रामग्राम स्तुपा परिसरमा मनाइयो विश्व जैविक विविधता दिवस
नवलपरासी,८ जेठविश्व जैविक विविधता दिवस भगवान गौतम बुद्धको अस्तिधातु रहेको रामग्राम स्तुपामा मनाइएको छ । संसारमा रहेका सम्पुर्ण जिवको सहअस्तित्वको कुरा र भगवान बुद्धद्धारा जिव हत्या नगुर्न भनि दिएको संदेश सान्दर्भिकतालाई जोडेर स्तुपाा परिसरमा सो दिवस मनाईको बौद्धिक समाजका अध्यक्ष अधिवतmा मनोज नागबंशीले बताएका हुन् ।सो कार्यक्रममा नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले जैविक विविधता जोगाउने अहिलेको अवस्थामा संविधानले नै स्थानिय सरकारलाई जिम्मेवारी दिएको छ,तर स्थानिय सरकारको रुपमा रहेको नगरपालिका र गाँउ पालिकाहरु त्यस प्रति गम्भिर नरहेको पाइएको छ । जैविक विविधताले नै मानव अस्तित्वलाई काम गरेको छ,उनले भने,मानव जिवमा पनि सचेत प्राणी हो,मानवले नै जैविक विविधतालाई गम्भिरताका साथ लिनु पर्छ । मानव समाजलाई नेतृत्व गर्ने सरकार हो,त्यसमा पनि सबै भन्दा नजिकको सरकार भनेको स्थानिय सरकार हो । तर सु...










