‘नो टेक्स, नो पेय’ नीतिलाई कडाईका साथ लागु गर्दै वर्दघाट नगरपालिका
नवलपरासी,२३ पुसजिल्लाको वर्दघाट नगरपालिकाले आन्तरिक आय वृद्धिलाई लक्षित गरि विभिन्न कार्यक्रमलाई अगाडी सारेको छ । समृद्ध वर्दघाट नगरपालिका बनाउनका लागि बाहिरी योजना अनुदानसँगै आन्तरिक आय वृद्धि हुने लक्षित कार्यक्रम अगाडी सारेको हो ।पहिला नगरपालिकाबाट सेवा सुविधा दिनेलाई नै पहिलो लक्षित गर्दै कर्मचारी पदाधिकारी,विभिन्न सेवा समुह,संघसस्थाहरुलाई पहिला नगरपालिकालाई भुतmानी दिनु अनि भुतmानी लिनु भनेर कार्यक्रम पनि चलाएको छ । भुतmानी नगर्नेलाई भुतmानी नदिने जस्ता (नो टेक्स, नो पेय) अभियानलाई कडाईका साथ पालन गराउनमा लागिएको प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी गराए । नगरपालिकाबाट सेवा सुविधा लिने तर आफु,आफ्नो घर परिवार उद्योग ब्यवसाय र कारोबारको कर तिर्नेलाई सेवा पनि नदिइने कार्यलाई पनि कडाइ गरिएको छ, उनले भने,पहिला नगरपालिकाका कर्मचारी र पदाधिकारीले नै यो शुरु गर्नु पर्छ । त्य...










