विधा

सँसारकोटलाई पर्यटन तथा आर्थिक क्षेत्रको रुपमा विकास गर्न वर्दघाट सरकार सक्रिय
पर्यटन, बर्दघाट नगरपालिका, समाचार

सँसारकोटलाई पर्यटन तथा आर्थिक क्षेत्रको रुपमा विकास गर्न वर्दघाट सरकार सक्रिय

नवलपरासी,२० जेठविभिन्न नयाँ र रचनात्मक कार्य गर्दै आएको जिल्लाको वर्दघाट नगरपालिकाले पहाडी क्षेत्र सँसारकोटलाई पर्यटन तथा पहाडी आर्थिक क्षेत्रको रुपमा विकास गर्न सक्रिय भएको छ । नगरक्षेत्रको सँसारकोट एक छुट्टै पहिचान बोकेको क्षेत्र रहेको हुदा सो क्षेत्रको विकासमा क्रियाशिलता देखाएको हो ।तराई मधेश र पहाड तिनवटै भुगोल जोडिएको वर्दघाट नगरपालिकाले क्षेत्रगत रुपमा साधन स्रोत र सामथ्र्यको अवस्था विश्लेषण गरि योजनबद्ध तरिकाले काम गर्दै आउने क्रममा पहाडी क्षेत्रलाई पनि आर्थिक क्षेत्रसँग जोडिन सकिने आधार तयार गरि सो क्षेत्रमा पुर्वाधारको पहुँच पुर्याउन लागिएको नगरपालिकाले जनाएको छ । नगरको सन्तुलित विकास गरेर मात्र नगर समृद्ध हुने मान्यता राखेर नगरपालिकाले काम गर्दै आएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए । नगरपालिकाका नगरप्रमुख सम्भुलाल श्रेष्ठ र उपप्रमुख रुद्रप्रकाश उप...
वर्दघाटमा छात्रवृति दिवसको घोषणा
बर्दघाट नगरपालिका, शिक्षा, समाचार

वर्दघाटमा छात्रवृति दिवसको घोषणा

नवलपरासी,१९ जेठजिल्लाको वर्दघाट नगरपालिकाले प्रत्येक बर्ष विश्व बालश्रम विरुद्धको दिवस जेठ २९ गते जुन महिनाको १२ तारेखलाई नगरपालिकाको छात्रवृति दिवसको रुपमा मनाउने घोषणा गरेको छ । नगरक्षेत्र भित्रका बालबालिकालाई छात्रवृति पनि वितरण गर्ने र दिवस पनि मनाउन सक्ने भएको हुदा सो घोषणा गरिएको हो ।छात्रवृति वितरण कार्यविधिले समेटने विद्यार्थीको छनौट गर्ने र छावृति वितरण गरिने गरि दिवसको घोषणा गरिएको प्रमुख प्रशासकिय अधिकृत कृृष्ण प्रसाद सापकोटाले जानकारी गराए । शिक्षा,युवा तथा खेलकुद शाखासँग समन्वय गरि सम्बन्धित सबै विद्यालयले विवरण उपलब्ध गराउने छन् । सो कार्यकाका लागि जनप्रतिनिधि,कर्मचारी र शिक्षासँग सम्बन्धित विभिन्न समितिहरुले छात्रवृति वितरण गर्नेको अनुगमन समेत गर्ने छन् । जिल्लामा सम्भवतः पहिलो नगरपालिका हो,जस्ले एकै दिन दिवस पनि मनाउने र छात्रवृति वितरण गर्नेछ । यसले अन्य नगरपालिका र गाउपाल...
बेलामै गण्डक नहर सिचाई जलउपभोक्ता समितिको निर्वाचन गराउनु पर्ने माग
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

