विधा

शैक्षिक सुधार गर्दै सुस्ता सरकार
शिक्षा, समाचार, सुस्ता गाउँपालिका

शैक्षिक सुधार गर्दै सुस्ता सरकार

नवलपरासी,१ जेठशैक्षिक सुधारका विभिन्न आयामलाई अवलम्बन गरि शिक्षा क्षेत्रको विकासका लागि सुस्ता गाउपालिकाले अग्रसरता लिएको छ । शिक्षामा सबैको पहुँचसँगै गुणस्तरिय शिक्षाको विकासका लागि विभिन्न कार्यक्रम गरि शैक्षिक सुधारका काम गर्नमा गाउपालिकाले अग्रसरता देखाएको हो ।आजको शैक्षिक लगानीले भोलीको नागरिकको जिवनस्तर तथा असल नागरिकको परिकल्पना गर्न सक्ने हुदा शिक्षालाई केन्द्रमा राखी काम भई रहेको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । स्थानिय सरकारको रुपमा रहेको नगरपालिका र गाउपालिकालाई नै नेपालको संविधान २०७२ को अनुसुचिमा माध्यमिक तहको शिक्षालाई गाउपालिकाको एकल सुचिमा राखिएको हुदा पनि शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम भई रहेको उनले जनाए । माध्यमिक तहको शिक्षा स्थानिय तहको एकल सुचिमा छ,उनले भने,संविधानको कार्यान्वयन र नागरिकको शिक्षा पाउने मौलिक अधिकारलाई अनुभुति गराउ...
सरावलले सञ्चालन गर्यो विद्यार्थी भर्नासँगै आमा अभिभावकलाई अभिभावक शिक्षा कार्यक्रम
शिक्षा, समाज

सरावलले सञ्चालन गर्यो विद्यार्थी भर्नासँगै आमा अभिभावकलाई अभिभावक शिक्षा कार्यक्रम

नवलपरासी,२७ बैशाख,जिल्लाको सरावल गाउपालिकाले विद्यालयमा भर्ना अभियानसँगै आमा अभिभावक शिक्षा कार्यक्रम समेत सञ्चालन गरेको छ । बालबालिकासँग सबै भन्दा नजिक रहने आमा अभिभावकलाई नै जागरुक बनाउदै शैक्षिक सुधारका अभियान चलाउन सकिने निष्कर्ष निकाल्दै गाउपालिकाले सो अभियान सञ्चालन गरेको हो । विद्यालयमा बालबालिका भर्ना गरे पनि सामुदायिक विद्यालयका अभिभावकहरु आफ्नै बालबालिकाको आवश्यकता पठन पाठन प्रति निगरानी लगायतका कुरामा ध्यान नदिईने हुदा यस्तो आमा अभिभावक शिक्षा सञ्चालन गरिएको गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताए । पहिलो चरणमा अभिभावक मध्ये आमा अभिभावकहरुको छनौट गरि एक दिने कक्षा सञ्चालन गरिएको हो,अध्यक्ष चौधरीले भने,यसले आमाहरु आफ्नो बालबालिका प्रति पठन पाठन तथा शैक्षिक गतिविधिमा निरन्तर सहयोग गर्ने गरि प्रतिवद्धता समेत जनाएका छन् । आमा अभिभावक शिक्षा कक्षा कार्यक्रममा सहभा...
पहिलो ‘कोलिय अस्तिधातु जात्रा’ले रामग्रामबासी उत्साही
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

पहिलो ‘कोलिय अस्तिधातु जात्रा’ले रामग्रामबासी उत्साही

नवलपरासी,२३ बैशाखबुद्ध पुर्णिमाको अवसरमा रामग्राम नगरपालिकाले पहिलो कोलिय अस्तुधातु जात्रा निकालेर मनाउदा रामग्रामको विकास हुनेमा नगरबासी उत्साही भएका छन् । २५६७ औ बुद्धजयन्तीलाई फरक ढंगले मनाउदै रामग्राम नगरपालिकाले नगरक्षेत्रमा एउटा जात्राको शुभारम्भ गर्नाले नगरक्षेत्रको विकासका लागि एक नयाँ इतिहास रचिएको स्थानियले बताएका हुन् ।रामग्राम स्तुपा र प्राचिन कोलिय गणराज्यको राजधानी भएको कोलनगर रामग्राम(पण्डितपुर) लाई भावनात्मक रुपमा यो जात्राले जोडेको मात्र नभई नगरपालिकाकै लागि नयाँ इतिहास थपिएको रामग्राम नगरपालिका ५ का पुर्व वार्ड सदस्य समेत रहेका स्थानिय चन्द्र प्रकाश गुप्ताले बताए । यसले परासी बजार र सम्पुर्ण रामग्रामकै विकासमा नयाँ आयाम थपेकोछ,उनले भने,आधुनिक कालमा प्राचिनता झल्किने गरि अस्तुधातुको जात्रा निकाल्नु नगरप्रमुख लगायत नगरपालिका मात्रै नभई समग्र नगरबासीकै गौरव बढाएको छ । जसरी १...
गृहिणी महिलालाई ब्यवसायिक बन्न कृयाशिल गराउदै प्रदेश साँसद
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार, समाज

