विधा

सरावल गाउपालिकाले गर्यो एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान
शिक्षा, समाचार, सरावल गाउँपालिका

सरावल गाउपालिकाले गर्यो एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान

नवलपरासी, ३ साउनजिल्लाको सरावल गाउँपालिकाले माध्यमिक शिक्षा परिक्षा एसईई २०७९ मा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरेको छ । बुधवार एक समारोह विच उत्कृष्ट नतिजा हासिल गर्न सफल भएका विद्यार्थीलाई सम्मान गरेको छ ।पालिका भित्रका सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयका एसइइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप सम्मान पत्र प्रदान गरिएको गाउपालिकाले जनाएको छ । जिल्लामा उत्कृष्ट ४ जिपिए ल्याउने छात्रा प्रतापपुरको लिटिल बुद्ध स्कुल फाउन्डेसनकी कृष्णा कुमारी गौड, सरावल गाउँपालिकामा उत्कृष्ट ३.७६ जिपिए ल्याउने आर्दश माध्यमिक विद्यालय सरावल २ खोखरपुराका छात्रा निलमकुमारी गुप्ता तथा एसइइ उत्कृष्ट भएका पालिका भित्रका ४२ जना विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप नगद सहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।सरावल गाउँपालिकाका अध्यक्ष सुखाडि प्रसाद चौधरीले विद्यार्थिहरुलाइ शिक्षा...
सुस्ता अस्पताल नबनाउने निर्माण कम्पनीलाई कालोसुचिमा राखी कारवाही प्रकृया अगाडी बढाउदै गाउपालिका
समाचार, सुस्ता गाउँपालिका, स्वास्थ्य

सुस्ता अस्पताल नबनाउने निर्माण कम्पनीलाई कालोसुचिमा राखी कारवाही प्रकृया अगाडी बढाउदै गाउपालिका

नवलपरासी,३ साउनम्याद सकिए पनि अस्पताल निर्माणकार्य नगर्ने निर्माण कम्पनीलाई सुस्ता गाउपालिकाले कारवाही प्रकृया अगाडी बढाएको छ । निजी स्वार्थलाई प्राथमिकतामा राखी असपताल जस्तो पुर्वाधार निर्माण नगरि जनस्वास्थ्य माथि खेलवाड गर्ने कार्य निर्माण कम्पनीलाई कालोसुचीमा राख्ने गरि कारवाही प्रकृया अगाडी बढाएको हो ।निर्माण ब्यवसायिको लापरवाहीले सुस्तामा बन्न लागेको अस्पतालको निर्माण कार्य विगत बर्ष देखी नै अलपत्र परेको छ । ठेक्का सम्झौता गर्ने तर काम नगर्ने निर्माण ब्यवसायिका कारण अपस्पताल निर्माण कार्य अलपत्र परेको हो । अस्पताल निर्माण कार्य शुरु गर्न पटक पटक ताकेता गरिए पनि काम नगरे पछि गाउपालिका बाध्य भएर कारवाही प्रकृया अगाडी बढाएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । निर्माण कम्पनीले माग गरेको पेश्कि रकम समेत गाउपालिकाले उपलब्ध गराएको थियो,तर काम नगर्ने लक्षण देखाए प...
परासीमा पहिलो पटक पिस पार्कको सञ्चालन कार्य शुभारम्भ
पर्यटन, रामग्राम नगरपालिका, समाचार

परासीमा पहिलो पटक पिस पार्कको सञ्चालन कार्य शुभारम्भ

नवलपरासी,१ साउनजिल्लाको सदरमुकाम परासीमा पहिलो सार्वजनिक पार्कको रुपमा पिस पार्क सञ्चालन कार्य शुभारम्भ भएको छ । रामग्राम नगरपालिका वार्ड नं.८ उनवछ गाँउ पुर्व बसपार्क नजिकै सो पार्कको शुभारम्भ सोही वार्डका वार्ड अध्यक्ष महेन्द्र ठाकुरले गरेका हुन् ।पार्कको शुभारम्भ गर्दै उनले अहिले आफ्नै वार्डमा बन्न लागेको यो पिस पार्क नगरपालिकाकै सम्पति भएको बताए । यसमा रामग्राम नगरपालिकाले समेत लगानी गुर्न पर्छ,उनले भने, वार्ड स्तरबाट हुने सहयोग निरन्तर भई नै रहन्छ । धेरै दिन देखी परासी बजार क्षेत्रमा पार्क नभएको आवश्यकता महशुस भई रहेको थियो । अहिले यो पिस पार्कले सो आवश्यकतालाई पुर्ति हुने हुदा उनले खुशी ब्यतm गरेका थिए । वार्डले शुरुवात गरेको छ,तर पार्क ब्यवस्थानमा करोडौ लगानी लाग्न सक्ने हुदा नगरपालिका,प्रदेश सरकार र संघिय सरकारले पनि स्वामित्व लिएर लगानी गर्न समेत उनले औल्याएका थिए । स्थानिय लोहसडा ...
नवलपरासीका थारुमा भारी मात्रामा सिकलसेलका विरामी भेटिदै
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

