विधा

रामग्राम स्तुपा क्षेत्रको विकासका लागि नगरपालिकाले बनायो,रामग्राम विकास कोष ऐन २०८०
रामग्राम नगरपालिका, समाचार, समाज, संस्कृति

रामग्राम स्तुपा क्षेत्रको विकासका लागि नगरपालिकाले बनायो,रामग्राम विकास कोष ऐन २०८०

नवलपरासी,११ असारविगत डेढ दशक देखी स्थानिय संघसस्थाले रामग्राम विकास समिति बनाउन गर्दै आएको माग रामग्राम नगरपालिकाले पुरा गरेको छ । रामग्राम नगरपालिकाको नगरसभाले रामग्राम विकास समिति ऐन २०८० पारित गर्दै सो माग पुरा गरेको हो ।लुम्बिनी विकास कोषले भगवान गौतम बुद्धको अष्तिधातु रहेको रामग्राम स्तुपा तथा प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर पण्डितपुरको विकासका लागि काम नगरेको भन्दै स्थानिय रामग्राम पर्यटन विकास सस्थाले छुट्टै विकास समिति वा कोष गठन गरि काम गर्न माग गर्दै आएको थियो । सस्थाले रामग्रामको भ्रमण गर्न आउने राष्टपति,उपराष्टपति,प्रधानमन्त्री तथा विभिन्न मन्त्रिसँगै रामग्राम विकासका लागि छुट्टै समिति बनाई काम गर्नु पर्ने माग उठाउदै आएको थियो । केही बर्ष विद्यालय,गाँउ,टोल तथा चोक चोकमा हस्ताक्षर अभियान समेत चलाएको थियो । तर संघिय सरकारबाट संस्थाले उठाउदै आएको माग सम्बोधन नभए पनि स्थानिय...
गाउसभा पश्चात प्रतापपुर गाउपालिकाले गर्यो सार्वजनिक सुनुवाई
प्रतापपुर गाँउपालिका, राजनीति, समाचार

गाउसभा पश्चात प्रतापपुर गाउपालिकाले गर्यो सार्वजनिक सुनुवाई

नवलपरासी,११ असारजिल्लाको प्रतापपुर गाउपालिकाले गाउपाालिकाको गतिविधि सार्वजनिक गर्दै जनताको जुनासो र सुझाव प्रत्यक्ष रुपमा सुन्ने सुनाउने गरि सार्वजनिक सुनुवाई गरेको छ । बार्षिक रुपमा दुई पटक सार्वजनिक सुनुवाई गर्नु पर्ने गाउपालिकाको लक्ष्य बमोजिम गाउसभा सकिने वित्तिकै सार्वजनिक सुनुवाई गरिएको जानकारी गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवी घिमिरेले जानकारी गराएका हुन् ।विगत बर्षमा सार्वजनिक सुनुवाई गर्ने कार्य रोकिएको भए पनि नव निर्वाचित जनप्रतिनिधि आए पश्चात अहिले सार्वजनिक सुनुवाईले पुनः निरन्तरता पाएको हो । सार्वजनिक सुनुवाईले गाउपालिका भित्र शुसासन चुष्टदुरुष्त बनाउदै जाने र जनताको भावना र चाहनालाई समेत सम्बोधन गर्न सक्ने माध्यम भएको हुदा सार्वजनिक सुनुवाई गाउपालिकाका लागि महत्वपुर्ण कार्यक्रम भएको गाउपालिकाका अध्यक्ष उमेश चन्द यादवले बताए । नेपालको संविधान २०७२ अनुसार नेपालमा ति...
रामग्राम लगायत पुरातात्विक क्षेत्रमा काम गर्न पुरातत्व अधिकृतको टोली सुझाव संक्लन गर्दै
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम लगायत पुरातात्विक क्षेत्रमा काम गर्न पुरातत्व अधिकृतको टोली सुझाव संक्लन गर्दै

