पर्यटन

मधेश सांस्कृतिक पार्कको काम पनि छिट्टै हुनेः सरावल गाउपालिका अध्यक्ष चौधरी
पर्यटन, समाचार, सरावल गाउँपालिका, संस्कृति

मधेश सांस्कृतिक पार्कको काम पनि छिट्टै हुनेः सरावल गाउपालिका अध्यक्ष चौधरी

नवलपरासी,१० माघजिल्लाको सरावल गाउपालिकाले वार्ड नं.२ मनरी स्थित वृक्षारोपण क्षेत्रमा थारु साँस्कृतिक पार्कको निर्माण कार्यसँगै यसै बर्ष वार्ड नं. ४ ललितपुर र मंगलापुर गाँउ नजिकै मधेश सांस्कृतिक पार्कको निर्माण कार्यको शुभारम्भ गर्ने जनाएको छ । केही महिना पहिला सम्भाब्यता अध्ययन गरेको उतm स्थानमा छिट्टै पार्क निर्माण शुरु हुने गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताएका हुन् ।गाउपालिको वार्ड २ मनरीमा थारु साँस्कृतिक पार्क बनाउने योजना बनाई बजेट समेत विनियोजन गरेर सञ्चालनमा ल्याई सकियो, उनले भने,अगामी शिवरात्री वा फागुपुर्णिमालाई लक्षित गरि मधेश साँस्कृतिक पार्कमा पनि काम गर्ने योजना सुनाए । थारु मधेशी बाहुल्य यो गाउपािलकामा सबैलाई समेटेर पार्कको निर्माण गर्ने,संस्कार संस्कृति बचाउने गाउपालिकाको प्राथकितामा पनि छ । लक्ष्य अनुसार थारु साँस्कृतिक पार्कमा खिचडी महोत्स(माघी मेला) सँगै पार्कको...
बौद्धकालिन प्राचिन नन्दन नगर क्षेत्रको सरसफाईमा सक्रिय स्थानिय
पर्यटन, पाल्हिनन्दन गाउँपालिका

बौद्धकालिन प्राचिन नन्दन नगर क्षेत्रको सरसफाईमा सक्रिय स्थानिय

नवलपरासी,२८ पुसजिल्लाको पाल्हीनन्दन गाउपालिका ६ पडरी स्थित बौद्धकालिन प्राचिन नन्दन नगर(नन्दन सिटी)को बगैचा क्षेत्रको सरसफाईमा स्थानियबासी सक्रिय भएका छन् । पर्यटकिय स्थलको रुपमा विकास,संक्षण प्रवद्र्धनमा स्थानियबासीले चाँसो लिदै आएको सो स्थानको विकासका लागि गाउपालिकाले अग्रसरता लिईने भए पछि तिन दिन देखी निरन्तर स्थानिय पनि सरसफाईमा सक्रियता देखाउन थालेका छन् ।केही महिना देखी यो पुरातात्विक तथा बौद्धकालिन नन्दननगर भएको पुरातात्वका जानकार तथा बौद्ध अध्ययेताहरुले पडरी कोटहीमाई स्थान भनेर चर्चामा ल्याए पछि अहिले स्थानिय युवाहरु पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सक्रिय भएको स्थानिय युवा संदिप कुमार यादवले बताए । अहिले सो स्थानको अवलोकन भ्रमण गर्न केही बाहिरका पर्यटक आउन थाले पछि त्यस स्थानको सफाई गर्ने कार्य भई रहेको छ, उनले भने, परम्परागत रुपमा देवीदेवताको पुजा गर्दै आएका स्थानियले अहिले मा...
प्राचिन कोलिय गणराज्य कोलनगर(पण्डितपुर)मा लुम्बिनी पर्यटन परिषदका अध्यक्ष जोशी सहितको टोली
पर्यटन, रामग्राम नगरपालिका

प्राचिन कोलिय गणराज्य कोलनगर(पण्डितपुर)मा लुम्बिनी पर्यटन परिषदका अध्यक्ष जोशी सहितको टोली