नवलपरासीका थारुमा भारी मात्रामा सिकलसेलका विरामी भेटिदै

नवललपरासी,३१ असारजिल्ला भित्रका थारु समुदायको रतm नमुना परिक्षण गर्दा सिकलसेल तथा थालासेमिया रोग रहेका विरामी भेटिन थालेका छन् । प्रायः थारु समुदायमा भेटिने सिकलसेल समस्या भएको हुदा थारु समुदायमा परिक्षण गर्दा सिकलसेल भएका ब्यतिmहरु भेटिन थालेका हुन् । आईतवार जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको सिकलसेल एनिमिया र थालासेमिया रोग सम्बन्धि पत्रकारहरुलाई अभिमुखीकरण तथा अन्तरक्रियामा सिकलसेल सम्बन्धि जानकारी गराइएको थियो । जिल्लाका सात पालिका मध्ये ६ वटा पालिकामा नमुना संकलन गरि परिक्षण गरिएको थियो । पाल्हीनन्दन गाउपालिकाले कम चाँसो देखाएका कारण ति पालिकामा हालसम्म नमुना परिक्षण हुन नसकेको कार्यालयले जानकारी गराएको थियो । कार्यालयका अनुसार सरावल गाउपालिकामा कुल ३ सय ७४ जनाको रतm नमुना लिएको थियो,जस्मा सिकलसेल बाहक ८ जना,थालासेमिया २१ जना,एचबीई १ जना र ९१ जनाको अझै नतिजा आउन बाकी नै र...
महेशपुर भन्सारमा प्लान्ट क्वारेन्टाईन सञ्चालन गर्न हाटबजार जिल्ला समन्वय समितिको माग
अर्थ, नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

महेशपुर भन्सारमा प्लान्ट क्वारेन्टाईन सञ्चालन गर्न हाटबजार जिल्ला समन्वय समितिको माग

नवलपरासी,२९ असारमहेशपुर भन्सार नाकामा प्लान्ट क्वारेन्टाईन स्थापनाका लागि पहल गर्न हाटबजार जिल्ला समन्वय सिमितिले जिल्ला समन्वय समिति(जिसस) लाई ज्ञापनपत्र बुझाएको छ । जिल्लाको महेशपुर नाकामा मुल भन्सार कार्यालय स्थापना भएको बर्षाै वित्ति सक्दा पनि हालसम्म प्लान्ट क्वारेन्टाईनको ब्यवस्थापन नहुदा स्थानिय ब्यवसायी तथा उपभोतmालाई मर्का परेको भन्दै सो ज्ञापनपत्र बुझाएको हो ।सम्बन्धित सरोकारवाला निकायसँग पहल गरि प्लान्ट क्वारेन्टाईनको ब्यवस्थापन गर्न जिसस प्रमुख भगौती प्रसाद यादवलाई हाटबजार जिल्ला समन्वय समितिका अध्यक्ष राधेश्याम अग्रहरीले ज्ञापनपत्र बुझाएका थिए । मुल भन्सार नाका तत्कालिन अर्थमन्त्री डा.युवराज खतिवडाले शुभारम्भ गरेका थिए । तर हालसम्म भन्सार विभागले सो भन्सार नाकामा प्लान्ट क्वारेन्टाईन सञ्चालनमा ल्याउन सकेको छैन्,जस्ले गर्दा किसानलाई विउँ विजन,तरकारी लगायतका बनस्तीजन्य पदार्थको ...
विद्युत समस्यालाई लिएर नागरिक समाजले बुझायो जिससलाई ज्ञापनपत्र
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार, समाज

