साता ब्यापी कार्यक्रम गरि मदन भण्डारी ७४ औ जयन्ती मनाइने
नवलपरासी,२९ जेठनेपाल एमालेका तत्कालिन नेता तथा जनताका बहुदलिय जनवाद (जबज) सिद्धान्तका प्रतिपादक मदन भण्डारीको ७४ औ जन्मजयन्तीको अवसरमा जिल्ला भित्र विविध कार्यक्रम गरि भब्यताका साथ मनाइने भएको छ । मदन भण्डारी फाउण्डेन नवलपरासीको पहिलो बैठकले साता ब्यापी रुपमा कार्यक्रम गरि मनाईने फाउण्डेसनका जिल्ला अध्यक्ष श्याम कुमार बस्यालले जानकारी गराएका हुन् ।उनका अनुसार जेठ २९, विहिवार परासीमा बसेको मदन भण्डारी फाउण्डेशनको पहिलो बैठक बसेको थियो । असार १४ गते जननेता भण्डारीको जन्मजयन्ती मनाउने भए पनि असार ८ गते देखी नै रतmदान कार्यक्रमबाट साता ब्यापी कार्यक्रमको शुभारम्भ गरने अध्यक्ष बस्यालले बताए । असार ९ गते शहिद विष्णु पाण्डे स्मृति पार्क सुनवलमा वृक्षारोपण गरि मनाईने छ । त्यसै गरि असार १० गते सरावलको जनता माविमा वृक्षारोपण कार्यक्रम गरिने छ । असार ११ गते प्रतापपुरमा वृक्षारोपण,१२ गते कविता प्रतियो...