नवलपरासी,२४ पुसलुम्बिनी प्रदेश पर्यटन परिषदका अध्यक्ष रामु जोशी सहितको टोलीले रामग्राम १८ स्थित बुद्धको मावली रहेको प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) क्षेत्रको स्थलगत अवलोकन गरेका छ । प्रदेशसभा सदस्य(प्रदेश साँसद) बैजनाथ जैसवाल सहित परिषदको टोलीले राजधानी क्षेत्रको अवलोकन गर्दै यस क्षेत्रको विकासका लागि लुम्बिनी प्रदेश सरकारले नै अब अग्रसरता लिईने समेत बताएका हुन् ।यस क्षेत्रको दिर्घकालिन विकास,संरक्षण,सांस्कृति अभियान,पहिचान हुने खालका कार्यक्रम गर्नका लागि प्रदेश सरकारद्धारा नै एक सरकारी संरचना खडा गरि काम गर्न सकिने समेत अध्यक्ष जोशीले बताए । सो क्षेत्रमा फेला परेका बस्तु तथा दस्तावेजको समेत अवलोकन अध्ययन गरेका थिए । स्थानिय स्तरबाट पनि संरक्षण र प्रवद्र्धनका लागि समितिहरु पनि निर्माण गर्न स्थानियलाई आग्रह गर्दै अध्यक्ष जोशीले सो संस्थासँग सहकार्य गरि लुम्बिनी प्रदेश सर...
जिसस र नेपाली सेनाले शुभारम्भ गरे पुरातात्विक सम्पदा संरक्षण तथा सरसफाई अभियान २०८०
पर्यटन, रामग्राम नगरपालिका, समाचार

जिसस र नेपाली सेनाले शुभारम्भ गरे पुरातात्विक सम्पदा संरक्षण तथा सरसफाई अभियान २०८०

नवलपरासी,२२ पुसजिल्ला भित्र रहेका धार्मिक तथा पुरातात्विक सम्पदाको संरक्षण तथा सरसफाई अभियान २०८० को शुभारम्भ भएको छ । जिल्ला समन्वय समिति र नेपाली सेनाको गोरखदल गण रामग्राम ब्यारेकको संयुतm आयोजनामा उतm अभियान प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर)बाट शुभारम्भ गरेको हो ।राजधानी कोलनगरसँगै प्राचिन कोलिय गणराज्य अन्तरगत रहेका अहिलेसम्म पत्ता लागेको बौद्धकालिन नगरहरु तथा अन्य धार्मिक तथा पुरातात्विक स्थलको संरक्षण तथा सरसफाई अभियान सञ्चालन गर्न आवश्यक रहेको ठहर गरिएको थियो । त्यसै अयिभानलाई नेपाली सेनाको सक्रियता तथा जिससको नेतृत्वमा अभियानको शुभारम्भ गर्दै घोषणा गरिएको जिसस प्रमुख भगौती प्रसाद यादव(रुदल)ले बताए । संरक्षण र सरसफाई कार्यमा आवश्यक जनशतिmको ब्यवस्थापन गर्ने कार्य नेपाली सेनाले लिईने र अन्य सरोकारवालासँग समन्वय सहकार्य जिससले गर्ने गरि यो अभियान अगाडी बढाइएको छ,जिसस प...
मनरी स्थित थारु साँस्कृतिक पार्कको डिपिआर गर्ने कार्य शुरु
पर्यटन, समाचार, सरावल गाउँपालिका

मनरी स्थित थारु साँस्कृतिक पार्कको डिपिआर गर्ने कार्य शुरु

नवलपरासी,१३ पुसजिल्लाको सरावल स्थित निर्माण हुन लागेको थारु साँस्कृतिक पार्कलाई ब्यवस्थित बनाउन विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाउने कार्य शुरु भएको छ । हुलाकी राजमार्ग देखी करिब ५ सय मिटर उत्तर भलुही नदि किनारमा रहेको वृक्षारोपण क्षेत्रलाई थारु साँस्कृतिक पार्कको स्वरुप दिनका लागि गाउपालिकाले डिपिआर बनाउने कार्य शुरु गरेको हो । सो स्थानलाई केही महिना पहिला स्थानियको सक्रियतामा पार्क बनाउने कार्यमा लागेका थिए । त्यसलाई ब्यवस्थित र आकर्षित बनाउनका लागि डिपिआर बनाउने कार्य गाउपालिकाले शुरु गरेको छ, गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले भने,स्थानियको चाहना र भावनासँगै मिलेर गाउपालिकाले पनि काम गर्नु पर्छ,भनि त्यसलाई ब्यवस्थित गर्नका लागि डिपिआरको निर्माण गर्न लागिएको हो । यसरी बैज्ञानिक हुन्छ,उनले थपे,डिपिआरमा स्थान र पुर्वाधारको यकिन गरिनुका साथै गुणस्तर पुर्वाधारमा पनि सहयोगी ...
बौद्धकालिन प्राचिन नन्दनसिटीको विकासमा स्थानियको चाँसो
पर्यटन, पाल्हिनन्दन गाउँपालिका