विद्युत समस्यालाई लिएर नागरिक समाजले बुझायो जिससलाई ज्ञापनपत्र

नवलपरासी,२९ असारनागरिक समाज नवलपरासीले जिल्ला भित्र पुर्ण भोल्टेजको विद्युत आपुर्ति नहुदा सेवाग्राही मर्कामा परेको जनाउदै जिल्ला समन्वय समिति(जिसस) लाई ज्ञापनपत्र बुझाएको छ । जिसस प्रमुख भगौती प्रसाद यादवलाई सो ज्ञापनपत्र बुझाउदै सम्बन्धित सरोकारवा निकायसँग पहल र समन्वय गर्न आग्रह समेत गरेको हो ।नेपाल विद्युत प्राधिकरण परासी वितरण केन्द्रसँग सम्पर्क गर्दा केन्द्रले पुर्ण क्षमताको विद्युत आपुर्तिका लागि राष्ट्रिय प्रशारण लाईनको ३३ केभि लाईन विस्तार हुन आवश्यक रहेको र सो लाईन विस्तार अन्तिम चरणमा पुगे पनि केही स्थानमा अवरोधका कारण जडान हुन नसक्दा समस्या आएको विषय ज्ञापनपत्रमा उल्लेख गरिएको छ । अवरोध हटाउन जिससले पहल गरि दिन भन्दै ज्ञापनपत्र बुझाइएको नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले बताए । अवरोध के कति कारण र कस्को कारणले भई रहेको छ ? त्यसबारे पनि जिससले पत्ता लगाई समस्या हल गर्न...
कोलिय गणराज्यको प्राचिन हल्लिदावसन नगर (बुद्धमंगल ताल) क्षेत्रमा पर्यटकिय पुर्वाधार थपिदा आकर्षण बढ्दै
पर्यटन, बर्दघाट नगरपालिका, समाचार

कोलिय गणराज्यको प्राचिन हल्लिदावसन नगर (बुद्धमंगल ताल) क्षेत्रमा पर्यटकिय पुर्वाधार थपिदा आकर्षण बढ्दै

नवलपरासी,२८ असारप्राचिन कोलिय गणराज्य अन्तरगतको प्राचिन हल्लिदावस नगरको रुपमा चिनिने वर्दघाट नगरपालिका स्थित पर्यटकिय क्षेत्र बुद्धमंगल ताल क्षेत्रमा पर्यटन पुर्वाधार थपिदा आकर्षति हुदै गएको छ । तालको विचमा भगवान बुद्धको मुर्ति प्रस्थिापनसँगै चक्रमण गर्ने र ताल भरि ढक्कमक्क कमलको फूल फूलेको हुदा पर्यटकलाई लोभ्याउने गरेको हो ।वर्दघाट नगरपालिकाले बुद्धमंगल ताल क्षेत्रलाई पर्यटकिय पुर्वाधार विकासँगै वृहद लुम्बिनी(ग्रेटर लुम्बिनी) मा समावेश गराई बौद्ध परिपथ भित्र राख्नका लागि पनि पहल भई रहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी गराए । बौद्ध परिपथमा समावेश भए पछि लुम्बिनीमा आउने पर्यटकलाई यो बुद्धमंगल पनि एक बौद्ध तिर्थ स्थल भएको जानकारी पश्चात धार्मिक पर्यटक बढने आशाका साथमा पर्यटन पुर्वाधारमा लगानी वृद्धि गरिएको उनको भनाई थियो । प्राचिन कालमा कोलिय गणराज्य अन्तर...
जिल्लाका डुबान लगायतका समस्या लिएर जनप्रतिनिधि मण्डल युपी मुख्यमन्त्री योगिलाई भेट्न जाने
कृषि, नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

जिल्लाका डुबान लगायतका समस्या लिएर जनप्रतिनिधि मण्डल युपी मुख्यमन्त्री योगिलाई भेट्न जाने

