बौद्ध कालिन प्राचीन नन्दन नगरमा ‘आनन्द जात्रा’ निकाल्ने तयारी
नवलपरासी,१७ माघबौद्धकालिन प्राचिन नन्दन नगर र नन्दन ताललाई प्रवद्र्धन गर्न स्थानिय ‘आनन्द जात्रा’को तयारीमा जुटेका छन् । जिल्लाको पाल्हीनन्दन गाउपालिका ६ स्थित पहिचानमा आएको प्राचिन नन्दन नगर र नन्दन तालको पहिचान गराउन र प्राचिन संस्कृतिको पुर्नत्थान गर्ने उदेश्यले सो जात्राको तयारीमा जुटेका हुन् ।ति स्थानको विस्तृत कार्ययोजना नै बनाएर काम गर्नुका साथै सो स्थानलाई प्रचार प्रसार तथा पहिचान र प्रवद्र्धन गर्न आनन्द जात्रा निकल्ने तयारीमा स्थानिय जुटेको सोही वार्डका वार्ड अध्यक्ष कृष्णचन्द्र यादवले बताए । प्राचिन नन्दन नगर र प्राचिन नन्दन तालको इतिहास प्राचिन कोलिय गणराज्यसँग जोडिएको जानकारहरुले बताए पछि सोही अनुसारको संस्कृति संरक्षण र पुर्नत्थान हुने गरि नन्दन जात्रा निकाल्ने योजना रहेको छ, वार्ड अध्यक्ष यादवले भने, यो जात्रा पछिसम्म एक संस्कार र संस्कृतिको रुपमा विकसित हुनेछ । बौद्धकालिन इत...