नवलपरासी,१ असारगौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुपा लगायत क्षेत्रमा पुरातात्विक क्षेत्रको संरक्षण र पर्यटकिय क्षेत्र प्रवद्र्धनमा पुरातत्व अधिकृतको टोलीले सुझाव संकलन गरेको छ । रामग्राम नगर प्रमुख धतपत यादव र प्रमुख प्रशासकिय अधिकृत मान बहादुर खड्का लगायत पुरातत्व र रामग्राम प्रति चाँसो राख्ने ब्यतिmत्वहरुसँग छलफल गरि लुम्बिनी विकास कोष अन्तरगत रहेको पुरातत्व महाशाखा प्रमुख समेत रहेका पुरातत्व अधिकृत हिमाल उप्रेती सहितको टोलीले सुझाव संकलन गरेको हो ।रामग्राम नगरपालिका भित्र रहेको प्रमुख पुरातात्विक स्थल रामग्राम स्तुपा क्षेत्र र प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर पण्डितपुरको स्थलगत अध्ययन समेत टोलीले गरेको थियो । सोही क्रममा रामग्राम स्तुपामा पुगेको टोलीलाई लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जैसवालले लुम्बिनी विकास कोषकै कारण यो क्षेत्र ओझेलमा परेको आरोप समेत लगाएका थिए । लुम्बिनी...
सरावलमा किसोरीलाई गुडिया तथा कुसन बनाउने तालिम
समाचार, समाज, सरावल गाउँपालिका

सरावलमा किसोरीलाई गुडिया तथा कुसन बनाउने तालिम

जिल्लाको सरावल गाउपालिकाले किसोरीलाई लक्षित गरि कुसन तथा गुडिया बनाउने तालिम सञ्चालन गरेको छ । किसोरी अवस्था देखी नै सिपमुलक तालिम प्रदान गरि आत्मनिर्भर बनाउने उदेश्यले सो तालिम सञ्चालन गरेको हो ।सरावल ४ गोबरहियामा सञ्चालिन पाँच दिने तालिमको समापन गर्दै गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीलेले किसोरीहरुलाई शिक्षा,ज्ञानसँगै शिपमुलक र आयमुलक तालिमको आवश्यकता महशुस गरेर योजना बनाई तालिम सञ्चालन गरिएको छ । तालिममा सहभागि किसोरीहरुले तालिम तालिमका लागि मात्रै नभई तालिम प्राप्ती पछि सो कार्यलाई निरन्तर अभ्यास गरि राख्न पनि आग्रह गरेका थिए । कार्यक्रममा गाउपालिकाका उपाध्यक्ष बासमति हरिजनले किसोरीको आवश्यकता पहिचान गरि यस्तो तालिम राखिएको बताईन् । तालिममा सिकेका कुरा निरन्तर ब्यवहारिक जिवनमा प्रयोगमा ल्याउनु पर्छ,उनले भनिन,फेरी पनि एडवान्स तालिम पनि सञ्चालन गर्न सकिन्छ । अन्य महिला किसोरीलाई ...
सिद्धार्थको महाभिनिष्क्रमण जात्रा : कपिलबस्तुदेखि नवलपरासीको अनोमाघाटसम्म असार पुर्णिमाको अवसरमा सिद्धार्थको महाभिनिष्क्रमण जात्रा
नवलपरासी (ब.सु.प.), पर्यटन, समाचार, संस्कृति, सुस्ता गाउँपालिका

सिद्धार्थको महाभिनिष्क्रमण जात्रा : कपिलबस्तुदेखि नवलपरासीको अनोमाघाटसम्म असार पुर्णिमाको अवसरमा सिद्धार्थको महाभिनिष्क्रमण जात्रा

नवलपरासी,३० जेठजिल्लाको सुस्ता ५ स्थित अनोमाघाटलाई बौद्ध पर्यटन क्षेत्रको रुपमा विकास गर्ने उदेश्यले महाभिनिष्क्रमण जात्रा सहित असार पुर्णिमालाई महाभिनिष्क्रमण दिवस मनाईने भएको छ । सुस्ता गाउपालिकाले लुम्बिनी प्रदेश सरकारको लुम्बिनी पर्यटन परिषदलाई नै सो जात्राको स्वामित्व लिएर कपिलबस्तुको तिलौराकोटबाट जात्रा निकाल्ने गरि प्रस्तावनापत्र पठाएको जानकारी समेत गराएको हो ।सिद्धार्थ गौतम २७ बर्षको उमेर गृह त्याग गर्दा तिलौराकोटबाट कन्टक घोडा र सारथी छन्नासँगै तत्कालिन कोलिय गणराज्यको पुर्वि सिमा अनोमाघाट(ठाढीघाट) मा पुगेर महाभिनिष्क्रमण लिएको बौद्ध ग्रन्थहरुमा उल्लेख भएको हुदा सो कुरालाई आम जनमानसमा झल्काउने उदेश्य लिई तिलौराकोटबाट नै सिद्धार्थको महाभिनिष्क्रमण जात्रा निकाल्ने योजना अगाडी बढाइएको सुस्ता गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेले बताए । सुस्ता गाउपालिकाले सो जात्राको...
बुद्धशान्ति साझेदारी बनक्षेत्र भित्र बन्यजन्तुलाई पानी पिउन पोखरी र जलासय बनाईदै
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