गृहिणी महिलालाई ब्यवसायिक बन्न कृयाशिल गराउदै प्रदेश साँसद

नवलपरासी,२३ बैशाखस्थानिय महिलालाई घरमै स्वरोजगार बनाउने गरि काम गर्नमा लुम्बिनी प्रदेश साँसद बैजनाथ जैसवालले कृयाशिल भई आफ्नो क्षेत्रमा काम गरिरहेको बताएका छन् । लुम्बिनी प्रदेश सरकारद्धारा स्थानिय महिलाहरुलाई ज्ञान सिपको बिकाससँगै अनुदान सहयोगमा सिलाई मेसिन समेत उपलब्ध गराएर स्वरोजगार अभियानलाई निरन्तरता दिलाउने कार्यमा लागेका हुन् ।पुरुषहरु रोजगारको खोजी गर्दै खाडी मुलुक तर्फ आकर्षित हुने तर मधेश सांस्कृतिक कारणले पनि महिलाहरु विदेश जान सक्ने अवस्था नभएको जनाउदै उनले महिलाहरुलाई घर,टोलमै स्वरोजगार हुने खालको कार्यक्रम बनाई लागु गराउनमा लागेको बताए । उनका अनुसार पाल्हीनन्दन गाउपालिकाकी २० जना गृहिणी महिलालाई सिप सिकौ,स्वरोजगार बनौ नाराका साथ तिन महिने सिचाई कटाई तालिम गराइएको र तालिम पश्चात सिचाई मेसिन पनि उपलब्ध गराइएको छ । यसले महिलाहरुलाई काम गर्न उत्साह बढाएको छ,प्रदेश साँसद जैसवालले ...
नागरिक समाज नवलपरासी अध्यक्षमा पुर्वप्रहरी निरिक्षक सैथवार
नवलपरासी (ब.सु.प.), समाचार, समाज

नागरिक समाज नवलपरासी अध्यक्षमा पुर्वप्रहरी निरिक्षक सैथवार

नवलपरासी२३ बैशाखनागरिक समाज नवलपरासीको अध्यक्षमा पुर्व प्रहरी निरिक्षक राधेश्याम सिँह सैथवार छनौट भएका छन् । नागरिक समाज नवलपरासीको शनिवार भएको एक भेलाले सैथवारलाई नागरिक समाजको अध्यक्षको जिम्मेवारी दिइने गरि छनौट गरेको हो ।विगत केही बर्ष देखी जिल्लामा निष्कृय बन्दै गएको नागरिक समाजलाई पुनः सक्रिय बनाई नागरिकको हक अधिकारबारे संगठित रुपमा आवाज उठाउने गरि नागरिक समाजमा नयाँ नेतृत्व छनौट गरिएको समाजका संस्थापक अध्यक्ष रामजी ज्ञवालीले बताए । पत्रकार,वकिल,अधिकारकर्मी,उद्योगी ब्यवसायि,समाजसेवी तथा संघसंस्थाका प्रतिनिधि सहितको भेलाले सैथवारलाई समाजको अध्यक्षमा छनौट गरेको हो,उनले भने,अब देखी नागरिक समाजले पुनः नेतृत्व पाएको छ । नागरिकका सवाललाई सरकार समक्ष शसतm रुपमा उठाउन सक्ने गरि नेतृत्व पाएको छ ।तत्काल ११ सदस्यि नागरिक समाज गठन भएको र पछि अन्य क्षेत्रबाट पनि सदस्य थप गर्ने समेत उनको भनाई थियो ...
पहिलो धातुयात्रा निकालेर बुद्ध पुर्णिमा मनाईन स्वम्सेवक परिचालनका लागि विद्यालयमा परिचयात्मक शिक्षा
रामग्राम नगरपालिका, शिक्षा, समाचार, संस्कृति

