्रहरी सहित बाणिज्य उपाध्यक्ष राजेश कुमार गुप्त र लेखा समिति संयोजक अर्जुन बहादुर क्षेत्री परासी प्रेस क्बलका अध्यक्ष मोहन पौडेल,क्लबकै पर्यटन तथा आथिक उपसमितिका संयोजक बेचु गौड,नेपाल रेडक्रस सोसाईटी नवलपरासीका सभापति राजेन्द्र अग्रहरी सहितको टोलीले भारतको कुशिनगर जिल्ला र गोरखपुर जिल्लाको भ्रमण गरेका थिए । अध्यक्ष अग्रहरीका अनुसार जस्मा भगवान बुद्धले महापरिनिर्वाण लिइएको परिनिर्वाण स्थल र अन्त्येष्टि गरिएको रामभार स्तुप स्थलको अध्ययन र अवलोकन गर्नुका साथै त्यहाँका पुरातत्व कार्यालयसँग पनि...
थारु साँस्कृतिक पार्कमा थपिदै पुर्वाधार,उत्साही थारु समुदाय
पर्यटन, समाचार, सरावल गाउँपालिका, संस्कृति

थारु साँस्कृतिक पार्कमा थपिदै पुर्वाधार,उत्साही थारु समुदाय

नवलपरासी,१० भदौस्थानियको सक्रियतामा शुरु भएको जिल्लाको सरावल २ मनरी स्थित थारु साँस्कृति पार्कमा पुर्वाधार थपिदै गएको छ । संघिय सरकारको लागनी भएर उतm थारु साँस्कृतक पार्कमा थारु एकेडेमी सहितको दुई वटा भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । स्थानियबासीसँगै सरावल गाउपालिकाले समेत पार्क ब्यवस्थित गराउन लगानी गर्न थाले पछि संघिय सरकारबाट समेत बजेट लगानी भएर अहिले दुई वटा भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको गाउपालिकाले जनाएको थियो ।शुरुमा चरन क्षेत्र रहेको उतm स्थानमा स्थानियबासी वृक्षारोपण गरेका थिए, अहिले त्यही वृक्षारोपण क्षेत्र पार्कमा परिणत हुन थालेकोले स्थानियबासी उत्साही पनि बन्दै गएका छन् । पार्कमा पुर्वाधार बन्दै छ, गाउपालिकाका अध्यक्ष सुखाडी चौधरीले भने, पुर्वाधार विकासका लागि लगानी हुन थाले पछि मुर्तरुप पाउने भएको छ ।पार्क ब्यवस्थानमा स्थानिय सक्रिय भए पछि अहिले संघि...
नेपालमा आउने भारतिय पर्यटकलाई नेपाली प्रहरीबाट सास्ती खेप्न परेको आरोप
नवलपरासी (ब.सु.प.), पर्यटन, समाचार

नेपालमा आउने भारतिय पर्यटकलाई नेपाली प्रहरीबाट सास्ती खेप्न परेको आरोप

नवलपरासी,१ भदौजिल्लाको महेशपुर नाकामा आउने भारतिय पर्यटकलाई नेपाल प्रहरीबाट सास्ती खेप्न परेको स्थानियले बताएका छन् । भारतबाट आउने पर्यटकको सवारी साधन आवश्यक प्रवेश सेवा तथा भन्सार गराउन दशगजा देखी ४ सय मिटर उत्तरमा भन्सार अवस्थित हुदा त्यसको मार भारतिय पर्यटकलाई पर्ने गरेको हो ।भन्सारबाट सवारी सुविधा बनाई वा भन्सार गराई मात्र नेपालको कुनै पनि स्थानमा भारतिय पर्यटक गुम्न जानु पर्ने हो । स्थानिय परिवेश फरक छ, एक स्थानियले भने, नेपालको प्रवेशद्धार देखी भन्सार कार्यालयसम्म चार सय मिटरको दुरी छ । त्यसमा पनि भन्सार भन्दा पहिला नै नेपाल प्रहरीको कार्यालय छ । त्यो भन्दा अगाडी शसस्त्र प्रहरीका जवानहरु बस्ने गर्छन् । भन्सारमा पनि प्रहरीको उपस्थिती हुन्छ । त्यो भन्दा पहिला नै पर्यटकको सवारीसधान चेकजाँच गर्ने कार्य प्रहरीले गर्न थाल्छन् । विभिन्न बहानामा थर्काउदै रकम समेत असुल्ने गरेको उनको भनाई थियो...
शिवपार्वती सिद्धधाम लोहरौलीलाई ब्यवस्थित गरि साउन मास मेला सञ्चालन गर्न उबासंघको सुझाव
नवलपरासी (ब.सु.प.), पर्यटन, समाचार, संस्कृति