बुद्धशान्ति साझेदारी बनक्षेत्र भित्र बन्यजन्तुलाई पानी पिउन पोखरी र जलासय बनाईदै

नवलपरासी, २९ जेठजिल्लाको बुद्ध शान्ति साझेदारी बन क्षेत्रमा बन्यजन्तुलाई पानी खाने उदेश्यले बन भित्र पोखरी जलासय बनाउने कार्य भई रहेको छ । बन भित्र ठाँउ ठाँउमा खाल्टो परेको स्थानलाई ब्यवस्थित पोखरी र जलासय ब्यवस्थापन गर्दै बन्यजन्तुलाई पानी खाने स्रोत ब्यवस्थान जस्ता कार्य गर्न थालिएको हो ।बुद्धको बन चिनाउने उदेश्यले बुद्धको मावली तथा प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) देखी करिब दुई किलोमिटर उत्तरमा १ हजार ७ सय हेक्टरमा फैलिएको सरकारी बन क्षेत्रलाई बुद्ध शान्ति साझेदारी बन ब्यवस्थापन समुहको रुपमा ब्यवस्थित हुदै आएको छ । डिभिजन बन कार्यालय मार्फत उतm कार्य निरन्तर भई रहेको भए पनि केही बर्ष देखी बन ब्यवस्थापन समुहमा नेतृत्यदायी भुमिका खेल्ने समुहका अध्यक्ष लगायत अन्य पदाधिकारी र सदस्यको निर्वाचन हुन नसक्दा समस्या देखिएका छन् । तर पनि डिभिजन बन कार्यालयका बन अधिकृत तथा बन प्रा...
नेपालकै पहिलो महिलामैत्री नगरपालिका घोषणा गर्न सुचकांकको खोजी गर्दै सुनवल नगरपालिका
समाचार, समाज, सुनवल नगरपालिका

नेपालकै पहिलो महिलामैत्री नगरपालिका घोषणा गर्न सुचकांकको खोजी गर्दै सुनवल नगरपालिका

नवलपरासी,२९ जेठनेपालकै पहिलो महिला मैत्री नगरपालिका बनाउने लक्ष्य लिएर काम गरिरहेको जिल्लाको सुनवल नगरपालिका महिला मैत्री सुचकाँकको खोजीमा छ । महिला मैत्री नगरपालिका बनाउन विभिन्न आधारहरु तयार गरि काम गरिदै आएको भए पनि राष्ट्रिय र अन्तराष्ट्रिय आधार र सुचकाँक नभेटिदा मापन गर्ने आधार बनाउन समस्या भएको हुदा नगरपालिका सुचकाँकको खोजीमा जुटेको हो ।नेपालकै पहिलो बालमैत्री नगरपालिका घोषणा गरेको सुनवल नगरपालिका अहिले महिला मैत्री नगरपालिका बनाउन लागि परेको छ । संयोगले अहिले नगरपालिकाकी नगरप्रमुख पनि महिला नै भएको र बालमैत्री घोषणा भई सकेको हुदा महिला मैत्री नगरपालिका जतिसक्दोघोषणा गर्ने आधार बनाउदै छ । सोही अनुसार काम पनि गर्दै आएको नगरपालिकाकी महिला बालबालिका शाखाकी प्रमुख केशरी गैरेले जानकारी गराईन् । महिला मैत्रीका आधारभुत कार्यक्रम भई रहेका छन्,उनले भनिन,नगरप्रमुख विमला अर्यालको जसरी सुनवल नगर...
साँसद विनोद चौधरीद्धारा आफ्नो ६ महिने कार्यकालको प्रगति सार्वजनिक
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