पहिलो धातुयात्रा निकालेर बुद्ध पुर्णिमा मनाईन स्वम्सेवक परिचालनका लागि विद्यालयमा परिचयात्मक शिक्षा

नवलपरासी २१ बैशाखपहिलो कोलिय अस्तुधातु यात्रालाई ब्यवस्थितका लागि विद्यार्थीलाई स्वम्सेवक बनाउन रामग्रामका विद्यालयमा परिचयात्मक शिक्षा चलाइएको छ । बैशाख पुर्णिमा प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर पण्डितपुर देखी रामग्राम स्तुपासम्म कोलिय अस्तिधातु जात्रा’ निकालेर मनाउन लागेको बुद्धपुर्णिमालाई भब्य बनाउन र ब्यवस्थित गर्न विद्यालयका विद्यार्थीहरुलाई स्वम्सेवक परिचालनका लागि परिचयात्मक शिक्षा दिइएको छ । अस्तिधातु जात्रा र बुद्धपुर्णिमाबारे जागरण तथा बुद्धस्थल को जानकारी समेत गरिएको हो ।यात्रामा सहभागिहरुलाई गाईडको रुपमा पनि काम गर्न र यात्रा ब्यवस्थित गर्नमा विद्यार्थीको पनि सहभागिता होस भनेर जागरण तथा परिचयात्मक शिक्षा चलाइएको रामग्राम नगरपालिकाका नगर प्रमुख धतपत यादवले जानकारी गराएका थिए । उनका अनुसार रामग्राम स्तुपा क्षेत्रमा उत्तम बालहित माविका कक्षा ९ र १० का विद्यार्थी र प्राचिन को...
धातुयात्रा निकालेर बुद्ध पुर्णिमा मनाईन लागिएको बुद्धपुर्णिमाको रामग्राममा भब्य तयारी
रामग्राम नगरपालिका, समाचार, संस्कृति

धातुयात्रा निकालेर बुद्ध पुर्णिमा मनाईन लागिएको बुद्धपुर्णिमाको रामग्राममा भब्य तयारी

नवलपरासी २१ बैशाखबैशाख पुर्णिमा प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर पण्डितपुर देखी रामग्राम स्तुपासम्म कोलिय अस्तिधातु जात्रा’ निकालेर मनाउन लागेको बुद्धपुर्णिमालाई भब्य बनाउन सरसफाई कार्यक्रम गरिएको छ । अस्तिधातु जात्रा र बुद्धपुर्णिमाबारे जागरण तथा बुद्धस्थल र बजार क्षेत्रको सरसफाई गरिएको हो ।शसस्त्र प्रहरी र नेपाली सेना तथा स्थानियबासीको सहभागितामाम सरसफाई गरिएको रामग्राम नगरपालिकाका नगर प्रमुख धतपत यादवले जानकारी गराएका थिए । उनका अनुसार रामग्राम स्तुपा क्षेत्र ,परासी बजार र प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर पण्डितपुरमा सबैको सहभागितामा सरसफाई गरिएको थियो । रामग्राम नगरपालिकाले विभिन्न उपसमिति बनाई तयारीलाई तिब्रता दिइएको छ । जिल्ला स्थित सरोकारवाला संघसस्था तथा शुरक्षा निकाय सहितको विस्तारित बैठक बसेर सो जात्रा मनाउनका लागि तयारी उपसमितिहरु गठन गरि काममा लगाएको थियो ।रामग्राम ...
परासी प्रेस क्बलद्धारा रामग्राम स्तुपामा मनाइयो विश्व प्रेस स्वतन्त्रता दिवस
रामग्राम नगरपालिका, समाचार, समाज