शिवपार्वती सिद्धधाम लोहरौलीलाई ब्यवस्थित गरि साउन मास मेला सञ्चालन गर्न उबासंघको सुझाव

नवलपरासी, २ साउनप्राचिन काल देखी नै ओझेलमा परेको पाल्हीनन्दन ४ लोहरौली स्थित शिवपार्वती सिद्धधामलाई ब्यवस्थित धार्मिक पर्यटकिय स्थल बनाउनमा निजी क्षेत्रको योगदानबारे उद्योग बाणिज्य संघका अध्यक्ष सहितको टोलीले स्थानियसँग छलफल गरेका छन् । शिवपार्वती सिद्धधाम पौराणिक काल देखीकै तिर्थ स्थल भए पनि सरोकारवालाहरुले ध्यान नदिदा ओझेलमा पर्दै गएको महशुस गरि संघका अध्यक्ष ओम प्रकाश अग्रहरी तथा लेखा समितिका संयोजक अर्जुन बहादुर क्षेत्री सहितको टोलीले स्थानियसँग सो क्षेत्रको विकासका लागि छलफल गरेका हुन् ।नेपाली काँग्रेसका कार्यवाहक सभापति विक्रम यादव तथा परासी प्रेस क्लबका अध्यक्ष मोहन पौडेल सहित पुगेको उतm टोलीले यस क्षेत्रको प्रवद्र्धनका लागि साउन भरि कम्तीमा प्रत्येक सोमवार धार्मिक कार्यक्रम,जलअर्पण,साझमा आरती लगायतका कार्यक्रम गर्नु पर्ने,सबैलाई सहभागि हुन औपचारिक आमन्त्रण गुर्न पर्ने सुझाव दिइएका ...
बौद्धकालिन प्राचीन सायुगा नगरलाई पर्यटकिय गन्तब्य बनाउन उबासंघको चाँसो
पर्यटन, समाचार, सरावल गाउँपालिका

बौद्धकालिन प्राचीन सायुगा नगरलाई पर्यटकिय गन्तब्य बनाउन उबासंघको चाँसो

नवलपरासी, १ साउनप्राचीन कोलिय गणराज्य भित्रको महत्वपुर्ण स्थान सापुगा वा सायुगा नगरको अवलोकन गर्दै उद्योग बाणिज्य संघले पर्यटकिय गन्तब्य बनाउनमा चाँसो ब्यतm गरेको छ । जिल्लाको सरावल गाउपालिका ३ सरावल र जनकपुर गाँउको विचमा अवस्थित उतm स्थल बुद्धभुमिसँग जोडिएको हुदा बौद्धपरिपथसँग जोडेर यस क्षेत्रको विकास गरि पर्यटकिय गन्तब्य बनाउनु पर्ने टोलीले चाँसो ब्यतm गरेका हुन्संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले बौद्ध परिपथसँग जोडेर यो स्थानलाई बुद्धभुमि चिनाउनमा गाउपालिकाले काम गर्न सुझाव दिइएका थिए । उनले यसका लागि संघले पनि निजी क्षेत्रको तर्फबाट यस क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा लाग्ने बताएका थिए । बौद्धकालिन(सरावल गाँउ) नामले चिनिने सम्भावित प्राचिन नगर भएको भन्दै गाउपालिकाका तत्कालिन अध्यक्ष राधेश्याम चौधरी र प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलेले उतm स्थान नै सायुगा नगर भएको घोषणा सम...
उद्योग बाणिज्य संघले अनोमाघाटमा मनायो बुद्धको महाभिनिष्क्रमण दिवस
पर्यटन, समाचार, संस्कृति, सुस्ता गाउँपालिका

