प्रेस चौतारीको ‘पर्यटन सञ्चार यात्रा’ सम्पन्न
नवलपरासी,२ चैत्रप्रेस चौतारी नेपाल नवलपरासीको आयोजना र लुम्बिनी प्रदेश कार्य समितिको सहभागितामा नवलपरासीका प्रमुख पर्यटकिय स्थलको भ्रमण गर्ने उदेश्यले पर्यटन सञ्चार यात्रा सम्पन्न भएको छ । लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका पत्रकारहरुको सहभागिता रहने गरि जिल्लाका प्रमुख पर्यटकिय स्थल सम्बन्धित अन्तरक्रिया गरिनुका साथै महत्वपुर्ण पर्यटकिय क्षेत्रको भ्रमण समेत गराइएको हो ।पुर्वनिर्धारित कार्यक्रम अनुसार नै शुक्रवार पत्रकारहरु र सरोकारवाला विच अन्तरक्रिया गरिनुका साथै मुख्य पर्यटकिय क्षेत्रको स्थलगत अवलोकन भ्रमण गराइएको प्रेस चौतारी नवलपरासीका अध्यक्ष मेघराज गौतमले जानकारी गराएका थिए । अध्यक्ष गौतमका अनुसार जिल्ला स्थित प्राचीन बौद्धकालिन पर्यटकिय स्थलहरुमा रामग्राम स्तुपा,प्राचीन नन्दन नगर,प्राचीन ककरपत्त नगर र शिवपार्वती सिद्धधाम लोहरौली तथा पाल्ही भगवती मन्दिरको स्थलगत भ्रमण गराइएको थियो । ...