परासी प्रेस क्बलद्धारा रामग्राम स्तुपामा मनाइयो विश्व प्रेस स्वतन्त्रता दिवस

नवलपरासी, २० बैशाख,विश्व प्रेस स्वतन्त्रा दिवसको अवसरमा भगवान गौतम बुद्धको अस्तुधातु रहेको रामग्राम स्तुपा परिसरमा परासी प्रेस क्लबले अन्तरक्रिया गरि प्रेस स्वतन्त्रता दिवस मनाएको छ । प्रेस स्वतन्त्रताको अवस्था विषयक अन्तरक्रिया गर्दै सो दिवस मनाइएको हो ।प्रेस मानवअधिकारको प्रमुख क्षेत्र भएको र अहिले वर्तमान अवस्थामा पनि पुर्ण प्रेस स्वतन्त्रताको अवस्था नरहेको सहभागित पत्रकारहरुले बताएका थिए । स्वतन्त्र प्रेस विना मानवअधिकारको प्रत्याभुती नागरिकले पुर्ण रुपमा गर्न नपाउने हुदा जहिले पनि प्रेसलाई स्वतन्त्र रुपमा राज्यले काम गर्न दिनु पर्छ,सरकारले स्वतन्त्र प्रेसलाई प्रवद्र्धन समेत गुर्न पर्छ भन्ने कुरा औल्याइएको थियो । प्रमुख अथिती रामग्राम नगरपालिकाका नगरप्रमुख (मेयर) धनपत यादवले स्वतन्त्र प्रेसले मात्र नागरिकको अधिकार सुचिश्ति गराउन सक्ने बताए । तर प्रेसमा पनि केही विकृतिहरु मौलाउदै गएको र...
सुस्ताले शैक्षिक सुधार अभियान अन्तरगत दिलायो सबै शिक्षकलाई आधारभुत कम्प्युटर तालिम
शिक्षा, समाचार, सुस्ता गाउँपालिका

सुस्ताले शैक्षिक सुधार अभियान अन्तरगत दिलायो सबै शिक्षकलाई आधारभुत कम्प्युटर तालिम

नवलपरासी,१९ बैशाख,जिल्लाको सुस्ता गाउपालिकाले शैक्षिक सुधारका अभियान अन्तरगत सबै शिक्षकलाई आधारभुत कम्प्युटर तालिम सञ्चालन गरेको छ । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत नै गाउपालिका भित्रका सामुदायिक तथा मदरसाका शिक्षकहरुलाई ४० दिने आधारभुत तालिम सञ्चालन गरेको हो ।शैक्षिक क्षेत्रको गुणस्तर सुधारका कार्यक्रम गर्दै आएको सुस्ता गाउपालिकाले सुचना प्रविधिको उपयोग गर्नका लागि पनि आधारभुत कम्प्युटर सम्बन्धी ज्ञान हुनु पर्ने आवश्यकता महशुस गरि सो तालिम सञ्चालन गरिएको प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी गराए । अहिलेको युग सुचना प्रविधिको युग हो,उनले भने,युग अनुसार नै आफुलाई अपडेट हुनु पर्ने मान्यता अनुसार सबै शिक्षकले पनि आफ्नो कम्प्युटर सम्बन्धि सिप तथा क्षमता विकास गर्न आवश्यक छ । शिक्षकहरुको माग पनि विगत देखी नै रहेको हुदा अहिले सबै शिक्षकलाई आधारभुत कम्प्युटर तालिम सञ्...
‘धातु जात्रा’ निकालेर बुद्ध पुर्णिमा मनाईन रामग्राममा तयारी तिब्र
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

‘धातु जात्रा’ निकालेर बुद्ध पुर्णिमा मनाईन रामग्राममा तयारी तिब्र

नवलपरासी,१८ बैशाख,बैशाख पुर्णिमा प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर पण्डितपुर देखी रामग्राम स्तुपासम्म कोलिय ‘धातु जात्रा’ निकालेर मनाउन लागेको रामग्राम नगरपालिकाले विभिन्न उपसमिति बनाई तयारीलाई तिब्रता दिइएको छ । जिल्ला स्थित सरोकारवाला संघसस्था तथा शुरक्षा निकाय सहितको विस्तारित बैठक बसेर सो जात्रा मनाउनका लागि तयारी उपसमितिहरु गठन गरि काममा लगाएको हो ।रामग्राम स्तुपा यहिँ भएको र कोलिय गणराज्यका कोलिय राजाहरुले भगवान बुद्धको महापरिनिर्वाण कुशिनगरमा भएको अन्त्येष्टि पछि बचेको धातुबाट आफ्नो भागमा पाएको धातु ल्याएर रामग्राम स्तुपको स्थापना गरेका थिए । ति घटनालाई आम जनमानसमा सन्देश दिइने गरि धातु यात्राको शुभारम्भ गर्ने योजना अनुसार सो धातुजात्रा निकाल्न लागिएको छ ।कोलिय राजकुमारी यशोधराको जन्म पनि सोही दिन भएको बौद्ध इतिहास छ । त्यही भएर यशोधराको जन्मोत्सव पनि कोलिय गणराज्यको राजधानी रा...