सुस्ता गाउपालिकाकी उपाध्यक्ष चौधरीले कार्यालय परिसरमै बोलाएर भेटिन सय भन्दा बढि सुत्केरी
नवलपरासी,२१ फागुनजिल्लाको सुस्ता गाउपालिकाकी उपाध्यक्ष गिता चौधरीले गाउपालिका भरिका सुत्केरीहरुलाई गाउपालिकामै भेलाएर भेटघाट गरेकी छिन् । आफ्नै अध्यक्षतामा उपाध्यक्षसँग सुत्केरी भेटघाट कार्यक्रमको आयोजना नै गरेर करिब एक सय जना सुत्केरीलाई कार्यालय परिसरमा भेटघाट गरेकी हुन् ।आफुले चुनावको बेला गरेको प्रतिवद्धता अनुसार नै सुत्केरीलाई निरन्तर भेट्ने कार्य गरेको उनले भेटघाट कार्यक्रममा बनाएकी हुन् । विगत बर्ष देखी नै महिला क्षेत्रमा क्रियाशिल भई पोषण कार्यकर्ताको रुपमा काम गरि अनुभव संघालेकी उपाध्यक्ष चौधरीले तिनै महिलाहरुले आज मलाई यो गाउपालिकाको उपाध्यक्ष बनाउनमा मतदान गरेर पुर्याएको बताईन् । महिला त्यसमा पनि आमा बने पछि सुत्केरीको अवस्था समस्या बुझ्ने घरपरिवार,समाज र सरकारी निकायबाट थोरै हुन्छन्,उनले भनिन्,सुत्केरी अवस्थामा महिलाहरुलाई शारिरीक र मानसिक रुपमा ठूलो संघर्ष गर्नु पर्छ । शिशुको ...