बेलामै गण्डक नहर सिचाई जलउपभोक्ता समितिको निर्वाचन गराउनु पर्ने माग

नवलपरासी,१९ जेठ,नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली जलउपभोक्ता सस्थाका मुल समिति लगायत विभिन्न उपसमितिहरुको निर्वाचन बेलामै गर्नु पर्ने सरोकारवालाले बताएका छन् । सिचाई प्रणालीमा जलउपभोक्ता हरुको कृयाशिलताले मात्र प्रणालीहरु सहज ढंगले सुचारु गर्न सक्ने भएको र अहिले गण्डक जलउपभोक्ता सस्था लामो समय देखी निर्वाचन गराउन नसकेको हुदा बेलामै निर्वाचन गराई सक्रिय बनाउनु पर्ने माग उठेको हो ।जलश्रोत मन्त्रालयको सिचाई विभाग तथा राष्टिय सिचाई जल उपभोक्ता महासंघको संयुक्त आयोजनामा वर्दघाटमा भएको कार्यशालामा उक्त कुरा उठेको थियो । म्याद थप गर्दै गण्डक सिचाई जल जलउपभोक्ता सस्थाले काम गर्दै आएको भए पनि अन्तिम पटक थपिएको म्याद पनि डेढ महिना मात्रै बाकी रहदा बेलामै निर्वाचन गरि समितिले बैधानिकता प्राप्त गरि काम गर्नु पर्ने कुरा औल्याएका थिए । जलउपभोक्ता सस्थाको सहयोग विना सिचाई प्रणालीहरु सहज ढंगले सुचारु ...
सिमित साधान स्रोतले अधिक्तम काम गरेर जनता सन्तुष्ट बनाउदै सुस्ता गाउपालिका
राजनीति, समाचार, सुस्ता गाउँपालिका

सिमित साधान स्रोतले अधिक्तम काम गरेर जनता सन्तुष्ट बनाउदै सुस्ता गाउपालिका

नवलपरासी,१८ जेठजिल्लाको सुस्ता गाउपालिको सिमित साधनस्रोतले सन्तुलित विकास निर्माण गरेर सुस्ताबासीबासीलाई सन्तुष्ट बनाइएको जनाएको छ । बुधवार सुस्ता गाउपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले आफ्नो एक बर्षे कार्यकालको प्रगति विवरण पत्रकार भेटघाट कार्यक्रममा सार्वजनिक गर्दै सो कुरा जानकारी गरेको बताएका हुन् ।आन्तरिक आय कम र अनुदान पनि थोरै पाउने गरेको भए पनि त्यही सिमित साधनस्रोतको परिचालन गरि लोकप्रिय काम गर्दै आएको उनको भनाई थियो । उनका अनुसार समाजिक सुरक्षाका लागि छोरी सुनौलो भविष्य योजना कार्यक्रम अन्तरगत सुस्तामा जन्मिने छोरी शिशुका लागि जनही २५ हजारका दरले बजेट विनियोजन गरेको र लिनका लागि १ सय ७० जनाले आवेदन समेत दिएका छन् । किसानको उत्पादन शुरक्षित भण्डारणका लागि ५ सय मे.ट.क्षमताको शितभण्डार निर्माण भई सकेकोछ । सुस्ताका युवा युवतीलाई रोजगार र स्वरोजगार बनाउनका लागि मागमा आधारित २० जनालाई...
रामग्राममा श्रद्धालु बढे पनि सरकारी वेवास्ताले ब्यवस्थापन भएन
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राममा श्रद्धालु बढे पनि सरकारी वेवास्ताले ब्यवस्थापन भएन

नवलपरासी,१८ जेठजिल्लाको रामग्राम नगरपालिका ७ स्थित रामग्राम स्तुपा परिसरमा दिनानु दिन श्रद्धालुहरुको आकर्षण बढदै गए पनि उचित ब्यवस्थापन हुन सकेको छैन् । भगवान गौतम बुद्धको अस्तिको आठौ भाग रहेको अष्टधातु स्थलमा देशी विदेशी पुगेर श्रद्धा पुजा तथा ध्यान अभ्यास गर्ने क्रम बढे पछि सरोकारवालाले समान्य ब्यवस्थापन समेत गर्न नसकेको अवस्था देखिएको हो ।केही दिन पहिला विपश्यनाका अचार्य सुधा ग्रोवर समेतको टोली भारत मुम्बईबाट आएर एक छिन ध्यान गर्न खोजे तर ध्याना साधानका लागि कुनै खासै ब्यवस्थापन नदेखिए पछि उनीहरुको टोली स्तुपा अगाडी भुईमै बसेर ध्यान अभ्यास गरेर फर्के । ग्रोवर विपश्यनाचार्य सत्यनारायण गोयन्कासँगै दुई दशक पहिला पनि आएको र अहिले पनि आउदा रामग्राममा खासै परिवर्तन नदेखिएको बताएका थिए । यहाँका स्थानिय र यहाँका सरकारले यसको महत्व र गरिमा नबुझेर हो कि ? ब्यवस्थापकिय कार्य गर्ने इच्छा शतिm नभएर ...
एम्नेष्टी ईण्टरनेशनलको स्थापना दिवसको अवसरमा परासीमा दीप प्रज्वलन
नवलपरासी (ब.सु.प.), समाचार, समाज