बौद्धकालिन प्राचिन नन्दनसिटीको विकासमा स्थानियको चाँसो

नवलपरासी,१२ पुसजिल्लाको पाल्हीनन्दन गाउपालिका ६ पडरी स्थित बौद्धकालिन प्राचिन नन्दन नगर(नन्दन सिटी)को विकास,संक्षण प्रवद्र्धनमा स्थानियबासीले चाँसो लिन थालेका छन् । पुरातात्वका जानकार तथा बौद्ध अध्ययेताहरुले पडरी कोटहीमाई स्थान भनेर चिनिदै आएको ठाँउ नै प्राचिन नन्दन सिटी भनेर अनुमान गरे पछि स्थानियले चाँसो लिन थालेका हुन् ।सो स्थानको विहिवार स्थलगत अवलोकन गर्न पुगेको पालिकाको टोलीसँग स्थानियले नन्दनताल र नन्दन सिटीबारे खोज अनुसंधान,विकास,संरक्षण प्रवद्र्धनमा पालिकाले अग्रसरता लिनु पर्ने आग्रह गरेका थिए । ग्रेटर लुम्बिनी(वृहद लुम्बिन्ी)मा यो पनि बुद्ध साईटको रुपमा राखेर विकास तथा संरक्षण प्रवद्र्धन गर्दै पुरातात्विक अध्ययन अनुसंधानमा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेल,वार्ड अध्यक्ष कृष्ण प्रसाद यादव,तत्कालिन सनई गाविसका पुर्व अध्यक्ष राजेन्द्र सहानी लगायतको टोलीले सो नन्...
थारु साँस्कृतिक पार्कको स्वरुप दिन अग्रसर मनरीकी थारु महिलाहरु
पर्यटन, समाचार, सरावल गाउँपालिका, संस्कृति

थारु साँस्कृतिक पार्कको स्वरुप दिन अग्रसर मनरीकी थारु महिलाहरु

नवलपरासी,७ पुसविगतमा वृक्षारोपण गर्दै अगाडी सरेका मनरीका थारु महिलाहरु अहिले सो वृक्षारोपण भित्र रुख विरुवाको सजावट गर्नमा ब्यस्त देखिएका छन् । वृक्षारोपण गरेर सार्वजनिक जग्गाको संरक्षण गरिएको थियो,जुन अहिले एक सुन्दर महमोहक पार्कमा रुपान्तरित गर्न स्थानिय थारु महिलाको झण्ड सक्रिय देखिएको छ । वृक्षारोपण क्षेत्र यसरी एक साँस्कृतिक पार्क बन्ला भनेर स्थानियहरु सोचेका थिएनन्,तर समयले अहिले आफैले वृक्षारोपण गरिएको क्षेत्र सुन्दर पार्क बनाउन पाउदा थारु महिलाहरु खुशी ब्यतm गरेका थिए । पार्कको रुपमा विकसित गरि थारु संस्कृतिको केन्द्र बनाउनमा तल्लिन थारु महिलाहरु निस्वार्थ भावले अहिले काम गर्नमा ब्यस्त देखिनको आर्को कारण पनि विगत डेढ दशक देखी माघि मेला महोत्सव हुदै आएको सरावल २ मनरी स्थित जनता मावि मनरी परिसरबाट सार्नु पनि रहेको छ । यो बर्ष देखी सो मेला थारु साँस्कृतिक पार्कमा हुने तयारी भई ...
कोलिय गणराज्यको राजधानीमा भईरहेको भुभौतिक सर्वेक्षणबारे जानकारी लिदै लुम्बिनी प्रदेश साँसद जैसवाल
नवलपरासी (ब.सु.प.), पर्यटन, रामग्राम नगरपालिका, समाचार

कोलिय गणराज्यको राजधानीमा भईरहेको भुभौतिक सर्वेक्षणबारे जानकारी लिदै लुम्बिनी प्रदेश साँसद जैसवाल

