रुपन्देहीको ओमसतिया गाउपालिका स्थित शिलवटिया गाँउ बौद्धकालिन प्राचिन ‘शिलावती गाँव’ !
नवलपरासी,१२ भदौरुपन्देही जिल्लाको ओमसतिया गाउपालिका स्थित सिलवटिया गाँउ बौद्धकालिन प्राचिन शिलावती गाँव भएकोबारे सम्भाब्यता अध्ययन गर्नु पर्ने स्थानियले बताएका छन् । वृहद लुम्बिनीसँग जोडेर नै बौद्ध परिपथ भित्र समावेश गर्नका लागि पनि यसको सम्भाब्यता अध्ययन गर्नु पर्ने स्थानियबासीले बताएका हुन् ।बौद्ध साहित्यमा प्राचिन शाक्यहरुको कपिलबस्तु राज्य भित्रकै एक प्रतिष्ठित गाँउ भएको र सो स्थानमा भगवान बुद्ध पुगेर सम्बहुल सुत्तको उपदेश दिएको उल्लेख पाईन्छ । रोहिणी नदी किनारमा रहेको शाक्य सिमाभित्र पर्ने यो शिलावती गाँउमै समृद्धि सुत्तको पनि उपदेश दिएको कुरा पनि उल्लेख भएको बौद्ध अध्ययेताहरुको भनाई रहेको स्थानिय राज कुमार चौधरीले बताए । अहिले रुपन्देही जिल्ला भित्र रहेको भए पनि प्राचिन कोलिय शाक्य राज्यको सिमा छुट्टयाउने रोहिणी नदी पश्चिममा सिलवटिया गाँउ भनेर रहेको छ,उनले भने,विगत बर्ष देखी नै यस क्...