एम्नेष्टी ईण्टरनेशनलको स्थापना दिवसको अवसरमा परासीमा दीप प्रज्वलन

एम्नेष्टी ईण्टरनेशनलको स्थापना दिवसको अवसरमा परासीमा दीप प्रज्वलन गरिएको छ । एम्नेष्टी ईण्टरनेशनल समूह ३१ परासीको आयोजनामा आज साँझ परासीमा दीप प्रज्वलन गरी एम्नेष्टी दिवस मनाईएको हो । एम्नेष्टी ईण्टरनेशनल समूह ३१ परासीका अध्यक्ष हुसेन अन्सारीको अध्यक्षता तथा निवर्तमान संयोजक विजय जयसवालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नागरिक समाज, रेडक्रस, पत्रकार, वकिल, मानवअधिकारकर्मी, अधिकारकर्मी लगायतको सहभागिता रहेको थियो । एम्नेष्टी इन्टरनेशनलको अप्रिल २८, १९६१ मा बेलायतमा स्थापना भएको थियो । अभिव्यक्ति स्वतन्त्रताको विषयमा आवाज उठाएका दुई जनालाई त्यहाको सरकारले थुनामा राखेपछि वेलायतका वकिल पिटर वेन्सनले एक पत्रिकामा आम माफि सम्बन्धि लेख लेख्नुभएको थियो । उक्त लेखका माध्यमबाट वेलायत सहित अन्य देशमा समेत अप्रिल फर एम्नेष्टी (आम माफी) अभियान सुरु भयो । उक्त अभियानमा जोडिएकाहरुले वेल्जियम सम...
सिमावर्ति गाँउको डुबान रोक्न सक्रिय लुम्बिनी प्रदेश साँसद जैसवाल
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार, समाज

सिमावर्ति गाँउको डुबान रोक्न सक्रिय लुम्बिनी प्रदेश साँसद जैसवाल

नवलपरासी,१४ जेठ,जिल्लाको दक्षिणी सिमा क्षेत्रको गाँउ जोगाउन स्थानिय लुम्बिनी प्रदेश साँसद बैजनाथ जैसवाल डुबानको कारण पछयाउदै समस्या समाधानको खोजीमा लागेका छन् । बर्षेनी बर्षायाममा डुबानको समस्या झेल्दै आएको सिमावती पाल्हीनन्दन गाउपालिका महेशपुर,रमपुरवा,सुनरी लगायतका गाँउ जोगाउनका लागि झरही नदीमा जम्मा भएको बालुवा सफाई गराउदै समस्या समाधानका कार्यमा उनी जुटेका हुन् । बर्षायाममा आउने बाढीको पानी झरहीखोलाबाट बाहिर ओभर फ्लो भई गाँउ डुबान गर्दै आएको निष्कर्ष निकाल्दै उतm खोलामा जम्मा भएको सिल्ट सफाई कार्य शुभारम्भ गराएको साँसद जैसवालले बताए । थोरै पानीले पनि गाँउमा पस्ने,गाँउ डुबान गर्ने,घर तथा खेतबारीका बालीनाली पनि नष्ट गर्दै आईरहेको अवस्था छ,उनले भने, यसको कारण स्थानियबासीले नै भनेका छन्,कि नदी पहिला गहिरो थियो,चुरेबाट बग्दै आउने बालुवा,भष्कट जम्मा भई खोलाको गहिराई पुरिएको छ,थोरै पानी...
सुस्ता भुमिमा पहिलो पटक नेपाली सेनाका जर्नेल पुग्दा सुस्ताबासीद्धारा भब्य स्वागत
समाचार, समाज, सुस्ता गाउँपालिका

