संरक्षण अभावमा सेनकालिन प्राचीन पाल्ही पोखरी जलकुम्भिले भरिदै
नवलपरासी,३० फागुनप्राचीन सेन कालिन इतिहास बोकेको पाल्ह्ी माझखण्डको मुख्यालयमा अवस्थित प्राचीन पोखरीको अललोकन गर्दै उद्योग बाणिज्य संघका अध्यक्ष सहितको टोलीले ब्यवस्थापनमा चाँसो देखाएको छ । स्थानियबासी र सरकारी वेवास्ताले जलकुम्भिले भरिएको उतm पोखरीको ब्यवस्थापनका लागि निजी क्षेत्रबाट भए पनि पहल गरिनु पर्ने आवश्यकता औल्याउदै टोलीले चाँसो देखाएको हो ।पाल्हीनन्दन गाउपालिका ४ स्थित पाल्ही भगवती मन्दिर परिसर नजिकैको उतm पोखरीको ब्यवस्थापन,सरसफाई र सौन्दर्यीकरणका लागि बजेट नआएको पनि होईन,तर स्थानिय सरकार जनप्रतिनिधिले चाँसो नलिईदा आएका बजेट पनि फ्रिज भएरको सुनिएको पक्ष दुखद भएको संघका अध्यक्ष ओम प्रकाश अग्रहरीले बताए । करिब पाँच विघा क्षेत्रफलमा फैलिएको उतm पोखरी सौन्दर्यीकरणका लागि गत आर्थिक बर्ष २०८१।०८२ मा संघिय सरकारले ९० लाख रुपिया विनियोजन गरेको थियो ।तर गाउपालिकाले त्यसको आवश्यक विस्तृत प...