नवलपरासी,१२ मंसिरप्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर)मा एक साता देखी भई रहेको भुभौतिक सर्वेक्षण(जिओफिजिक्स सर्वे)ले ठूलो उपलब्धी भएको छ । सर्वे गर्ने क्रममा ठूला ठूला पर्खालका भग्नावेशहरु जमिनमुनि भएको र ठूलो विहार क्षेत्रहरु पनि देखिएको सर्वेक्षण स्थलमा पुगेका लुम्बिनी प्रदेश सभा सदस्य(प्रदेश साँसद) बैजनाथ जैसवाललाई जानकारी गराएको हो ।भगवान गौतम बुद्धको मावली प्राचिन कोलिय गणराज्यको राजधानी रहेको थुप्रै प्रमाणहरु शाक्य राज्यको राजधानी प्राचिन कपिलबस्तुसँग समकालिन भाडाहरु,एनविपि,पोष्टहोल जस्ता प्राचिन बस्तुहरु, बुद्ध काल भन्दा पुर्व तिन सय बर्ष पुराना अर्थात इसापुर्व ८ सम्मका मानववस्तीका अवशेषहरु देखिने गरिएको सो टोलीसँग रहेका नेपाल सरकार पुरातत्व विभाग अन्तरगतको पुरातत्व कार्यालय प्रमुख भाष्कर ज्ञवालीले जानकारी गराएका थिए । ८० देखी १ सय विघासम्म क्षेत्रफलमा राजधानी क्षेत्र फै...
पाल्हीनन्दनको प्राचिन नन्दन सिटीमा पुरातात्विक खोज गर्न माग गर्दै गाउपालिका अध्यक्ष गुप्ता
पर्यटन, पाल्हिनन्दन गाउँपालिका, समाचार

पाल्हीनन्दनको प्राचिन नन्दन सिटीमा पुरातात्विक खोज गर्न माग गर्दै गाउपालिका अध्यक्ष गुप्ता

नवलपरासी,११ मंसिरजिल्ला भित्र विभिन्न गाउपालिकामा पुरातात्विक खोज अनुसंधान भई रहेकै बेला पाल्हीनन्दन गाउपालिका ६ पडरी स्थित नन्दनताल नजिकै प्राचिन नगर (सिटी)को पनि पुरातात्विक खोज गर्न गाउपालिकाले पुरातत्व अनुसंधान टोलीलाई आग्रैह गरेको छ । सोमवार सो अनुसंधान टोलीले प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर)मा भुभौतिक सर्वे भई रहेको स्थलमै पुगेर गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले पत्र बुझाउदै पाल्हिनन्दन गाउपालिकाको प्राचिन नन्दन सिटी(नगर)को खोज अनुसंधान गर्न आग्रह गरेका हुन् ।गत असार ५ गने पुरातत्व क्षेत्रमा लामो समय काम गर्दै आएका नारद यादवले स्थलगत अवलोकन गरेर नन्दन सिटी यहिँ हुनु पर्ने कुरा सार्वजनिक गरे पछि अहिले त्यस क्षेत्रको पुरातात्विक खोज अनुसंधानका लागि गाउपालिकाले चाँसो लिएको हो । पुरातत्व कार्यालय प्रमुख समेत रहेका पुरातत्व अधिकृत भास्कर ज्ञवालीलाई पत्र हस्तानान्तर ग...
सुस्ता ५ स्थित अनोमाघाट(ठाढीघाट)मा हजार बत्ति बालेर मनाइयो कार्तिक पुर्णिमा
पर्यटन, समाचार, संस्कृति, सुस्ता गाउँपालिका

सुस्ता ५ स्थित अनोमाघाट(ठाढीघाट)मा हजार बत्ति बालेर मनाइयो कार्तिक पुर्णिमा

नवलपरासी, ११ मंसिरजिल्लाको सुस्ता ५ ठाढीघाट (अनोमाघाट) मा कार्तिक पुर्णिमा हजार बत्ति बालेर मनाइएको छ । बौद्ध संस्कृतिमा कार्तिक पुर्णिमाको दिनलाई पनि भब्य रुपमा उत्सवको रुपमा मनाईदै आएको हुदा अहिले अनोमाघाटमा दोश्रो बर्ष जिल्लाको प्रमुख बौद्ध तिर्थ स्थलमा हजार बत्ति बालेर मनाइएको हो । अनोमाघाटमा सुस्ता गाउपालिका वार्ड नं.५ वार्ड कार्यालयकै आयोजनामा हजार बत्ति बाल्ने कार्यक्रम भएको स्थानिय भागिरथी पालले जानकारी गराएका थिए । यो पहिलो कार्तिक पुर्णिमा उत्सव हो, उनले भने, अगामी दिनमा यसलाई अझै भब्य बनाउदै लैजान्छौ । परापुर्व काल देखी ठाढीघाट मेला तथा कुस्ति प्रतियोगिता हुने सुस्ता ५ स्थित गण्डकी (प्राचिन अनोमा नदी) स्थित बौद्ध तिर्थ स्थलको रुपमा पहिचान बनाउदै आएको अनोमाघाट (ठाढीघाट) मा हजार बत्ति बाल्ने कार्यक्रम गाउपालिकाले गरेको थियो, उनले भने, यो बर्ष पनि बौद्ध संस्कृति अनुसारको बत्...