उद्योग बाणिज्य संघले अनोमाघाटमा मनायो बुद्धको महाभिनिष्क्रमण दिवस

नवलपरासी, २६ असारजिल्लाको सुस्ता ५ ठाढीघाट (अनोमाघाट) मा उद्योग बाणिज्य संघले असार पुर्णिमाको अवसर पारेर महाभिनिष्क्रमण दिवस मनाएको छ । संघका अध्यक्ष ओम प्रकाश अग्रहरी सहित संघको टोली अनोमाघाटमा पुगेर दिप प्रज्वलन गरि स्थानियसँगको समन्वयमा महाभिनिष्क्रमण दिवस मनाएको हो । संघका बाणिज्य उपाध्यक्ष राजेश कुमार गुप्त,लेखा समििित संयोजक अर्जुन बहादुर क्षेत्री,परासी प्रेस क्लबका अध्यक्ष मोहन पौडेल,नागरिक समाजका पुर्व अध्यक्ष राधेश्याम सिँह सैथवार,स्थानिय मुन्सि हरिजन लगायतको सहभागितामा दिवस मनाइएको जानकारी अध्यक्ष अग्रहरीले गराए । हालै मात्र नेपाल पर्यटन बोर्डले अनोमा प्रबज्या स्थल घोषणा पछि निजी क्षेत्रको पनि चाँसो बढेको छ । उद्योग बाणिज्य संघ नवलपरासीले बोर्डको निर्णयको स्वागत तथा आभार ब्यतm गर्दै पर्यटन उद्योगका लागि अवसर सृजना भएको विश्वास ब्यतm गरेको थियो । उद्योग बाणिज्य संघका अध्यक्...
नेपाल पर्यटन बोर्डद्धारा अनोमाघाटलाई  प्रबज्या स्थल घोषणाको उबासंघद्धारा स्वागत
पर्यटन, समाचार, सुस्ता गाउँपालिका

नेपाल पर्यटन बोर्डद्धारा अनोमाघाटलाई प्रबज्या स्थल घोषणाको उबासंघद्धारा स्वागत

नवलपरासी, २४ असारजिल्लाको सुस्ता ५ ठाढीघाट (अनोमाघाट) लाई नेपाल पर्यटन बोर्डले अनोमा प्रबज्या स्थल घोषणा पछि निजी क्षेत्रको पनि चाँसो बढेको छ । उद्योग बाणिज्य संघ नवलपरासीले बोर्डको निर्णयको स्वागत तथा आभार ब्यतm गर्दै पर्यटन उद्योगका लागि अवसर सृजना भएको विश्वास गरेको छ । उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश अग्रहरीले पत्रमार्फत नेपाल पर्यटन बोर्डलाई आभार ब्यतm गर्दै अनोमाघाटलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न अगामी दिनमा सबै मिलेर लाग्न आग्रह समेत गरेका थिए । अनोमा घाटलाई देश विदेशमा बौ्रद्ध तिर्थ स्थलको रुपमा विकास गर्नका लागि सो क्षेत्रका साँसद,मन्त्री,स्थानिय तह र संघसस्था सबैले माग गर्दै आएका थिए ।संघ सहित अहिले अनोमाघाटलाई पहिचान गराउन र लगानीका बढाउनका लागि लुम्बिनी प्रदेश सरकारका बन तथा वातावरण मन्त्री समेत रहेका सोही क्षेत्रका प्रदेश साँसद देवकरण कलवारले अगामी आर्थिक...
बौद्धकालिन संघारामले उपयोग गर्ने प्राचीन पोखरीको संरक्षणमा वार्ड अध्यक्ष मौर्य
पर्यटन, रामग्राम नगरपालिका, समाचार

बौद्धकालिन संघारामले उपयोग गर्ने प्राचीन पोखरीको संरक्षणमा वार्ड अध्यक्ष मौर्य

नवलपरासी,२४ असारभगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुपकै अभिन्न अंग मानिने संघराम क्षेत्रको प्राचीन पोखरी संरक्षणमा सो वार्डका वार्डअध्यक्षले चाँसो लिई काम भई रहेको बताएका छन् । संघाराममा बास बस्ने बौद्ध भिच्छुले उपयोग गर्ने उतm बौद्धकालिन पोखरीको संरक्षणमा वार्ड स्तरबाट सम्भव हुने संरक्षणका काम भई रहेको रामग्राम १७ का वार्ड अध्यक्ष कन्हैया मौयले जानकारी गराएका हुन् ।रामग्राम स्तुप नजिक र बौद्धकालिन प्राचीन समाग्रिहरु समेत फेला पर्ने गरेको छ । स्तुप देखी पुर्वमा रहेको देवगाव नै संंघराम भएको पहिचान पछि संघराम स्थल र पोखरीको समेत संरक्षण कार्य भई रहेको वार्ड अध्यक्ष मौर्यले बताए । सो स्थानमा पुरातत्व विभागले पनि प्राचीन स्मारक भनेर उल्लेख गर्दै सुचना बोर्ड राखेको छ । बुद्धकाल कै पोखरी पनि हो, उनले भने, यसको संरक्षणका लागि आफु लागि परेको छु । ५ विघा क्षेत्रफलमा उतm प्राचीन पोखरी रहे...