समाज

समृद्ध र सुन्दर नगरका लागि वर्दघाट नगरपालिकाको ‘दश अभियान’
बर्दघाट नगरपालिका, समाचार, समाज

समृद्ध र सुन्दर नगरका लागि वर्दघाट नगरपालिकाको ‘दश अभियान’

नवलपरासी,२४ माघजिल्लाको वर्दघाट नगरपालिकाले समृद्ध र सुन्दर नगर बनाउनका लागि विभिन्न नयाँ नयाँ कार्यको थालनीसँगै समृद्धिका लागि दश अभियानको सुभारम्भ गरेको छ । विकास पुर्वाधार,अध्ययन अनुसंधानसँगै दैनिक जिवनमा उपयोगी हुने र समृद्धिको आधारमा सहयोगी बन्ने उतm दश अभियान शुभारम्भ गरेको हो ।नगरप्रमुख,उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृत सहित वार्डअध्यक्ष कार्यपालिका सदस्य र विभिन्न शैक्षिक समाजिक संघ सस्थाहरु सहित पुरै नगरपालिका परिवारलाई परिचालित हुने गरि मुख्य दश अभियान सञ्चालनमा ल्याइएको प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी गराए । ति अभियानमा धेरै जसो अभियानले गति लिई सकेका छन्,उनले भने,बाकी अभियानलाई पनि गतिशिल बनाउदै छौ । यसमा नगरबासीले समेत चाँसो लिएर सहभागिता जनाउदै सहयोग गर्दै आएका छन् ।उनका अनुसार सडक बत्ति ब्यवस्थापन अभियान,फोहोर बर्गिकरण अभियान,राजस्व परिचालन अभियान,ब्य...
वर्दघाटमा फोहोर बर्गिकरण र हरियाली अभियान
बर्दघाट नगरपालिका, समाचार, समाज

वर्दघाटमा फोहोर बर्गिकरण र हरियाली अभियान

नवलपरासी,७ माघनयाँ नयाँ कार्यको थालनी गर्दै विभिन्न अभिायन सञ्चालन गर्दै आएको जिल्लाको वर्दघाट नगरपालिकाले फोहोर बर्गिकरण र हरियाली अभियानलाई टोल टोल र घरदैलोमा पुर्याउने कार्य गरेको छ । कतिपय कार्यक्रम पालिका स्तरमा गर्दै आएको भए पनि सो कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि फोहोर बर्गिकरण र हरियाली अभियानलाई घरदैलोमै पुर्याउन लागेको हो ।खुल्ला दिसा मुतm नगर घोषणा पश्चात पुर्ण सरसफाई नगर बनाउने कार्य पनि निरन्तर भई रहेको र अहिले अभियानकै रुपमा फोहोर बर्गिकरण र हरियाली अभियानको थालनी गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी गराए । प्रत्येक महिनाको पहिलो शनिवार र अन्तिम शनिवारका दिन जनप्रतिनिधि र कर्मचारी अ आफ्नो टोलको घरदैलो गर्दै घरमा पुग्ने र फोहोर बर्गिकरणको अवस्था हेर्ने कार्य गर्दै आएको छ,उनले भने,अभियानकै रुपमा केही समय नगरपालिकाले क्रियाशिल भई काम गरिद...
सामाजिक सञ्जालको प्रयोग  !
नवलपरासी (ब.सु.प.), विचार, समाज

सामाजिक सञ्जालको प्रयोग  !

भोजराज पाण्डेयप्रहरी नायव उपरीक्षक २०७९ सालको जेष्ठ महिनामा तनहु जिल्लाको शुक्लागण्डकी नगरपालिका वार्ड नं ५ बस्ने कक्षा ९ मा पढ्दै गरेका एक १५ बर्षीया बालकले आफ्नै माइजु नाता पर्ने एक जना महिलाको पुरानो फेसबुक आइडको पासवर्ड  ह्याक गरि प्रयोग गरि पब्जी खेल्दै आएकोमा एक दिन पब्जी खेल हारेको कारण रिस उठी मेसेज ग्रुपमा अश्लील शब्दहरु लेखि पोष्ट गरेकोमा महिलाका आफन्तहरुबाट किन त्यस्तो गरेको भनि निज महिलालाई सोधखोज हुंदा महिलाले सो अकाउन्ट आफूले प्रयोग नगरेको र को कस्ले प्रयोग गरि यस्तो नचाहिने काम गरेको भनि  भक्कानिदै प्रहरी कार्यालयमा राति ११ बजे आई मौखिक निबेदन गरेकोमा तत्काल प्रहरी सकृयताको कारण सो तथ्य बाहिर आएको र बालकले अन्य साथिहरुको बहकाउमा आएर सो कार्य गरेको भन्ने यथार्थ पत्ता लागेको थियो । २०७९ सालको भाद्र महिनामा नवलपरासी जिल्लाको सुनवल नपामा घर भएका एक अधबैशेको मोबाइ...