नागरिक समाज नवलपरासी अध्यक्षमा पुर्वप्रहरी निरिक्षक सैथवार
नवलपरासी२३ बैशाखनागरिक समाज नवलपरासीको अध्यक्षमा पुर्व प्रहरी निरिक्षक राधेश्याम सिँह सैथवार छनौट भएका छन् । नागरिक समाज नवलपरासीको शनिवार भएको एक भेलाले सैथवारलाई नागरिक समाजको अध्यक्षको जिम्मेवारी दिइने गरि छनौट गरेको हो ।विगत केही बर्ष देखी जिल्लामा निष्कृय बन्दै गएको नागरिक समाजलाई पुनः सक्रिय बनाई नागरिकको हक अधिकारबारे संगठित रुपमा आवाज उठाउने गरि नागरिक समाजमा नयाँ नेतृत्व छनौट गरिएको समाजका संस्थापक अध्यक्ष रामजी ज्ञवालीले बताए । पत्रकार,वकिल,अधिकारकर्मी,उद्योगी ब्यवसायि,समाजसेवी तथा संघसंस्थाका प्रतिनिधि सहितको भेलाले सैथवारलाई समाजको अध्यक्षमा छनौट गरेको हो,उनले भने,अब देखी नागरिक समाजले पुनः नेतृत्व पाएको छ । नागरिकका सवाललाई सरकार समक्ष शसतm रुपमा उठाउन सक्ने गरि नेतृत्व पाएको छ ।तत्काल ११ सदस्यि नागरिक समाज गठन भएको र पछि अन्य क्षेत्रबाट पनि सदस्य थप गर्ने समेत उनको भनाई थियो ...