नवलपरासी,२४ असारभारतसँग जोडिएका र भारतिय सहयोगमा समस्या समाधान गर्न सक्ने विषयबस्तुलाई लिएर जिल्लाका जनप्रतिनिधिहरु भारत उत्तर प्रदेश(युपी)का मुख्यमन्त्री योगी आदित्यनाथलाई भेट्ने भएका छन् । असार अन्तिम सातामा जिल्लाका सातवटै पालिका प्रमुख र जिल्ला समन्वय समिति(जिसस)प्रमुख भगौती प्रसाद यादव सहितको जनप्रतिनिधि मण्डल युपी मुख्यालय लखनउ जाने तयारीमा जुटेका हुन् ।मुख्यमन्त्री योगीलाई भेट्नका लागि चाँजो पाँजो मिलाई दिन पुर्व गृहराज्यमन्त्री तथा साँसद देवेन्द्रराज कण्डेललाई जिम्मेवारी सुम्पिएको जिसस प्रमुख यादवले बताए । तयारीका लागि रामग्राम नगरपालिकामा कण्डेल,जिसस प्रमुख यादव लगायत पालिका प्रमुखहरुको अनौपचारिक बैठक समेत बसेको थियो । योगी तथा युपी सरकारसँग जिल्लाका किसानहरुको मलखाद्य आपुर्ति समस्या,चुरेबाट बगेर भारत तर्फ जाने विभिन्न खोला जलाधार ब्यवस्थापन,धार्मिक पर्यटन मार्ग तथा अन्य पुर्वाधार...
अग्रहरीको नेतृत्वमा हाटबजार जिल्ला समन्वय समिति गठन
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

अग्रहरीको नेतृत्वमा हाटबजार जिल्ला समन्वय समिति गठन

नवलपरासी,२३ असार,निजी क्षेत्रको नेतृत्वदायी संघसस्थाहरुले हाटबाजरमा ब्यवसाय गर्दै आएको किसान तथा ब्यवसायीको समस्या सम्बोधन गर्न छाडे पछि हाटबाजर जिल्ला समन्वय समिति गठन भएको छ । स्थानिय हाटबजार ब्यवसायि राधेश्याम अग्रहरीको नेतृत्वमा ७ सदस्यि तदर्थ समिति बनाई हाटबाजर जिल्ला समन्वय समिति गठन गरिएको हो ।प्राचिन कालका नगर राज्यको अवधारणामा सञ्चालन हुदै आएको राज्यका बेला पनि हाटबाजर चल्दै आएको तर अहिले राष्ट्रिय राज्यको बेला गठन भएका उद्योग बाणिज्य संघ लगायतका संघसस्थाहरुले हाटबाजरलाई उपेक्षा गर्ने सकेसम्म बन्द गराउने षणयन्त्रमा लागेका कारण हाटबजार ब्यवसायिलाई संगठित गरि ब्यवस्थापनका गर्ने उदेश्यले समिति गठन गरिएको अग्रहरीले बताए । अहिले गठन भएको समिति तदर्थको रुपमा रहेको छ,उनले भने,विस्तारै यसलाई बैधानिक बनाईने र ब्यवस्थापनका कार्य गर्नका लागि सरकारी पक्षसँग समन्वय सहकार्य गरिने छ ।स्थानिय सरक...
सरावल सरकारले बनायो धनेवाखोला करिडोरको डिपिआर
विकास पुर्वाधार, समाचार, सरावल गाउँपालिका

सरावल सरकारले बनायो धनेवाखोला करिडोरको डिपिआर

नवलपरासी,२३ असारजिल्लाको सरावल गाउपालिकाले बर्षेनी डुबान झेल्दै आएको धनेवा खोला ब्यवस्थापनसँगै खोलालाई उपयोग हुने गरि धनेवा करिडोरको (विस्तृत परियोजना प्रतिवेदन) डिपिआर गराएको छ । झण्डै पचास करोड लागत पर्ने उतm करिडोरको डिपिआर बनाई क्रमशः पालिका गौरवको आयोजनामा समावेश गरि काम गर्ने गरि डिपिआर तयार भएको हो ।विगत तिन दशक देखी धनेवा खोलाको उचित ब्यवस्थापनका लागि स्थानियले माग गर्दै आएका थिए । तर खोलाको ब्यवस्थापन हुन सकिरहेको थिएन्,गाउपालिका अध्यक्ष सुखाडी चौधरीले भने,आफु निर्वाचित भएर आए पछि पहिलो प्राथमिकतामा राखेर उतm डिपिआर बनाउन लगाएको हो । खोलाको दुबै किनारामा सडक करिडोर बन्ने र खोलाको ब्यवस्थान गरि जलनिकास र खोलामा अन्य आयआर्जनक माध्यम बनाउन सक्ने गरि डिपिआरमा समावेश गरिएको छ । यस्ले पालिकाको झण्डै आधा भाग ओक्टने कुल ७ वटा वार्ड मध्ये ४ वटा वार्डका बासिन्दालाई राहत पुर्याउने छ । डिपिआर...