प्रतापपुरमा विद्यालयका आमा अभिभावकलाई शैक्षिक जागरण गराउदै पुर्व साँसद हरिजन
नवलपरासी,२३ असारसामुदायिक विद्यालयमा पुर्ण निशुल्क गुणस्तरिय शिक्षाका लागि स्थानिय कानुनी सहायता तथा अनुसंधान केन्द्रले शैक्षिक जागरण शुरु गरेको छ । जिल्लाको प्रतापपुर गाउपालिकाबाट सो जागरण कार्यक्रम शुरु गरिएको केन्द्रले जानकारी गराएको हो ।विद्यालयका आमा अभिभावकहरुलाई संगठित गर्दै पहिला शिक्षा प्रति उनीहरुलाई जागरुक बनाउदै उनीहरु मार्फत नै स्थानिय सरकारको ध्यानाकर्षण गराउने गरि जागरण कार्यक्रम शुरु गरिएको संस्थाका संरक्षण समेत रहेका संघिय संसद राष्ट्रिय सभाका पुर्व साँसद रामलखन हरिजनले बताए । संविधानमा आधारभुत तहको शिक्षा सबैलाई अनिवार्य र माध्यमिक तहको शिक्षा पुर्ण निशुल्क भएको ब्यवस्था भए पनि अधिकाँश विद्यालयले विभिन्न बहानामा शुल्क लगाउदै आएको जानकारी गराए । पहिला अनुसंधान गरियो, उनले भने, अब त्यसबारे संगठित आवाज उठाउनका लागि अभिभावकलाई जागरण गर्ने कार्य भई रहेको छ । अभिभावकलाई जागरणसँ...