साँसद विनोद चौधरीद्धारा आफ्नो ६ महिने कार्यकालको प्रगति सार्वजनिक

नवलपरासी, २८ जेठनवलपरासी प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं.१का साँसद विनोद चौधरीले आफ्नो ६ महिनो कार्यकालको प्रगति सार्वजनिक गरेका छन् । सो क्षेत्रका विभिन्न समस्याहरुमा निरन्तर पहल गर्दै आएको र केही महत्वपुर्ण योजनाहरु अगाडी बढाइएको समेत उनले परासीमा पत्रकार सम्मेलन गरि जानकारी गराएका हुन् ।जिल्ला भित्रको हुलाकी राजमार्ग निर्माणमा हुने गरेको ढिलाई,गण्डक बाँधका कारण हुने गरेको डुबान,कटान पटान जस्ता समस्याको समाधानका लागि अनुसंधान मुलक कार्यको शुभारम्भ,गण्डक सिचाई प्रणालीबाट सकेसम्म छिटो पानी प्रवाह गरि सिचाई समस्याको समाधान,खजुरा खोलापुल,केरा तथा उखु किसानका समस्या,गण्डक बाँधलाई अग्लो बनाउने कार्य,सुस्ताका पुल निर्माणमा तिब्रता,वर्दघाटको ट्रमा सेन्टरका समस्याबारे निरन्तर पहल गरि धेरै जसो काम अगाडी बढि रहेको बताएका थिए । उनले महिना महिनामा जिल्ला भित्रका सरोकारवाला सरकारी निकाय,काम गर...
ढिलो भए पनि नेपाल गण्डक पश्चिमी नहरमा पानी प्रवाह शुरु
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

ढिलो भए पनि नेपाल गण्डक पश्चिमी नहरमा पानी प्रवाह शुरु

नवलपरासी,२८ जेठनेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीमा ढिलो भए पनि शनिवार देखी पानी प्रवाहमा भएको छ । नहर मर्मत सम्भारका कारण केही दिन ढिलो भए पनि किसानलाई सिचाई गर्न नहरमा पानी प्रवाह भएको हो ।नहरका दुई वटा शाखा तथा मुल नहरका केही भागमा सफाई गर्नु पर्ने कार्य बेलामा सम्पन्न हुन नसक्दा नहरमा पानी प्रवाहका लागि ढिलाई भएको थियो । ढिलो भए पनि गण्डक नहरमा पानी प्रवाह भएको हुदा किसानलाई राहत मिल्ने गण्डक जल उपभोतmा सस्थाका अध्यक्ष हैदर अलि मोमिनले बताए । नहरमा पानी प्रवाहले खडेरीका कारण सुक्न लागेको ब्याडमा रहेको धानको बिउँमा सिचाई गरेर जोगाउन सजिलो हुने भएको छ, उनले भने,अब पानी नहरमा निरन्तर प्रवाह हुने हुदा विँउ राख्न नपाएका किसानले विँउ राख्न पाउने भएका छन्,विँउ रोपाई गर्न सक्ने अवस्थाका किसानले रोपाई समेत गर्न पाउने भएका छन् ।विगत बर्षको तुलनामा यो बर्ष एक साता पानी ढिलो हुन गएको छ । ब्यवस्...
१२ बुदे घोषणापत्र जारी गर्दै नवलपरासीमा सम्पन्न भयो ओल्मा काउन्सिल नेपालको पहिलो सम्मेलन तथा मुस्मिलसभा
नवलपरासी (ब.सु.प.), समाचार, समाज

१२ बुदे घोषणापत्र जारी गर्दै नवलपरासीमा सम्पन्न भयो ओल्मा काउन्सिल नेपालको पहिलो सम्मेलन तथा मुस्मिलसभा

नवलपरासी,२८ जेठओल्मा काउन्सिल नेपालको पहिलो राष्ट्रिय सम्मेलन तथा मुस्लिमसभाले आफ्नो १२ बुदे घोषणापत्र जारी गर्दै नवलपरासीमा सम्पन्न भएको छ । नेपालका विभिन्न मदरसाहरुमा कार्यरत धर्मगुरु शिक्षक(ओल्मा)हरुको विभिन्न समस्यालाई सम्बोधन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउदै सो सभाले घोषणा जारी गरेको हो ।नेपाल भरिबाट नै हजार भन्दा बढि ओल्माहरुको सहभागिता रहेको सम्मेलनलाई संघिय संसद प्रतिनिधि सभा सदस्य साँसद विनोद चौधरीले उदघाटन गर्दै नेपाल समावेशी राज्य भई सकेको र अब हरेक धर्मलाई समान अवसर पाउने नेपालको संविधानले नै ग्यारेन्टि गरेको बताएका थिए । अहिलेको यो सम्मेलनले जारी गर्ने घोषणाहरुलाई कार्यान्वयन गराउनमा आफ्नो तर्फबाट कुनै कसर बाकी नरहने दाबी समेत उनले गरेका थिए । मुस्मिल समुदाय पनि नेपालकै नागरिक हुन,राज्य सञ्चालनमा उनीहरुको पनि भुमिका उत्तिकै रहेको छ । नेपाल धर्म निरपेक्ष राज्य समेत रहेको ह...