जिसस पुर्व उप प्रमुख चुरिहार आफ्नै तेल मिलमा तेल पेल्न ब्यस्त
नवलपरासी,१२ पुुसअघिल्लो कार्यकालमा जिल्ला समन्वय समिति(जिसस)का उपप्रमुख भई राजनैतिक कार्यमा सक्रिय पुर्व उपप्रमुख अब्दुल रहमान चुरिहार अहिले आफ्नै उद्यम ब्यवसायमा ब्यस्त देखिएका छन् । सरावल ७ बुडन्वापुर धनेवाखोला नजिकै तेल मिलको स्थापना गरि तेल पेल्नमा उनी ब्यस्त देखिन्छ । राजनीति कार्यबाट निस्कृय बन्दै चुरिहार अहिले घरायसी ब्यवहारका लागि आफु ब्यसायलाई नै प्राथमिकतामा राखेको बताउदै आफ्नै कार्यमा ब्यस्त रहेको सुनाए ।मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट सरावल गाउपालिकामा २०७४ सालको स्थानिय चुनावमा वार्ड सदस्यमा निर्वाचित भई चुरिहार नेपाली काँग्रेससँग तालमेल गरि जिससको उपप्रमुख बनेका थिए । पछि सो पार्टीका अध्यक्ष विजय कुमार गच्छेदार नै नेपाली काँग्रेसमा पार्टीलाई एकिकरण गरिदिए पनि चुरिहार पनि काँग्रेसमै प्रवेश गरेका थिए । तर काँग्रेसमा प्रवेश गरे पनि काँग्रेसमै रहेका पुराना नेता कार्यकर्ताहरु ...










