गण्डकको वि ग्याप बाँध अग्लो बनाउदा नदीको धार रोक्न सक्छ,डुबान रोकिदैन ः स्थानिय
नवलपरासी,१८ चैत्रजिल्लाको गण्डक नदीको वि ग्याप बाँध अग्लो बनाइने भए पनि सुस्ताका चार ४ वटा वार्ड भित्र पर्ने दर्जनौ गाँउ डुबान समस्या समाधान नहुने स्थानियले बताएका छन् । वि ग्याप बाँध डेढ मिटर अग्लो बनाउने भारतिय पक्षले योजना अगाडी सारे पनि सुस्ताका गाँउका समस्या समाधान गर्ने बैज्ञानिक रुपमा काम नहुदा डुबानको अन्त्य नहुने स्थानियबासीले बताएका हुन् ।बाँध अग्लो बनाउने नाँउमा भारतिय पक्षले गण्डक क्षेत्रमा करोडौ रुपिया खर्चने,ठेकेदार पाल्ने कार्य मात्रै हुन्छ,स्थानिय लख्खु यादवले भने नारायणी नदी(गण्डक) भित्र बर्षाै देखी थुप्रिदै गएको गिट्टि,बालुवा,ढुगाँ र रोडा झिकेर नदीलाई च्यानलाईज नगरेसम्म डुबान समस्या समाधान होला भने लाग्दैन् । नदीमा सिल्ट जम्मा भई नदीको सतह नै गाँउको सतह भन्दा अग्लो भई सकेको छ । बाँधले धार रोक्न सक्छ,तर नदीको पानी बलौटे जमिनबाट चुहिएर(सिपेज) भएर खोला नाला,पोखरी जलायसको पान...