सुस्ता भुमिमा पहिलो पटक नेपाली सेनाका जर्नेल पुग्दा सुस्ताबासीद्धारा भब्य स्वागत

नवलपरासी,१० जेठबेला बेलामा भारतियद्धारा अतिक्रमणको चपेटामा पर्दै आएको नेपालको सुस्ता भुमिमा पहिलो पटक नेपाली सेनाको जर्नेल पुग्दा सुस्ताबासीले भब्य स्वागत गरेका छन् । नेपाली सेनाका उच्च अधिकृतको रुपमा बुधवार पुगेका जर्नेल ललित बहादुर कुँवरसँग हात मिलाउदै सुस्ताका स साना बालबालिकाहरु पनि उत्साही भएका हुन् ।वर्दि बिनाको सेना भई नेपाली भुमि तथा सिमा सुरक्षामा खटिने सुस्ताका के बालक ? के बस्यक ? के वृद्ध महिला पुरुष सबै जना मिलेर भारतिय पक्षको सामना गर्दै आएका सेनाका उच्च अधिकारी पहिलो पटक सुस्ता भुमिमा पाउदा खुशी ब्यतm गरेका थिए । राजनीतिक र सरकारी स्तरबाट धेरै अधिकारी र नेता मन्त्रीको आगमन भएको भए पनि नेपाली सेनाको जर्नेल पहिलो पटक सुस्तामा पुगेर सुस्ताबासीलाई उत्साही गराएको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खाँले बताए । सेनाको जर्नेल पहिलो पटक सुस्ता भुमिमा टेकेका छन्,उनले भने,अहिले सुस्ता...
गण्डक संघर्ष समितिले बुझायो, बि ग्याप बाँध मर्मतका लागि सहजीकरण गर्न जिससलाई अनुरोध पत्र
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

गण्डक संघर्ष समितिले बुझायो, बि ग्याप बाँध मर्मतका लागि सहजीकरण गर्न जिससलाई अनुरोध पत्र

नवलपरासी,९ जेठगण्डक नदी नियन्त्रण संघर्ष समितिले जिल्ला समन्वय समितिसँग बाँध मर्मत सम्भारलाई आवश्यक पर्ने निर्माण समाग्रिका लागि सहजीकरण गर्न माग गरेको छ । गण्डक बाँध अन्तरगतको वि ग्याप बाँध निर्माण कार्य गर्दा आवश्यक पर्ने निर्माण समाग्रि आपुर्तिमा अवरोध सृजना भएको भन्दै सहजीकरण गरिदिनका लागि जिल्ला समन्वय समिति (जिसस) अनुरोधपत्र बुझाउदै माग गरिएको हो ।गण्डक सम्झौता अनुसार गण्डक संरचना निर्माण गर्दा आवश्यक पर्ने ढुगाँ,गिट्टि,बालुवा तोकिएको राजश्व बुझाएर पाउने उल्लेख भए पनि स्थानियबासीबाट अवरोध सृजना भएको हुदा त्यसमा सहजीकरणका लागि पहल गर्न भनेर पत्र बुझाइएको संघर्ष समितिका अध्यक्ष दुधनाथ गुप्ताले बताए । विगत बर्षमा संघर्ष समितिले गरेको संघर्षको प्रतिफल स्वरुप अहिले भारतिय पक्षले काम गर्न लागि रहेको र त्यसमा स्थानिय केही ब्यतिmले अवरोध गरिरहेको जनाउदै निर्माण समाग्रि आपुर्तिका लागि सहजीकरण...
संस्कृति संरक्षण गरि पर्यटन ब्यवसाय तर्फ आकर्षित गर्न आवश्यक ः मन्त्री पाण्डे
रामग्राम नगरपालिका, समाचार, संस्कृति

संस्कृति संरक्षण गरि पर्यटन ब्यवसाय तर्फ आकर्षित गर्न आवश्यक ः मन्त्री पाण्डे

नवलपरासी,९ जेठसंस्कृतिक संरक्षण गरि पर्यटन ब्यवसाय तर्फ आकर्षित गर्न लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्री सन्तोष कुमार पाण्डेले बताएका छन् । जिल्लाको रामग्राम नगरपालिका २ झरही किनार स्थित परासी हाटबाजर लाग्ने स्थलमा पहिलो रामग्राम साँस्कृतिक मेला २०८० को उदघाटन गर्दै उनले सो कुरा बताएका हुन् । नेपाल पर्यटन उद्योगको सम्भावना बोकेको देश हो,त्यसमा पनि लुम्बिनी प्रदेशको नवलपरासी,रुपन्देही र कपिलबस्तु जिल्ला भगवान बुद्धसँग सम्बन्धित भएको हुदा सांसरका बौद्धमार्गिहरुलाई आकर्षित गरि पर्यटन उद्योग फस्ताउन सक्ने प्रसस्त सम्भावना भएको क्षेत्र हो । यो रामग्राम नगरपालिकामा रामग्राम स्तुपमा भगवान बुद्धको अस्तुधातु अवस्थित छ,उनले भने,धातु भएको माटो नै संसारका लागि पवित्र माटो बन्न सक्छ,यहाँका बाटो संसार भरि एक ग्राम माटो एक डलरमा बेच्न सकिन्छ,तर त्यसका लागि नगरपालिका र स...